Aricle Tech

काठमाडौँ, १० मंसिर । प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल नर्सिङ परिषद्ले शनिवार लिइएको दुवै परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जनाले परीक्षा दिएका थिए । त्यसमध्ये १९.३४ प्रतिशत मात्रै पास भएका छन् । यस्तै, बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा कुल सहभागी ४१४ जनामध्ये ४९.०३ प्रतिशत पास भएका छन्। शनिबार विहान ९ देखि ११ः३० सम्म सञ्चालन भएको परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा लिइएको थियो ।

विस्तृतमा...

काठमाडौँ, १० मंसिर । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजदेखि सुरु भएको छ । बबरमहलस्थित कार्की वेङ्क्वेटमा दुईदिन चल्ने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री मन्त्री मोहनबहादुर बस्नेतले गर्दैछन् । सम्मेलनमा स्वास्थ्यका विभिन्न ७ विषयमा छलफल हुने बताइएको छ । जसमा दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधीको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता मुद्दाबारे छलफल हुने बताइएको छ । कार्यक्रममा प्यानलका बहसहरुमा गगन कुमार थापा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन…

विस्तृतमा...

काठमाडौं, १० मंसिर । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी शनिवारबाट राजधानीमा सुरु भएको छ । आयुर्वेद मेडिकल एण्ड रिसर्च फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा देशविदेशका आयुर्वेदिक चिकित्सक, विज्ञ र संस्थाहरुको सहभागिता रहेको छ । सम्मेलन अन्तर्गतको आरोग्य प्रदर्शनीमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न उपचार विधा र विधिहरुको स्टल राखिएको छ । कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । कार्यक्रममा विभिन्न वैज्ञानिक प्रस्तुति समेटिएको छ । प्राचिनकाल देखि नै नेपालको सभ्यता आयुर्वेदिक जीवनशैलीमा आधारित छ । तर, पछिल्लो समय आधुनिक चिकित्साको प्रयोगका नाममा प्रतिअसर नभएको र जीवनदायिनी आयुर्वेदलाई अंगिकार गर्ने जमात…

विस्तृतमा...

काठमाडौँ, १० मंसिर । चिया पिउने बानी हाम्रो परिवार तथा समाजमा अघोषित संस्कारको रुपमा चलिआएको देखिन्छ । हामीमध्ये धेरैजसो चिया पिउने बानीबाट अभ्यस्त छौँ । चियाबिना धेरै कार्य अधुरो र अपुरो लाग्ने नेपालीको घरमा चिया धेरैजसो बन्ने पेय पदार्थ हो । र, यो परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तो बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको चुस्की लिँदा बच्चा पनि उत्सुक हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई पनि कपमा हालेर चिया दिन्छौँ । तर यसो गरेर हामीले सही गरिरहेका छौँ त ? चिया बालबालिकाका लागि कत्तिको उपयोगी छ त ? के भन्छ अध्ययन ? चियासम्बन्धि…

विस्तृतमा...

काठमाडौं: अटिजम भएका बालबालिकाको क्षेत्रमा कार्यरत सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि छनौट भएकी छन्। भारतीय मानवअधिकार परिषद्ले उनलाई उक्त पुरस्कारको लागि छनौट गरेको हो। डिसेम्बर १० मा पर्ने संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार शिखर सम्मेलनको अवसरमा भारतको नयाँ दिल्लीमा उप्रेतीलाई उक्त पुरस्कार प्रदान गरिने परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ । उप्रेती १३ वर्षदेखि अटिजम भएका बालबालिकाको लागि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरूको सेवामा क्रियाशील छिन् । उक्त संस्थाले अहिले अटिजम भएका ६० जना बालबालिका तथा किशोर किशोरीहरूलाई विशेष शिक्षा र थेरापी सेवाहरू प्रदान गर्दै आएको उनले बताइन्…

विस्तृतमा...

खोटाङ, ८ मंसिर । सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ। प्रतिष्ठानले गत शनिबार (मङ्सिर २ गते) देखि लागू हुने गरी विसं २०८१ मङ्सिर २ गतेसम्म नगरपालिकाका सबै पाठेघर खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्विपक्षीय सम्झौता भएको छ। नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पुर्याउने तथा अस्पतालमा लाग्ने परीक्षण, शल्यक्रिया, औषधि र…

विस्तृतमा...

काठमाडौँ, ८ मंसिर । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र भएको बुझिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई १० लाख रुपैयाँमा थामथुम बनाउने पारिएको हो। बिहिवार अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो। मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो। उनीहरुले शव बुझ्न इन्कार समेत गरेका थिए । तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र…

विस्तृतमा...

काठमाडौँ, ८ मङ्सिर । जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको आयोगका तर्फबाट अध्यक्ष कमला पराजुली र मञ्चका सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्ष मुनिका १० हजार पाँच सय ६० बालबालिका प्रभावित छन् । यस्तै एक…

विस्तृतमा...

त्रिवेणी (रुकुम पश्चिम), ८ मङ्सिर । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिए । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा…

विस्तृतमा...

जनकपूर, ८ मंसिर । जनकपूर न्यूरो अस्पतालमा डिस्चार्ज गर्नेबित्तिकै एक बालकको मृत्यु भएको छ । बालकको मृत्युपछि रुघाखोकी तथा बान्ता उपचारका लागि ल्याइएका बालकको उपचारमा चिकित्सकले लापरवाही गरेको हुनसक्ने परिवारले आरोप लगाएका छन् । यससम्बनिध उचित छानबिन हुनुपर्ने भन्दै आफन्तले शव उठाउन समेत इन्कार गरेका छन् । खास भएको के थियो ? धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेले एक्कासी बान्ता गरेका उनमा रुघाखोकीको समस्या पनि देखिएको थियो । उपचारका लागि बालककलार्य उनका परिवारले बाल रोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा पुर्याए । डा. ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका थिए । बालकलाई बुधबार नै…

विस्तृतमा...