Aricle Tech

काठमाडौँ, ८ मंसिर । निन्द्र मानवीय शरीरका लागि अत्यावश्यक चीज हो । शरीरमा खाएको खाना पचाउनदेखि शरीरलाई आरामसमेत दिने निन्द्रा मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहन्छ । सामान्यतयाः व्यक्तिलाई ७ देखि ८ घन्टासम्मको उचित निन्द्रा आवश्यक पर्छ । र, यी समयावधि पर्याप्त पनि हुन्छ । तर, कतिपय यता व्इक्तिहरु पनि हुन्छन्, जो आवश्यकता भन्दा धेरै सुत्ने गर्छन् या भनौं उनीहरुलाई तुलनात्मक रुपमा अन्य व्यक्तिलाई भन्दा बढि निन्द्रा लाग्ने समस्या हुन्छ । जसकारण केहि व्यक्तिहरु दिउँसोको समयमा पनि सुत्ने गर्छन् । तर, वास्तवमै केहि व्यक्ति धेरै वा लामो समयसम्म किन सुत्छन् तरु यसले व्यक्तिको कस्तो स्वास्थ्य स्थितितर्फ संकेत गरिरहेको हुन्छ…

विस्तृतमा...

चितवन, ७ मङ्सिर । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।

विस्तृतमा...

गलकोट (बागलुङ), ७ मङ्सिर । आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ । ‘पछिल्लो समय बालबालिकामा मोटोपन बढ्नु, पत्रुखाना खानु र स्वास्थ्यबारे चासो नराख्नुले मुटुमा समस्या आउने गरेको छ । हामीले प्रारम्भिक परीक्षणमा मुटुको चाल बुझेपछि समस्या भएको पत्ता लगाउन सकिन्छ’,शाक्यले भने, ‘समस्या बुझेपछि त्यसपछि मुटुको इकोलगायतका डायलासिस पद्धति गरेर उपचार गर्ने गरिन्छ ।’

विस्तृतमा...

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राखेका छन् । स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उनको भनाइ छ ।

विस्तृतमा...

काठमाडौँ, ७ मंसिर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सर्वाधिक कर तिर्ने स्वास्थ्य शिक्षा प्रदायक संस्था बनेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदाताका लागि आयोजना गरीएको सम्मान कार्यक्रममा स्वास्थ्य शिक्षा प्रदायक संस्था अन्र्तगत नोबेल मेडिकल कलेज यस बर्षको स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सम्मानित समेत भएको छ । बिहिवार राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा नोबेल मेडिकल कलेजका तर्फबाट डा खगेन्द्र प्रसाद (केपी) शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी…

विस्तृतमा...

डडेल्धुरा, ७ मंसिर । डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबिबिएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो । गाउँपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनाममा चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबिबिएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको उल्लेख छ । हेर्नुहोस् गाउँपालिकाद्वारा जारी विज्ञप्ति

विस्तृतमा...

बाग्लुङ, ६ मंसिर । जिल्लाको दुईवटा स्थानमा भएको वृहत् निःशुल्क मुटुरोग शिविर सम्पन्न भएको छ । तीनदिन सञ्चालित सो शिविरबाट १ हजार ३०० बढीले सेवा लिएका छन् । रोटरी क्लव अफ पाटन र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा म्पन्न सो शिविरमा अधिकांश स्कुले बालबालिका र केही मुटुरोगीहरुको जाँच तथा उपचार गरिएको थियो । शिविरको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले तीन दिनको अवधीमा १ हजार १२० जना बालबालिकाहरुको भिडियो मुटु परीक्षण र करीब २०० जनाको मुटु रोगीहरुको मुटु जाँच तथा उपचार गरिएको बताए । शिविरमा मुटुरोग सर्जन तथा विशेषज्ञद्धय डा प्रेमराज बैद्य, डा उर्मिला शाक्यले सेवा दिएको…

विस्तृतमा...

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला सरकारी अस्पतालहरुमा मेडिकल अध्यापन गराउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस अध्यापन गराउने सम्बन्धमा प्रस्ताव राखेका हुन् । ‘पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति पुग्छ भन्ने हामीलाई लागेको छ। संरचनामा अलिकति थपघट गर्नुपर्ने होला। पढाउनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागेका छौँ’, उनले भने । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग समेत छलफल भइसकेको उनको भनाई छ । हाल…

विस्तृतमा...

काठमाडौं, ७ मंसिर । आधुनिक चिकित्साको विकास र प्रयोगसँगै विस्तारै परम्परागत उपचार र विधिका बारेमा कम चर्चा गरिन्छ । आधुनिक औषधि विज्ञानमात्र प्रभावकारी र अन्य विधा प्रभावहीन भएका झैं तर्कहरु पेशाकर्मीबाटै आउने गरेको छ । तर, पछिल्लो समय उपचारमा समग्रताको अभ्याँसलाई अवलम्बन गर्ने गरिएको छ । विश्वभरी नै आधुनिक चिकित्सा सँगै सहायक रुपमा विभिन्न परम्परागत उपचार पद्धतिको प्रयोग गर्ने गरिएको छ । यस्तै प्रयोग नेपालको अन्नपूर्ण न्यूरो अस्पतालमा पनि हुने गरेको छ । वरिष्ठ नशा शल्यचिकित्सक बसन्त पन्त नेतृत्वको अस्पतालमा पछिल्लो १ वर्षमा ९ हजारभन्दा धेरैले अकुपंचर उपचार लिएका छन् । अकुपंचर दिवसका दिन बिहीवार आयुर्वेद विभागमा आयोजित कार्यक्रममा बोल्दै…

विस्तृतमा...

काठमाडौं, ७ मंसिर । योगासन शरीर, दिमाग र आत्मालाई एकताबद्ध गर्ने उद्देश्यले गरिन्छ । यसले व्यक्तिलाई स्वस्थ र सरल राख्न मद्दत गर्दछ । दमका बिरामीको सन्दर्भमा भन्नुपर्दा, विश्वभर ३० करोडभन्दा बढी मानिस दमको समस्याबाट ग्रसित छन् । यो दीर्घकालीन श्वासप्रश्वास रोगले मानिसमा विभिन्न प्रकारका जटिलताहरू निम्त्याउन सक्छ। दममा श्वासनली साँघुरो वा सुन्निने र अत्याधिक बलगम उत्पादन हुन्छ। यसले श्वास फेर्न गाह्रो बनाउन सक्छ र खोकी लाग्न सक्छ, श्वास फेर्दा घ्वारघ्वार आवाज आउने हुन्छ । समयमै उचित उपचारको अभावमा यी बिरामीको ज्यान समेत गुम्ने र हुन्छ । जाडोयाममा चिसोले छिट्टै असर गर्ने हुँदा यी बिरामीले यो बेला आफ्नो स्वास्थ्यमा विशेष ध्यान…

विस्तृतमा...