

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला सरकारी अस्पतालहरुमा मेडिकल अध्यापन गराउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस अध्यापन गराउने सम्बन्धमा प्रस्ताव राखेका हुन् ।
‘पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति पुग्छ भन्ने हामीलाई लागेको छ। संरचनामा अलिकति थपघट गर्नुपर्ने होला। पढाउनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागेका छौँ’, उनले भने । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग समेत छलफल भइसकेको उनको भनाई छ ।
हाल शैय्या पुगेका अस्पताललाई पढाउन सकिने सम्भावित विषयबारे जानकारी माग गरिएको उनको भनाई छ ।