काठमाडौँ, ६ मंसिर । भारतले अत्यावश्यक चिकित्सा सामाग्री सहितको चौथो चरणको राहत सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाल चिकित्सक संघको माग अनुरुप उपलब्ध गराइएको सो सामाग्री सोमबार नेपाल आइपुगेको हो । राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरणहरु समावेश छन् ।
जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले राहत सामग्री सहयोगलाई निरन्तरता दिने बताइएको छ ।