Aricle Tech

काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला…

विस्तृतमा...

काठमाडौं, २१ कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महत मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँ निर्माण भएको मंगलादेवी वर्थिंग सेन्टरको उद्घाटन गरे । नेपाल भारत सहयोग भित्र साना परियोजना कार्यक्रम अन्तर्गत बनेको सेन्टरको उद्घाटन गर्न पुगेका महतले सम्बोधनका बीचमा आफु महाराजगञ्ज क्याम्पस पढेका दिनहरु सम्झिए । महाराजगञ्ज क्याम्पसमा २०३३ मा आफुले एच.ए. अध्ययन सुरु गरेको भन्दै महतले सो समयदेखि नै आफु विद्यार्थी राजनीतिमा लागेको स्मरण गरे । ‘म यहाँ अध्ययन गर्न थालेसँगै विद्यार्थी राजनीति पनि सुरु गरेको हो । सोही साल वीपी र गणेशमान नेपाल फर्किनुभएको थियो । हामी कलेज नै बन्द गरेर स्वागत गर्न गएका थियौं । तर उहाँहरुलाई नेपाल…

विस्तृतमा...

काठमाडौं, २१ कार्तिक । जाजरकोट भूकम्पमा परि घाइते भएकाहरुको प्राइभेट मेडिकल कलेज तथा डेन्टल कलेजहरुमा पनि निःशुल्क उपचार हुने भएको छ । प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसियसनको बैठकले भूकम्पमा मृत्युवरण गरेकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै दुःखद घडिमा सरकारको एकद्धार प्रणालीबाट निःशुल्क उपचारमा सहयोग गर्ने निर्णय गरेको हो । एशोसिशयसन अन्तर्गत गरेका १५ वटा मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको एशोसियनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिहं कार्कीले स्वास्थ्य डायरीलाई बताए ।सरकारले थप आवश्यक्ताका लागि पत्राचार गरेपनि स्वास्थ्य क्षेत्रमा सबै प्रकारको निःशुल्क सहयोग गर्न प्रतिवद्ध रहेको कार्कीको भनाइ छ ।

विस्तृतमा...

कैलाली : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोलीलाई फर्काइएको छ। उनीहरुलाई तत्काल मेडिकल टिमको आवश्यकता नभएको भन्दै कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै फर्काइदिएको हो। सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा शिवराज पनेरुको नेतृत्वमा चिकित्सक ड.। गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सर्म्पक व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो। सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले…

विस्तृतमा...

काठमाडौं : ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ। गत शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो। पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले पनि आजदेखि आकस्मिकबाहेकका सेवा नदिने घोषणा गरेका छन्। दोषीलाई कारबाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन्। पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो। दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए। निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक…

विस्तृतमा...

काठमाडौं: सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।’ यो कार्यदललाई दुई वटा विषय ’म्यान्डेट’ दिइएको छ। कार्यदलले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्यता अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ। मन्त्री महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमवार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको…

विस्तृतमा...

काठमाडौं: वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुनः सेवा दिने छन्। डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमकाबीच अस्पतालमा स्वागत गरेका छन्। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहेका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हालेलगत्तै ह्याम्सबाट सेवा बन्द गरेका थिए। काउन्सिलमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेपछि डा. कोइराला पुनः ह्याम्समा फर्किएका हुन्। अब उनले ह्याम्समा प्रत्येक दिन २ बजेदेखि सेवा दिने बताइएको छ।

विस्तृतमा...

नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा दुईजना भूकम्पका घाइते थपिएका छन्। योसँगै अहिले अस्पतालमा ४६ जना घाइतेको उपचार भइरहेको छ। भेरी र मेडिकल कलेजमा एक/एक जना गरी दुई जना डिस्चार्ज भएका छन्। मंगलबार बिहान ६ बजेको अपडेटमा जाजरकोट र पश्चिमरुकुमबाट ४९ जना घाइते आएकोमा एक जनाको मृत्यु र दुई जना डिस्चार्ज भएका छन्। यहाँ २६ महिला र २३ पुरुषलाई उपचारका लागि ल्याइएको थियो।

विस्तृतमा...

टीकापुर : टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ।टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका-२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो ।अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्। डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरू हुँदै आएका छन्।जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न गर्न सकेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु गरिने बताए ।

विस्तृतमा...

पाँचथर, २० कात्तिक । पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शय्याको उक्त आइसियू कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भएका हुन् । ‘आइसियु सञ्चालनका लागि एनेस्थेजियोलोजिस्ट चिकित्सक र अन्य सहायक स्वास्थ्यकर्मी आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी जिल्ला अस्पतालमा छैन । यहाँ कार्यरत एनेस्थेजियोलोजिस्ट चिकित्सक केही महिनामै आफ्नो अवधि पूरा गरी सरुवा हुन लागेका छन्’, जोशीले भने…

विस्तृतमा...