

काठमाडौँ, ७ मंसिर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सर्वाधिक कर तिर्ने स्वास्थ्य शिक्षा प्रदायक संस्था बनेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदाताका लागि आयोजना गरीएको सम्मान कार्यक्रममा स्वास्थ्य शिक्षा प्रदायक संस्था अन्र्तगत नोबेल मेडिकल कलेज यस बर्षको स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सम्मानित समेत भएको छ ।
बिहिवार राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा नोबेल मेडिकल कलेजका तर्फबाट डा खगेन्द्र प्रसाद (केपी) शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेर यसपटक समेत गरेर पाँच पटक सम्मानित भएको छ ।