Aricle Tech

काठमाडौँ, १२ मंसिर । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ । पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि…

विस्तृतमा...

काठमाडौँ, १२ मंसिर । नेपाल न्यूरो र्सजन समाजको नयाँ कार्यसमितिको नयाँ कार्यसमिति गठन भएको छ। वरिष्ठ न्युरोसर्जन डा. यम बहादुर रोकाको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट(President Elect) र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै गरी सचिवमा डा. गोपाल सेडाई तथा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा नियुक्त भएका छन्, भने कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा डा. अनिस मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् ।…

विस्तृतमा...

कर्णाली, १२ मङ्सिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन् । ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले उनलाई ‘डा प्याट्रिक चिज मेमोरियल रिसर्च अवार्ड’ प्रदान गर्दै हालै ‘बेष्ट पोस्टर–२०२३’ घोषणा गरेको हो । विश्वव्यापीरूपमा प्राप्त रिसर्च आर्टिकलहरूमा डा गुप्ताको आर्टिकल उत्कृष्ट छनोट भएको प्रतिष्ठान जनाएको छ । डा गुप्ताले प्रविष्ट गरेको रिसर्च आर्टिकल ‘प्याटर्न अफ स्किन डिजिज इन हाइअल्टिच्युड अफ नेपाल एण्ड रोल अफ जिपिएस इन इट्स म्यानेजमेन्ट’ शीर्षकमा तयार गरिएको थियो । खासगरी उच्च भागमा बस्ने समुदायका नागरिकको छालाको…

विस्तृतमा...

काठमाडौँ, १२ मङ्सिर । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ ।

विस्तृतमा...

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका निजी अस्पतालहरूले यहाँका लक्षित वर्ग, गरिब (विपन्न), असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन्। मंगलबार निःशुल्क उपचार गर्नेबारेमा उपमहानगरपालिका र एसोसियसन अफ पब्लिक हेल्थ इन्सिच्युसन नेपाल तथा सुदूरपश्चिमबीच समझदारी भएको छ। उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा निजी अस्पतालहरूको तर्फबाट एसोसियसन अफ पब्लिक हेल्थ इन्सिच्युसन नेपाल सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्त, केन्द्रीय सदस्य जनकराज जोशी र अफिन सुदूरपश्चिमका उपाध्यक्ष रमेश पाण्डेले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार निजी अस्पतालहरूले अस्पतालको कूल शय्याको दश प्रतिशत शय्यामा ‘निःशुल्क शय्या’ भनेर उल्लेख गर्नुपर्नेछ। अस्पतालले निःशुल्क उपचारको सिफारिससहित…

विस्तृतमा...

काठमाडौँ, १२ मङ्सिर । सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा सोमबार आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताएका हुन् ।

विस्तृतमा...

गलकोट (बागलुङ) १२ मङ्सिर । यहाँको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिएकी छन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार ५२५ ग्राम रहेको अस्पतालको भनाइ छ ।

विस्तृतमा...

काठमाडौँ, १२ मंसिर । महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोहि क्रम पुनः नदोहोरिएको अवस्थालाई ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारीे भनिन्छ । महिनावारी रोकिएको अवस्थाले कुनै न कुनै कुरातर्फ संकेत गर्दछ । उसो त महिनावारी रोकिनुका पनि केहि सरल एवम् केहि गम्भीर गरी विविध कारणहरु हुन सक्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ । तर, ४० दिन अथवा सोभन्दा बढि समयसम्म महिनावारी पुनः सुचारु नभएको अवस्थाले महिलाको गम्भीर स्वास्थ्य स्थितितर्फ संकेत गर्ने हुँदा त्यस्ता महिलाले भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ । महिनावारी नहुने समस्याका मुख्य १० कारणहरु निम्न छन् : १.…

विस्तृतमा...

काठमाडौँ, ११ मंसिर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशक नियुक्त गरेका हुन्। यस्तै मन्त्री बस्नेतले अस्पतालकी निवर्तमान निर्देशक डा मनिषा रावललाई भने सार्क क्षयरोग केन्द्रमा पठाएका छन् । यसैगरी सार्क क्षयरोग केन्द्रका डा रोशन न्यौपानेलाई वीर अस्पताल सरुवा भएका छन् ।

विस्तृतमा...

काठमाडौँ, ११ मंसिर । तेस्रो एनएमए स्वास्थ्य शिखर सम्मेलन सम्पन्न भएको छ। नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि सुरु भएको स्वास्थ्य सम्मेलन आज टुगिंएको हो । सम्मेलन समापनका अवसरमा संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले दुई दिने सम्ममा लनका विविन्न विषयमा भएका छलफलबाट निस्किएको निचोड अन्तर्गत १६ बुँदे घोषणा पत्र जारी गरेको जानकारी दिए । कार्यक्रममा घोषणा पत्र वाचन गर्दै उनले सो पत्र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरे । के छ १६ बुँदे घोषणापत्रमा ? १) महामारीबाट सिकेको शिक्षाः नेपालको स्वास्थ्य सेवा प्रणालीको विद्यमान अवस्थालाई ध्यानमा राख्दै महामारीको समयमा तत्कालै उपलब्ध स्रोत साधनहरुको अधिकतम सदुपयोग गरी हुन सक्ने क्षतिबाट बचाउन…

विस्तृतमा...