काठमाडौँ, ६ मंसिर । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले २० जना नर्सलाई करारमा माग गरेको छ । अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्सको माग गरेको हो ।
अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।