काठमाडौँ, ६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुयाएको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गरेका हुन् ।
‘म मन्त्रालय आएदेखि सबैको साथ र सहयोगले स्वास्थ्य क्षेत्रले फड्को मारेको छ’, उनले भने, ‘हामीले वार्षिक समीक्षामार्फत आफ्नो कामको मूल्याङ्कन गर्दै गर्दा पुराना गल्ती दोहो¥याउनु हँुदैन । नयाँ काम गर्न नसक्ने भए पनि पुराना गल्ती भने सच्याउनुपर्छ ।’
स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि मन्त्रालय लागिपरेको भन्दै मन्त्री बस्नेतले राम्रा कामका लागि बजेट अभाव नहुने बताए ।
साथै उनले अहिले स्वास्थ्य बीमाका सन्दर्भमा धेरै गुनासो आइरहेको भन्दै यसलाई व्यवस्थित तवरले अघि बढाउने जनाए । एक ठाँउमा बीमा गरेका बिरामीले जुनसुकै ठाँउमा पुगेरपनि सुविधा लिन सक्ने गरि तयारी गर्न उनको भनाई छ ।
स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि ध्यान केन्द्रित गरेको मन्त्री बस्नेतको दाबी छ । उनले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जनशक्तिको दरबन्दी थप्ने तयारी भइरहेको जानकारी दिए ।
शिक्षा नीतिले विद्यार्थीलाई विदेश पलायन हुन बाध्य बनाएको भन्दै उनले स्वास्थ्य जनशक्ति उत्पादन गर्न र विदेशीलाई पनि नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आकर्षण गराउन शिक्षा नीति सच्याउनुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठन र मन्त्रालयको संयुक्त आयोजनामा यही मङ्सिर ७ र ८ गते वार्षिक समीक्षा गोष्ठी काठमाडौँमा हुँदैछ । गोष्ठीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य क्षेत्रमा एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीका लागि सबै अस्पताल, प्रतिष्ठानको ध्यानाकर्षण गराइन् ।
यस्तै एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली प्रमुख कपिलप्रसाद तिमिल्सिनाले अस्पताल, स्वास्थ्य प्रतिष्ठान र काउन्सिलहरुले समयमा सूचना उपलब्ध नगराउँदा समग्र स्वास्थ्य क्षेत्रमा भएका काम नदेखिएको जस्तो भएको बताए ।