Aricle Tech

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताएका छन् ।

विस्तृतमा...

काठमाडौँ, ४ मंसिर । विश्व मधुमेह दिवसका अवसरमा ललितपुर कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा एक सतासम्म निःशुल्क मधुमेह ओपिडी सेवा र निःशुल्क सुगर जाँच सेवा सुरु भएको छ। क्लिनिकले दिवसका अवसरमा मधुमेह रोग विशेषज्ञसँग निःशुल्क रुपमा परामर्श सेवा लिन पाउने र सुगर जाँच पनि निःशुल्क गरेको हो। क्लिनिककी जेनरल म्यानेजर अर्पणा ढकालद्वारा जारी विज्ञप्ति अनुसार निःशुल्क ओपिडी र सुगर जाँच सेवा आगामी शुक्रबारसम्म हुने छ। ुदिवस केही दिन अगाडि परे पनि तिहार र छठ पर्वका कारण सार्वजनिक बिदाका दिनहरु परेका थिए । त्यसकारण हामीले नागरिकको सेवाका लागि निःशुल्क सेवालाई ८ गते शुक्रबारसम्म दिने निर्णय गरेका हौं’, विज्ञप्तिमा उल्लेख छ ।

विस्तृतमा...

काठमाडौँ, ४ मंसिर । स्वास्थ्य पत्रकार अतुल मिश्र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारका लागि छनोट भएका छन् । नाष्टको ४६ औं प्राज्ञसभाले यसवर्षको सो पुरस्कार पत्राकार मिश्रलाई दिने निर्णय गरेको हो । नाष्टले हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई ५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । तीन दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशील मिश्र २७ वर्ष देखि स्वास्थ्य र विज्ञान विषयमा कलम चलाउँदै आएका छन्। उनी कान्तिपुर दैनिकमा चिफ सब इडिटरको रुपमा कार्यरत छन्।

विस्तृतमा...

काठमाडौँ, ४ मंसिर । नाक सुख्खा हुने समस्या धेरैजसोमा देखिने समस्या हो । नाक सुख्खा हुँदा व्यक्तिको श्वासप्रश्वास प्रक्रियालाई समेत असर पर्दछ । यसकारण पनि हामीले नाकको सुख्खापनलाई सामान्य रुपमा लिनु हुँदैन । नाकको सुख्खापन केहि प्रतिकूल वातावरणीय अवस्थाको समयमा देखिने सामान्य लक्षण तथा एलर्जी हो । आफ्नो काम उचित रुपमा गर्न नाकलाई निश्चित स्तरको आद्रता आवश्यक पर्दछ । तसर्थ यस्ता विविध कारणले नाकको मोस्चराइजर यानिकी ओसिलो रहने ग्रन्थीलाई असर पार्दछ । जसकारण पनि नाक सुख्खा हुने हुन्छ । व्यक्तिमा यो समस्या प्रायजसो अत्याधिक तातो, सुख्खा मौसम, धुलो धुवाँ र कम आद्रताजस्ता प्रतिकूल सबैखाले वातावरणीय अवस्थाका कारण देखापर्छ । यसबाहेक…

विस्तृतमा...

राँझा(बाँके), ३ मङ्सिर । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएपछि वडावासी खुसी छन् । प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएपछि कुसुमक्षेत्रका बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभरलगायत क्षेत्रका बासिन्दालाई उपचारका लागि सहज भएको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । “यहाँ प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता थियो, अब स्थानीयवासीले आफ्नै गाउँमा सेवा पाउने भएका छन्”, वडाध्यक्ष खड्काले भने, “सामान्य रोगको परीक्षणका लागि पनि दिनभरको यात्रा गर्नुपर्ने बाध्यता…

विस्तृतमा...

काठमाडौँ, ३ मङ्सिर । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सरसफाइको अवस्था आगामी चुनौती

विस्तृतमा...

काठमाडौँ, ३ मंसिर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना मागहरु पूरा गर्न सरकारलाई अअल्टिमेटम दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले विगतमा भएका सम्झौताहरु यही मंसिर २८ गतेसम्ममा पूरा गर्न सरकारलाई समयसीमा तोकेका हुन् । अन्यथा २९ मंसिरदेखि आन्दोलन थाल्ने उनको चेतावनी छ । यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि डा. केसीले आफ्नो अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्मका लागि स्थगित गरेका थिए । सोही समयसीमाबारे जानकारी गराउँदै डा. केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सरकार समक्ष सरकारी स्वास्थ्य केन्द्र/अस्पतालहरूमा निःशुल्क औषधी–उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सञ्चालनमा ल्याउने, डडेल्धुरा, उदयपुर, ईलाम लगायतका ऐनमा उल्लेख…

विस्तृतमा...

खोटाङ, ३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर) खस्ने को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया)का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पु¥याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो ।

विस्तृतमा...

काठमाडौँ, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की यतिबेला भूकम्पले क्षतिग्रस्त बनाएको जाजरकोट बस्तीमा छिन् । कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएलगत्तै त्यहाँका घाइतेको उपचारका लागि पुगेकी सांसद कार्कीले यसपालिको तिहारमा उतै थिइन् । यसैकारण यस वर्षको तिहार विशेष रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव बाडेकी छिन् । यसपालिको तिहार पोल्टो भरी माया र टाउको भरी आशिर्वादले भरिएको उनको भनाई छ । उनले लेखेकी छन् : यो सालको भाई टिका मेरो विशेष रह्यो| आज, त्यस दिनको कथा सुनाउँछु है… बुवाको फोन धेरै पटक काटिएपछि, उहाँलाई एउटा पत्र यहिँ फेसबुकमा लेखेर, आफूले अपरेसन गरी…

विस्तृतमा...

सिमकोट, ३ मंसिर । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो झण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उनले बताए । गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग…

विस्तृतमा...