Aricle Tech

काठमाडौँ, ११ मङ्सिर । सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ ।

विस्तृतमा...

काठमाडौँ, ११ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेको छोराको अध्ययन खर्च व्यहोर्ने भएका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिने घोषणा गरेका हुन् । वि.संं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । मन्त्री बस्नेतले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज…

विस्तृतमा...

जाजरकोट, ११ मङ्सिर । भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानिय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट…

विस्तृतमा...

काठमाडौँ, ११ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पु¥याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पु¥याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई/दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको हो । महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेको जिल्लामा मानसिक स्वास्थ्य सेवा पु¥याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट,…

विस्तृतमा...

किमाथाङ्का (सङ्खुवासभा) ११ मङ्सिर । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्याला मजदुरी गरी जीविका चलाइरहेका नागरिक घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुसी व्यक्त गरेका छन् । जिल्लामा एक सरकारीसहित तीन अस्पताल छन् । जिल्ला अस्पताल सङ्खुवासभामा विशेषज्ञ सुविधा पनि छ । तर दुर्गम बस्तीको स्वास्थ्य अवस्था भने निकै नै कमजोर छ । भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांश नागरिकलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ । जग्गा–जमिनमा उब्जनी गरेको खाद्यान्नले उनीहरूलाई छ महिना पनि खान पुग्दैन । गाउँपालिकाले…

विस्तृतमा...

काठमाडौँ, ११ मंसिर । चिसो मौसममा छालामा विभिन्न समस्याहरु देखिन्छन् । समयमै यिनको ध्यान नदिने र स्याहार नगर्नाले यसले छालाको स्वरुप बिगार्नुका साथै दिर्घकालीन असर पुर्याउने सम्भावना उत्तिकै रहन्छ । जाडोमा छालामा समस्या देखिने कारणहरु हाम्रो छाला सुख्खा हुन नदिनका लागि जति पानीको आवश्यक पर्छ त्यति नै तेलको पनि । तसर्थ जाडोयाममा जति पनि छालासम्बन्धी समस्याहरु देखापर्छन् ती सबैको मुख्य कारण भनेकै छालामा तेल र पानीको असन्तुलन हुनु हो । तसर्थ यसबाहेक छालामा देखा पर्ने समस्यालाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन् : –बाहिरी वातावरण एवम् शरीरमा आद्रता (ह्युमिडीटी) को कमी हुनु –शरीरले उत्पादन गर्ने तेलको कमी –आगो…

विस्तृतमा...

मुगु, १० मङ्सिर । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेकोे बताए । उनले हाडजोर्नी तथा नशारोग बिरामीका लागि निः शुल्क अक्कुपञ्चर सेवा प्रदान गरिने बताए । सो सेवा एकपटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएको छ । जिल्लामा अकुपञ्चर सेवा सुरु नहुँदा सेवा लिनकै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतलगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिका–१ का हरि शाहीले अक्कुपञ्चर सेवा…

विस्तृतमा...

काठमाडौँ, १० मंसिर । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। आइतबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले स्वास्थ्यमन्त्री बस्नेत पदमा बस्न लायक नरहेको दाबी गरेका हुन् । शनिबार एक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले आफूमाथि मेडिकल गिरोहबाट सञ्चालित रहेको लाञ्छना लगाएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा डा. केसीका आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्कीसमेत मन्त्री बस्नेतले दिएका थिए। डा. केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्वोधन गर्नु परम् कर्तव्य बन्थ्यो, तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित…

विस्तृतमा...

काठमाडौँ, १० मंसिर । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालको सम्भावना यथेष्ट रहेको बताएका छन् । आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जटिबुटिको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताएका हुन् । उनले भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको विकासबाट नेपालले पनि फाइदा लिन सक्ने भन्दै यस क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने धारणा राखे । त्यस्तै मन्त्री बस्नेतले मेडिकल शिक्षाको विकासमा मन्त्रालयको ध्यान केन्द्रीत रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन धारणा राखे । मुलुकका तीन सय शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरि आवश्यक कानून…

विस्तृतमा...

चितवन, १० मङ्सिर । खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गरेका हुन् ।

विस्तृतमा...