डडेल्धुरा, ७ मंसिर । डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबिबिएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनाममा चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबिबिएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको उल्लेख छ ।
हेर्नुहोस् गाउँपालिकाद्वारा जारी विज्ञप्ति