पर्वत, ५ मङ्सिर । झण्डै २२ वर्षदेखि बन्द रहेको यहाँको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो ।
Aricle Tech
काठमाडौँ, ५ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको सबटोटल पेट्रोसेक्टोमी वीथ कोक्लियर इम्प्लान्ट कक्लिअर इम्प्लान्ट शल्यक्रिया सम्पन्न भएको छ । मन्त्री राईको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उक्त शल्यक्रिया सम्पन्न गरिएको हो । शल्यक्रियापछि उनलाई भीआईपी क्याबिनमा सारिएको अस्पतालले जनाएको छ । सो शल्यक्रिया डाक्टर रबिन्द्र भक्त प्रधानाङ्गको टिमले साढे ४ घण्टा लगाएर सम्पन्न गरेको बताइएको छ । जटिल प्रकितिको मानिने यो शल्यक्रिया नेपालमै पहिलोपटक सम्पन्न भएको डा प्रानाङ्गले बताए । ६६ वर्षीय मन्त्री राई बायाँ कानमा लामो समयदेखि पाक्ने, पिप जम्ने, संक्रमण भइरहने समस्याबाट ग्रसित थिए । जसकारण उनको श्रवण शक्ति पूर्ण रुपमा बन्द थियो…
तनहुँ, ५ मङ्सिर । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । यहाँ डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गुबाट सङ्क्रमित छन् । १४ वडा रहेको व्यास–१ मा एक हजार ५८२, वडा नं २ मा एक हजार ३९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३…
जाजरकोट, ५ मङ्सिर । चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
काठमाडौँ, ५ मंसिर । चिकित्सा शिक्षा आयोगले रिक्त चारवटा निर्देशक पदका लागि दरखास्त आव्हान गरेको छ । नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले मंगलबार सूचनामार्फत दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका आवेदकले सात दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । ऐन अनुसार आयोगमा ४ वटा निर्देशक रहने व्यवस्था रहेको छ। ती सबै पद सोमबार मात्रै रिक्त भएका हुन् । समितिले आवेदकबाट मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ। नियुक्त निर्देशकको कार्यकाल ४ वर्षसम्म रहनेछ ।
काठमाडौँ, ५ मंसिर । नेपालमा पहिलो पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया सफल भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया डा. रविन्द्रभक्त तिमला नेतृत्वको टोलीले स्याङ्जाकी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सम्पन्न गरेको हो । उक्त शल्यक्रिया २६ असोजमा सम्पन्न भएको डा तिमलाले बताए । उनका अनुसार ९ घण्टा लगाएर सम्पन्न गरिएको सो शल्यक्रियापछि बालिकालाई २३ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । अहिले वार्डमा सारिएकी बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । ती बालिकामा जन्मजात मुटु रोग रहेका कारण शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ । शल्यक्रियामा डा. तिमला नेतृत्वमा डा. मारिषा अर्याल, डा. सुजन बोहरा र एनेस्थेसियामा डा।…
काठमाडौँ, ५ मंसिर । बाहिरी पर्यावरणीय पक्ष र मानवीय स्वास्थ्यबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि परिवर्तित मौसमसंगै व्यक्तिमा पनि विभिन्न स्वास्थ्य समस्या एवम् जटिलताहरु देखापर्दछ । हाल बाहिरी वातावरणमा यथावत् नै रहेको चिसोका कारण ब्यक्तिमा रुघाखोकी, दम, भाइरल ज्वरो, शरीरका विभिन्न भागहरु फुल्लिने तथा सुन्निने, हातगोडा फुट्ने, चिसो लाग्ने र यसैका कारण विभिन्न किसिमका फ्लुहरु समेत देखिन सक्छ । यस्तै, तत्कालको सन्दर्भमा हामी कोरोना कालमै समेत रहेको अवस्थामा हामी आफ्नो स्वास्थ्यप्रति अझ बढी सचेत रहनुपर्दछ । बाहिरी वातावरणसंग हाम्रो शरीरको तापक्रम नमिलेको खण्डमा ब्यक्तिमा यस्ता समस्याहरु देखा पर्दछन् । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका लागि हामीले…
भक्तपुर, ४ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले सोमबारको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । अस्पतालद्वारा जारी सूचना
धनगढी, ४ मंसिर । सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँचको शुल्क नलाग्ने भएको छ। प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निःशुल्क गरिने जनाएको हो । यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने बिरामीबाट एक हजार शुल्क लिदै आएको थियो। प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो। अस्पतालले जारी गरेको सूचनामा भनिएको छ –‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ।’ सिकलसेल एनिमियाका बिरामीले बाहिर…
काठमाडौँ, ४ मंसिर । गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने छ ।

