काठमाडौं । अकुपञ्चर दुईवटा ल्याटिन शब्दहरु मिलेर बनेको छ । अकु अर्थात तिखो र पंचर अर्थात घाचाई । यस अर्थमा तिखो घोचाई नै अकुपंचरको सामान्य अर्थ हो । मानव सभ्यताको विकाससँगसँगै ढुंगे युगदेखि नै परम्परागत चिनियाँ चिकित्साको अभिन्न अंगको रुपमा प्रचलित यो चिकित्सा पद्धति समयको परिवर्तनसँगै विभिन्न चरणमा अध्ययन, अनुसन्धानमार्फत वैज्ञानिकीकरण भएर हाल विभिन्न रोगहरुमा भरपर्दो उपचार पद्धतिको रुपमा विकास भएको छ ।
नेपालमा अकुपंचरको प्रवेश २०२८ सालमा भएको पाइन्छ । कोदारी राजमार्ग अन्तर्गत पुल निर्माण गर्दा आएका चिनियाँहरुसँगै नेपालमा अकुपंचरको प्रवेश भएको हो । सुरुमा चिनियाँबाट मात्र सेवा दिइएको अकुपंचर विधिलाई केही समयपछि आधुनिक चिकित्साहरुले पनि अंगालेर सेवा दिइएको पाइन्छ ।
नेपालमा पहिलोपटक आधिकारिक रुपमा अकुपंचर शुरु गर्नमा डा. राममान श्रेष्ठ र डा. भरत प्रधानको नाम आउँछ । वि.सं २०३४ सालमा वीर अस्पतालमा अकुपंचर युनिट स्थापना गरियो र यसबाट नै पहिलोपटक सरकारी स्तरमा अकुपंचर सेवा दिन थालियो । नेपाल प्रहरी अस्पतालमा पनि केही समय अकुपंचर सेवा संचालनमा आएता पनि हाल यो सेवा बन्द भएको छ । त्यसैगरी विसं २०४१ सालमा केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीमा पनि अकुपंचर युनिट स्थापना गरियो र अकुपंचर सेवा दिन थालियो ।
हाल नेपालमा अकुपंचर चिकित्सको विभिन्न तहको जनशक्तिहरु रहेको र तिनिहरुको परिचालनबाट यस क्षेत्रको प्रवर्धन हुने कुरामा आशावादी हुन सकिन्छ । आयुर्वेद केहशी प्रश्देश तह एवं स्थानीय तहमा रहेका आयुर्वेद संस्थाहरुबाट पनि यो सेवा प्रदान हुँदै आएको छ जुन खुशीको कुरा हो र अब सातवटै प्रदेशमा स्थापना हुने १०० शैयाको आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्प्ताहरुमा यस सेवाले निरन्तरता पाउनेछ ।
अकुपंचर चिकित्स अत्यन्त सस्तो चिकित्सा पद्धति हो । यसमा उपयोग हुने सामग्रीहरु सस्तो हुने हुँदा र यसमा प्रयोग गरिने सामग्री थोरैमात्र हुँदा सेवा पुर्याउन पनि सहज हुने हुँदा नेपालको परिप्रेक्ष्यमा यो उपचार विधि अत्यन्त फाइदाजनक हुन्छ ।
अकुपंचर चिकित्सा धेरै रोगमा प्रयोग गर्न सकिने चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार ३ सय रोगहरु वा अवस्थाहरुमा यसको प्रयोग गर्न सकिन्छ । साथै धेरै रोगहरुमा राम्रो परिणाम दिनसश्क्ने भएकोले यो चिकित्सालाई प्रभावकारी मानिन्छ ।
यसै परिप्रेक्ष्यमा आयुर्वेद विभागलाई विसं २०७४ सालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रुपमा रुपान्तर गरि आयुर्वेद सहित अन्य वैकल्पिक चिकित्साका विधाहरु अकुपंचर, होमियोप्याथिक, प्राकृतिक चिकित्सा तथा सोवा रिश्ग्पा प्रवर्धन तथा विकासको लागि कार्य गर्न जिम्मेवारी दिइएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा मार्फत यी विधाहरुको प्रवर्धन गर्न आवश्यक नीति, मापदण्ड, योजना बनाई कार्यान्वयन गर्ने कार्य निरन्तर छ ।
यसै परिप्रेक्ष्यमा अकुपंचर चिकित्साको प्रचार, प्रसार गरि सरोकारवालाहरु एवं आमसमुदायमा यस चिकित्सा विधाको महत्व दर्शाउन गर्त वर्षदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विश्व अकुपञ्चर दिवस मनाउन थालेको छ । विभागले यसवर्षपनि बुधवार दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेर सरोकारवाला क्षेत्रका मानिसको छलफल गराएको छ । विभागले आयोजना गरेको कार्यक्रममा आयुर्वेद र अकुपञ्चरका क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाका प्रतिनिधि सहभागी भए ।
सन् २०११ मा भएको फ्रेन्च कमिशन अफ वल्र्ड फेडेरेशन अफ अकुपंचर मोश्क्सिबुशन सम्बन्धी वैज्ञानिकहरुको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपंचर दिवसका रुप्मा मनाउने निर्णय गरेबमोजिम नेपालमा दोश्रो वर्ष दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।