काठमाडौं १३ कार्तिक । नेपाल औषधि उत्पादक संघ (एप्पोन) अन्तर्गतको क्वालिटी सर्कलले ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक गरेको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको प्रमुख आतिथ्यमा भएको विमोचनसँगै औषधिको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डबारे प्राविधिक छलफल गरिएको हो। प्रकाशनमा औषधि परीक्षण, उत्पादनमा प्रयोग हुने सामग्री, प्याकेजिङ र भण्डारण अवधिभर गुणस्तर कायम राख्न आवश्यक प्रणालीसम्बन्धी विषय समेटिएका छन्। इन्डियन फर्माकोपिया २०२६ का व्यवस्था, औषधिमा हुन सक्ने नाइट्रोसामिन अशुद्धताको पहिचान तथा नियन्त्रण र बजारमा पुगेका औषधिको निगरानीबारे पनि सामग्री राखिएका छन्। कार्यक्रममा डा. गौरव प्रताप सिंह जादौन, आरएस पाल र डा। बृजेश पाण्डेलगायत विज्ञले औषधिको मापदण्ड, घुलनशीलता परीक्षण तथा अशुद्धताको जोखिम व्यवस्थापनबारे…
स्वास्थ्य डायरी
काठमाडौं, १३ कार्तिक । आर्या फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीनवर्षीय सहकार्य सम्झौता गरेको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सहकार्य अघि बढाइएको हो। क्रिकेटमार्फत जनस्वास्थ्य सचेतना बढाउनु र खेलकुदलाई स्वस्थ जीवनशैली प्रवर्द्धनसँग जोड्नु सहकार्यको उद्देश्य रहेको कम्पनीले जनाएको छ। एनपीएलमार्फत सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परीक्षण, परामर्श तथा स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने कम्पनीको लक्ष्य छ। सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परीक्षण कक्ष, परामर्श तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने कार्यक्रम समेटिएको छ। खेल हेर्न आउने दर्शकलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने अपेक्षा कम्पनीले गरेको छ। कम्पनीले खेलाडीलाई प्रोत्साहन गर्न ‘हेल्दी…
काठमाडौं, ७ कार्तिक । आज विश्व पोलियो दिवस। नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिए पनि यसको चुनौती अझै बाँकी देखिएको छ। विश्वबाट पोलियो पूर्ण रूपमा उन्मूलन नभइसकेकाले नेपालले पनि खोप र निगरानीमा निरन्तर ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । नेपालमा अन्तिम पटक सन् २०१० मा प्राकृतिक रूपमा फैलिने पोलियोभाइरसबाट भएको संक्रमण व्यक्तिमा देखिएको थियो। त्यसयता यस्तो भाइरसबाट नयाँ बिरामी भेटिएका छैनन्। तर खोप छुटेका बालबालिका, सीमापार आवतजावत र अन्य देशमा भइरहेको भाइरसको प्रसारणले यो उपलब्धि जोगाइराख्नुपर्ने चुनौति भने यथावत छ । नेपालको विगतले पनि बिरामीको संख्या शून्य हुँदैमा जोखिम सकिँदैन भन्ने देखाउँछ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सन् २००५ मा चार,…
काठमाडौं, ६ कार्तिक । नाइजेरियामा सन् २०१४ को प्रकोप अन्त्य भएको १२ वर्षपछि फेरि इबोला देखिएको छ। राजधानी अबुजामा एक महिलामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले थप संक्रमण रोक्न उनीसँग सम्पर्कमा आएका व्यक्तिको खोजी र निगरानी तीव्र बनाएका छन्। विश्व स्वास्थ्य संगठनले नाइजेरियामा इबोला संक्रमणको शृंखला रोकिएको घोषणा सन् २०१४ अक्टोबर २० मा गरेको थियो। त्यसको ठीक १२ वर्षपछि, सन् २०२६ अक्टोबर २० मा नयाँ संक्रमण पुष्टि भएको हो। विश्व स्वास्थ्य संगठनको अफ्रिका कार्यालयका अनुसार हालै युगान्डाबाट आएकी महिलामा बुन्डिबुग्यो भाइरसबाट हुने इबोला पुष्टि भएको छ। अक्टोबर ७ देखि लक्षण देखिएकी उनी अक्टोबर ११ मा अबुजाको एक निजी स्वास्थ्य संस्थामा…
–जय पाठक (जेपी)– स्वास्थ्य मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषय हो। व्यक्तिको शारीरिक, मानसिक र सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र र समग्र राष्ट्रको विकाससम्म स्वास्थ्यको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले स्वास्थ्यसम्बन्धी सूचना सामान्य जानकारी मात्र होइन, नागरिकको जीवन र निर्णय प्रक्रियालाई प्रभावित गर्ने सार्वजनिक सरोकारको विषय हो। यही कारण स्वास्थ्यसम्बन्धी सूचना कसरी सङ्कलन, परीक्षण, व्याख्या र सम्प्रेषण गरिन्छ भन्ने प्रश्न आज झन् महत्त्वपूर्ण बन्दै गएको छ। स्वास्थ्य पत्रकारिताको आवश्यकता र जिम्मेवारी पनि यहीँबाट सुरु हुन्छ। को हुन् स्वास्थ्य पत्रकार ? स्वास्थ्य, चिकित्सा, जनस्वास्थ्य, रोग, उपचार, औषधि, स्वास्थ्य नीति तथा नागरिकको स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र तथ्य परीक्षण गरी…
–डा. मनप्रसाद वाग्ले– यो अनुभव कसैलाई काम लाग्न सक्छ । क्यान्सरको उपचारसँगै बिरामीलाई सहज वातावरण र सकेसम्म सामान्य जीवनको अनुभूति कसरी दिन सकिन्छरु हाम्रो परिवारका १६ महिना यही प्रयासमा बिते। उपचार निरन्तर राख्दै हामीले उनको इच्छा, खुसी र सन्तुष्टिलाई प्राथमिकता दियौँ। हामीले सुरुमा उनकै अनुरोधमा घरमा एउटा निर्णय गर्यौँ—“क्यान्सर” शब्दको उच्चारण नगर्ने। उनलाई आफ्नो रोग र त्यसको अवस्थाबारे थाहा थियो। तर घरको वातावरण सधैँ रोगको चर्चाले भरिन नदिने हाम्रो प्रयास थियो। यसले उनलाई रोगको चिन्ताबाट केही पर रहेर दैनिक जीवनमा रमाउने वातावरण दिएको हामीले अनुभव गर्यौँ। हामी उनलाई उपचारप्रति आशावादी रहन हौसला दिइरहन्थ्यौँ। किमोथेरापी दिएको समय र विशेष अवस्था बाहेक…
काठमाडौं, ५ कार्तिक । आज विजया दशमी । असत्यमाथि सत्यको जीत भएको उपलक्ष्यमा आज देश र विदेशमा रहेका नेपालीले अग्रजबाट टिकाजमरा थापेर विजया दशमी मनाउँदैछन् । घर घरमा टीका लगाएपछि आफन्त इष्टमित्रका घरमा टीका थाप्न जाने परम्परा रहेको छ । दशैंमा टीका थाप्न आफन्तकहाँ जाने, यात्रा गर्ने र भेटघाटमा व्यस्त हुने बेला दैनिक तालिका फेरिन सक्छ। यस्तो व्यस्ततामा पनि नियमित सेवन गरिरहेका औषधि सम्झेर साथमा बोक्नु आवश्यक छ। मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगका लागि औषधि लिइरहेकाले स्वास्थ्यकर्मीले दिएको निर्देशनअनुसार सेवन जारी राख्नुपर्छ। चाडपर्व वा यात्राका कारण आफूखुसी औषधि रोक्ने वा मात्रा परिवर्तन गर्ने गर्नुहुँदैन। घरबाट निस्कनुअघि बसाइभर पुग्ने औषधि छ कि…
काठमाडौं, ३ कार्तिक । ध्यान केन्द्रित गर्न कठिनाइ हुने, अत्यधिक चञ्चलता देखिने वा आवेग नियन्त्रणमा समस्या हुने अवस्थाका रूपमा चिनिने एडीएचडी भएका व्यक्तिमा पेट तथा पाचनसम्बन्धी समस्या पनि बढी देखिने अध्ययनले देखाएको छ। बेलायतको वारविक विश्वविद्यालयका अनुसन्धानकर्ताले १९ लाखभन्दा बढी मानिस समेटिएका २३ वटा अध्ययनको समीक्षा गर्दा यस्तो सम्बन्ध फेला पारेका हुन्। अनुसन्धानको निष्कर्ष ‘जर्नल अफ अटेन्सन डिसअर्डर्स’मा प्रकाशित छ। समीक्षामा एडीएचडी नभएका व्यक्तिको तुलनामा एडीएचडी भएका व्यक्तिमा कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम अर्थात् आन्द्राको कार्यसम्बन्धी समस्या र दिसा नियन्त्रणमा कठिनाइ बढी देखिएको थियो। अमेरिका, स्विडेन, जर्मनी र दक्षिण कोरियालगायत देशमा भएका अध्ययनमा दुईदेखि ६५ वर्षसम्मका व्यक्तिको तथ्याङ्क समेटिएको थियो। अध्ययनकी…
–उमेशप्रसाद रौनियार– औषधि उद्योगमा नेतृत्व गर्नु भनेको बिक्रीको लक्ष्य पूरा गर्नु मात्र होइन। तत्कालको व्यावसायिक दबाब सम्हाल्दै कम्पनीको दीर्घकालीन भविष्य सुरक्षित गर्नु पनि हो। बिक्री बढाउने दौडमा औषधिको गुणस्तरप्रतिको विश्वास, नैतिक प्रवर्द्धन र ब्रान्डको प्रतिष्ठा कमजोर भए त्यसको मूल्य लामो समयसम्म चुकाउनुपर्ने हुन्छ। नेपालजस्तो प्रतिस्पर्धी बजारमा नेतृत्वले यही सन्तुलन कायम गर्न सक्नुपर्छ। बिक्रीको लक्ष्य र दीर्घकालीन प्रतिष्ठा त्रैमासिक बिक्री, चिकित्सकसँगको भेटघाटको संख्या र ग्राहक सम्बन्ध व्यवस्थापनका सूचकमा मात्र ध्यान केन्द्रित हुँदा वैज्ञानिक संवाद र दीर्घकालीन विश्वास ओझेलमा पर्न सक्छन्। चिकित्सकलाई औषधिबारे भरपर्दो जानकारी दिने प्रतिनिधिलाई केवल बिक्रीको अंक ल्याउने कर्मचारीका रूपमा हेर्न थालियो भने सम्बन्ध पनि कारोबारमा सीमित हुँदै जान्छ।…
काठमाडौं, २ कात्तिक । चिकित्सा शिक्षा आयोगले सरकारी तथा निजी शिक्षण संस्थाका लागि सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले त्यसका केही निर्णयहरुप्रति आपत्ति जनाएका छन्। गेटामा एमबीबीएस सञ्चालनको अनुमति र नेपाली सेनाद्वारा सञ्चालित मेडिकल कलेजमा सिट वृद्धि गर्ने लगायत निर्णय बदर गर्न माग गर्दै उनले सरकारलाई एक साताको अल्टिमेटम दिएका हुन्। सोमबार जारी गरिएको विज्ञप्तिमा केसीले आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिइएको आरोप लगाएका छन्। माग पूरा नभए स्थगित सत्याग्रहसहितका आन्दोलन पुनः सुरु गर्ने उनको चेतावनी छ। सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यस वर्ष एमबीबीएस अध्ययनका…


