काठमाडौं, ७ मंसिर । योगासन शरीर, दिमाग र आत्मालाई एकताबद्ध गर्ने उद्देश्यले गरिन्छ । यसले व्यक्तिलाई स्वस्थ र सरल राख्न मद्दत गर्दछ । दमका बिरामीको सन्दर्भमा भन्नुपर्दा, विश्वभर ३० करोडभन्दा बढी मानिस दमको समस्याबाट ग्रसित छन् ।
यो दीर्घकालीन श्वासप्रश्वास रोगले मानिसमा विभिन्न प्रकारका जटिलताहरू निम्त्याउन सक्छ। दममा श्वासनली साँघुरो वा सुन्निने र अत्याधिक बलगम उत्पादन हुन्छ। यसले श्वास फेर्न गाह्रो बनाउन सक्छ र खोकी लाग्न सक्छ, श्वास फेर्दा घ्वारघ्वार आवाज आउने हुन्छ । समयमै उचित उपचारको अभावमा यी बिरामीको ज्यान समेत गुम्ने र हुन्छ । जाडोयाममा चिसोले छिट्टै असर गर्ने हुँदा यी बिरामीले यो बेला आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ । यसका लागि दमका बिरामीले केही योगा समेत गर्न सक्छन् । जसले उनीहरुको समस्यालाई टाढा राख्न मद्दत गर्दछ ।
भस्त्रिका
भस्त्रिका गर्नाले शरीरको अक्सिजन सर्कूलेसनमा सुधार र्। यले छिटो–छिटो सास फेर्ने र सास फेर्न गाहृो हुने समस्यालाई कम गराउँछ । यो योगासानका लागि सर्वप्रथम पलेँटी मारेर बस्नुहोस् । यसपश्चात् शरीरलाई हलचल नगरी नाकबाट आवाज आउने गरी सास भित्र तान्ने र बाहिर फाल्ने गर्नुहोस् । दैनि बिहान १–३ मिनेट यो अभ्यास गर्नाले दमका बिरामीलाई लाभ मिल्दछ ।
धनुरासान
दैनिक धनुरासनको अध्यासले दमका बिरामीमा ूलो लाभ मिल्दछ । यो योगासान गर्न व्यक्तिले आफ्नो शरीर धनुषको आकारमा मोड्नुपर्दछ । यो योगाभ्यासको दौरान व्इक्तिले आफ्नो सासमा ध्यान दिनुपर्दछ । फोक्सो बलियो बनाउन गरिने यो अभ्यास गर्न सबैभन्दा पहिले घोप्टो परेर सुती खुट्टालाई आकासतर्फ फर्काएर हातले समाउनुहोस् । यसपछि छातीको भाग उठठाएर शरीरलाई केी समय स्थिर राख्नुहोस् । केही समयपछि पुनः पहिलेकै अवस्थामा आई यो प्रक्रिया ३–४ मिनेटसम्म दोहोर्याउनुहोस् ।
अधोमुख श्वानासन
पिनास र दमबाट ग्रसित बिरामीका लागि उपयागी मािनने यो योगाभ्यासबाट मन शान्त हुने र तनावबाट समेत राहत मिल्छ । यसको लागि घोप्टिएर हिपलाई माथि पुर्याउँदै खुट्टा र हातले जमिन छुनुहोस् । यसो गर्दा शरीरको सीधा र मिलेको हुनुपर्छ केही समय शरीरलाई सोही आसानमा राखी विस्तारै पुरानै आकारमा आउनुहोस् । यो योगासानले दमका बिरामीलाई निकै फाइदा पुर्याउन मद्दत गर्दछ ।