स्वास्थ्य डायरी

काठमाडौं – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, बसुन्धरामा आधुनिक दन्त उपचारमा प्रयोग हुने लेजर डेन्टिस्ट्री सम्बन्धी वैज्ञानिक व्याख्यान तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भारतका लेजर डेन्टिस्ट्री विशेषज्ञ डा. नितिन अग्रवाल (बीडीएस, एमडीएस–ओरल मेडिसिन एन्ड रेडियोलोजी) ले लेजर प्रविधिको वैज्ञानिक आधार, यसको क्लिनिकल प्रयोग तथा आधुनिक दन्त चिकित्सामा यसको बढ्दो महत्वबारे विस्तृत प्रस्तुति दिएका थिए। लेजर उच्च ऊर्जा भएको केन्द्रित प्रकाश किरणमा आधारित प्रविधि हो, जसको प्रयोग दन्त उपचारमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ। यो प्रविधिबाट दाँत तथा गिजासम्बन्धी विभिन्न उपचार अधिक सटीक, कम पीडादायी र कम रक्तस्रावका साथ गर्न सकिने भएकाले विश्वभर यसको प्रयोग…

विस्तृतमा...

वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिँदा चिकित्सकमाथि सामूहिक कुटपिट भएको छ। घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद राम अस्पतालकै आईसीयूमा उपचाररत छन् भने उपचारमा संलग्न उनीसहित पाँच स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउँदासम्म जिम्मेवारीबाट हटाइएको छ। शनिबार बिहान मुटुसम्बन्धी गम्भीर समस्या भएका वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई आकस्मिक उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार उपचारका सबै प्रयासका बाबजुद बिरामीको कार्डियाक अरेस्टका कारण मृत्यु भएको थियो। बिरामीको मृत्युपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा तोडफोड गरेका थिए। त्यसक्रममा विवाद शान्त पार्न पुगेका डा. प्रमोद राममाथि ४०–५० जनाको…

विस्तृतमा...

कैलाली- चिकित्सा शिक्षा सुधार, सुशासन र जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीसहित पाँचबुँदे माग राखेर २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दको नियुक्तिलाई सरकारसँगको वार्ताको प्रमुख एजेन्डा बनाएका छन्। सरकारी स्रोतका अनुसार डा. केसीले उठाएका अधिकांश मागमा सहमति जुट्ने सम्भावना रहे पनि रजिष्ट्रारको नियुक्ति खारेज गर्ने विषयमा अझै सहमति हुन सकेको छैन। डा. केसी पक्षले निजी मेडिकल कलेजसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिलाई सार्वजनिक विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्नु स्वार्थको द्वन्द्व हुने दाबी गर्दै आएको छ। डा. केसीले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ३०० शैयाको शिक्षण अस्पतालसहित सञ्चालनमा ल्याउने, चालु आर्थिक वर्षदेखि…

विस्तृतमा...

धनगढी- आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका उच्च अधिकारीहरू धनगढी पुगेका छन्। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरमार्फत धनगढी पुगेका हुन्। सरकारको तयारीअनुसार उनीहरूले आजै डा. केसीसँग वार्ता गर्नेछन्। यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगेर सेती प्रादेशिक अस्पतालमा उपचाररत डा. केसीसँग भेटवार्ता गरिसकेका छन्। वार्ता समितिका अन्य सदस्य पनि धनगढी आउने तयारीमा रहेको जनाइएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीलाई आइतबार दिउँसो सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ…

विस्तृतमा...

धनगढी – चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीविरुद्ध धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाहिर शनिबार विरोध प्रदर्शन गरिएको छ। केही अटो चालकहरूले ‘गो ब्याक केसी’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। यसपटकको डा. केसीको सत्याग्रहप्रति सुदूरपश्चिमका केही स्थानीयवासी तथा गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले असहमति जनाएका छन्। उनीहरूले गेटामा सञ्चालनको तयारीमा रहेको विश्वविद्यालयको प्रक्रिया अवरुद्ध गर्ने उद्देश्यले डा. केसी अनशनमा बसेको आरोप लगाएका छन्। यता, डा. केसीले भने गेटामा ‘माफिया र तिनका मतियारहरूको स्वार्थ पूरा गर्न हतारमा शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय ऐन ल्याइएको’…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १३ जनाको उम्मेदवारी स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै गत असार ३ गते प्रकाशित विज्ञापनअनुसार तोकिएको समयभित्र प्राप्त आवेदनहरूको छानबिनपछि आवश्यक योग्यता र मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत गरिएको जनाएको हो। समितिले स्वीकृत उम्मेदवारहरूको नामावली पनि सार्वजनिक गरेको छ। सूचीमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्धकाजी श्रेष्ठ, गंगाप्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन्। अब समितिले निर्देशिकाअनुसार आगामी छनोट प्रक्रिया अघि बढाउँदै…

विस्तृतमा...

धनगढी – २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पताल लगिएको छ। धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको स्वास्थ्य परीक्षण शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले गरेका थिए। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो। चिकित्सकका अनुसार सुगरको मात्रा अत्यन्त न्यून भएकाले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था देखिएपछि उनलाई अस्पताल सारिएको हो। डा. केसीका सहयोगी अमृत जैशीका अनुसार लगातारको अनशनका कारण उनको स्वास्थ्य झन् कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, बोल्न असहज हुने तथा खुट्टाको शल्यक्रिया गरेका कारण हिँडडुल…

विस्तृतमा...

काठमाडौं – सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस (प्रेस्क्रिप्सन) गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित गर्न औषधि ऐन, २०३५ संशोधन गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले २०८३ जेठ १८ गते गरेको फैसलामा औषधि ऐनमा आवश्यक संशोधन गरी पशु चिकित्सकलाई कानुनबमोजिम पशु औषधि सिफारिस गर्ने अधिकार यथाशीघ्र सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो। यो आदेश नेपाल भेटेरेनरी एसोसिएसनका तत्कालीन अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि आएको हो। रिटमा नेपालका पशु चिकित्सकहरूले लामो समयदेखि पशु उपचार र औषधि सिफारिसको जिम्मेवारी निर्वाह गर्दै आए पनि औषधि ऐनमा स्पष्ट…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसीको आमरण अनशन तत्काल अन्त्य हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्। उनले डा. केसीका जायज मागहरू ढिलाइ नगरी सम्बोधन गर्दै संवादमार्फत समाधान खोज्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कार्कीले डा. केसीलाई आमरण अनशन बस्नुपर्ने अवस्था नै आउन नहुने उल्लेख गरिन्। उनले प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीले डा. केसीसँग प्रत्यक्ष संवाद गरी चिकित्सा शिक्षा सुधारका विषयमा सहकार्य गर्नुपर्ने धारणा राखिन्। उनले विगतमा सरकार र डा. केसीबीच भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको जानकारी दिइन्। “शरीर गलेपछि,…

विस्तृतमा...

धनगढी – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए आफूहरू प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन्। भिडियो सन्देश जारी गर्दै पाण्डेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने मागसहित जारी अनशन तत्काल फिर्ता लिन डा. केसीलाई आग्रह गर्दै माग फिर्ता नलिए सरकार र डा. केसीविरुद्ध नै प्रतिअनशन सुरु गर्ने चेतावनी दिए। पाण्डेले सुदूरपश्चिमका नागरिकको भावना, अधिकार र आकांक्षामाथि प्रहार हुने कुनै पनि गतिविधि स्वीकार नगर्ने उल्लेख…

विस्तृतमा...