Aricle Tech

काठमाडौं । क्यान्सरलाई प्राणघातक रोगका रुपमा लिइन्छ र यसको नाम सुन्ने बित्तिकै धेरै मानिसले जिब्रो टोक्छन् । क्यान्सरले मानिसको शारीरिक, मानसिक, पारिवारिक र सामाजिक क्षति पुर्याइरहेको छ । क्यान्सरका बारेमा विभिन्न चासो र जिज्ञासा जनमानसमा छ । त्यसमध्येको एक हो क्यान्सरको ‘स्टेज’ । क्यान्सरको निदान र उपचारमा सामान्यतया चारवटा स्टेज अर्थात चरणका रुपमा चिकित्सकहरुले विभाजन गरेका छन् । के हो त क्यान्सरको चरणहरु ? सुनौं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठको सुझाव ।

विस्तृतमा...

काठमाडौं । अकुपञ्चर दुईवटा ल्याटिन शब्दहरु मिलेर बनेको छ । अकु अर्थात तिखो र पंचर अर्थात घाचाई । यस अर्थमा तिखो घोचाई नै अकुपंचरको सामान्य अर्थ हो । मानव सभ्यताको विकाससँगसँगै ढुंगे युगदेखि नै परम्परागत चिनियाँ चिकित्साको अभिन्न अंगको रुपमा प्रचलित यो चिकित्सा पद्धति समयको परिवर्तनसँगै विभिन्न चरणमा अध्ययन, अनुसन्धानमार्फत वैज्ञानिकीकरण भएर हाल विभिन्न रोगहरुमा भरपर्दो उपचार पद्धतिको रुपमा विकास भएको छ । नेपालमा अकुपंचरको प्रवेश २०२८ सालमा भएको पाइन्छ । कोदारी राजमार्ग अन्तर्गत पुल निर्माण गर्दा आएका चिनियाँहरुसँगै नेपालमा अकुपंचरको प्रवेश भएको हो । सुरुमा चिनियाँबाट मात्र सेवा दिइएको अकुपंचर विधिलाई केही समयपछि आधुनिक चिकित्साहरुले पनि अंगालेर सेवा दिइएको…

विस्तृतमा...

काठमाडौँ, ६ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने घोषणा गरेको छ। मंगलबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति जानकारी दिएको हो । खुला ५, महिला १, दलित १, थारु तथा राना थारु १ र आर्थिक रुपले बिपन्न खसआर्यतर्फ १ जनालाई छात्रवृत्ति दिइने प्रदेश सरकारले जनाएको छ। इच्छुक विद्यार्थीहरुले कागजातसहित मंसिर २० गतेत्रि आवेदन दिन सक्नेछन्। आवेदन साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कक्षा १० र १२…

विस्तृतमा...

काठमाडौँ, ६ मंसिर । भारतले अत्यावश्यक चिकित्सा सामाग्री सहितको चौथो चरणको राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल चिकित्सक संघको माग अनुरुप उपलब्ध गराइएको सो सामाग्री सोमबार नेपाल आइपुगेको हो । राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरणहरु समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ । छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले राहत सामग्री सहयोगलाई निरन्तरता दिने बताइएको छ…

विस्तृतमा...

ढोरपाटन (बागलुङ), ६ मंसिर । बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ । यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ । अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ । विसं २०८२ असार २३ सम्ममा सकिसक्नुपर्ने अस्पतालको निर्माण करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको अदैले गुनासो गरे । उनका अनुसार अस्पातल निर्माणका लागि रू १२ करोड ९६ लाखमा सम्झौता भएको थियो । काम गर्नुभन्दा पहिले सुरुमा पेस्कीस्वरुप रू दुई करोड ४६ लाख लिएको बताउँदै उनले भौगोलिक हिसाबले ढोरपाटन टाढा हुनुका साथै सडक साँघुरो हुँदा…

विस्तृतमा...

काठमाडौँ, ६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुयाएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गरेका हुन् । साथै उनले अहिले स्वास्थ्य बीमाका सन्दर्भमा धेरै गुनासो आइरहेको भन्दै यसलाई व्यवस्थित तवरले अघि बढाउने जनाए । एक ठाँउमा बीमा गरेका बिरामीले जुनसुकै ठाँउमा पुगेरपनि सुविधा लिन सक्ने गरि तयारी गर्न उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि…

विस्तृतमा...

काठमाडौँ, ६ मंसिर । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले २० जना नर्सलाई करारमा माग गरेको छ । अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्सको माग गरेको हो । अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

विस्तृतमा...

धनगढी, ६ मंसिर । कैलालीस्थित धनगढीको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। गएराति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो। शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तहरूको आरोप छ। शिशुको मृत्यु भएपछि डाक्टर अन्जर्ना शर्माआमाको पेटमा टाँका समेत नलगाएर फरार भएको सुत्केरीका आफन्त सुरेश सुनारले आरोप लगाए। हिजो(मंगलबार) बिहान ७ बजे सुत्केरी हुन अस्पताल गएकोमा राति अप्रेसनका क्रममा शिशुको मृत्यु भएको सुनारले बताए। ताराको पेट काटिएकै अवस्थामा छोडेर डाक्टर अन्जर्ना शर्मा अस्पतालबाट फरार भएको उनले बताए। अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ। सुत्केरीका आफन्तहरू आक्रामक…

विस्तृतमा...

गलकोट (बागलुङ), ६ मङ्सिर । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ । धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ/छैन मात्रै पत्ता लगाउने उपकरण थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । उक्त उपकरण हाल धवलागिरि अस्पतालसहित देशभरका छवटा क्षयरोग उपचार केन्द्रमा मात्र छन् । ४० लाख लागतको उपकरण धवलागिरि अस्पतालमा मङ्गलबारदेखि परीक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए। अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहे पनि औषधि चलाउनका…

विस्तृतमा...

काठमाडौँ, ५ मंसिर । नेपालमा दिनानुदिन चिसा बढ्दो क्रममा छ । हिजो मात्रै काठमाडौँको तापक्रम १० डिग्री सेल्सियममा झरेको मौसम विज्ञहरुले बताएका छन् । यस्तो अवस्थामा शरीरलाई न्यानो राख्नु निकै महत्वपूर्ण हुन्छ । अन्य उचित न्यानोपनको अभावमा शरीरमा विभिन्न समस्याहरु देखिन सक्छ । उसोभए शरीरलाई न्यानो राख्न के गर्ने ? प्राकृतिक रुपमै जाडोमा शरीरलाई न्यानो राख्न र मौसमी रोगको जोखिम कम गर्न पनि नियमित योग अभ्यास लाभदायक मानिन्छ । योग विज्ञहरूका अनुसार निम्न योग अभ्यास जाडोमा उपयोगी हुन्छन् : शीर्षासन अभ्यास शिर्षासन योगलाई शरीरका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ। यो अभ्यास गर्न तपाईलाई थप फोकस र मुख्य संलग्नता चाहिन्छ। शिर्षासन…

विस्तृतमा...