काठमाडौँ, १० मंसिर । प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल नर्सिङ परिषद्ले शनिवार लिइएको दुवै परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जनाले परीक्षा दिएका थिए । त्यसमध्ये १९.३४ प्रतिशत मात्रै पास भएका छन् । यस्तै, बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा कुल सहभागी ४१४ जनामध्ये ४९.०३ प्रतिशत पास भएका छन्।
शनिबार विहान ९ देखि ११ः३० सम्म सञ्चालन भएको परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा लिइएको थियो ।