Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

समयमै भुक्तानी नहुँदा अस्पताल निर्माणमा समस्या

Aricle TechBy Aricle Tech२०८० मंसिर ६, बुधबार
Share
Facebook Twitter

ढोरपाटन (बागलुङ), ६ मंसिर । बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ । यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ । अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ ।

विसं २०८२ असार २३ सम्ममा सकिसक्नुपर्ने अस्पतालको निर्माण करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको अदैले गुनासो गरे । उनका अनुसार अस्पातल निर्माणका लागि रू १२ करोड ९६ लाखमा सम्झौता भएको थियो । काम गर्नुभन्दा पहिले सुरुमा पेस्कीस्वरुप रू दुई करोड ४६ लाख लिएको बताउँदै उनले भौगोलिक हिसाबले ढोरपाटन टाढा हुनुका साथै सडक साँघुरो हुँदा ढुवानीमा बढी खर्च भएको जानकारी दिए ।

अहिले काम निरन्तर भइरहेको भन्दै प्रमुख अदैले कामदारलाई पारिश्रमिक दिन समस्या भइरहेको बताए । “भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिएँ । अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ । यो योजना केन्द्र सरकारको भएकाले माथिबाट बजेट नगरपालिकामा आउने र पालिकाले हामीलाई उपलब्ध गराउने हो । हामीले जानकारी गराएका छौँ तर भुक्तानी भएको छैन”, उनले भने, “अझै केही दिन भुक्तानी भएन भने काम रोकिने स्थिति आउँछ । अहिलेसम्म सरसापट गरेर काम गराइराखेका छौँ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्वास्थ्य मन्त्रालयबाट बजेट नआउँदा भुक्तानी गराउन नसकेको बताए । निर्माण कम्पनीले बारम्बार रकम माग गरे पनि आफूले केन्द्रमा बजेट पठाउन आग्रह गरेको उनले बताए ।

भुक्तानी छिट्टै व्यवस्थापन गर्ने गरी निर्माण कम्पनीलाई निरन्तर काम गर्न अनुरोध गरिएको उपप्रमुख कायतले बताए । “भुक्ताननी नहुँदा काम गर्न समस्या भयो भनेर निर्माण कम्पनीले बारम्बार गुनासो गरिरहेको छ । अस्पातल निर्माणको भुक्तानी स्वास्थ्य मन्त्रालयबाट आउने हो तर अहिलेसम्म आएको छैन”, उनले भने, “नगरपालिकाले यहाँबाट भुक्तानी गर्न मिल्दैन । मन्त्रालयबाट बजेट पठाउनका लागि हामीले आग्रह गरेका छौँ । आउने वित्तिकै उहाँहरुलाई भुक्तान गर्छौँ ।”

यसअघि यहाँ अहिलेसम्म कुनै पनि अस्पातल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर सेवा प्रवाह गरिरहेको छ । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटक बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा भएकाले पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको स्थानीय बताउँछन् ।

ढोरपाटन–६, ७, ८ र ९ मा करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.