तेह्रथुम – जिल्ला अस्पतालमा शल्यक्रियामार्फत प्रसूति (सिजेरियन) सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता छ । म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई आज बिहान प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल ल्याइएको थियो । प्राकृतिक रूपमा प्रसूति हुन नसक्ने अवस्था देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उहाँलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनका श्रीमान् सुरेन श्रेष्ठले बताए । ‘रु १० हजार भाडा तिरेर इभी गाडी रिजर्भ गरी सुत्केरी व्यथा लागेको आफ्नो श्रीमतीलाई करिब…
स्वास्थ्य डायरी
काठमाडौं – भारतले हप्तामा एकपटक मात्र प्रयोग गर्नुपर्ने विश्वकै पहिलो दीर्घकालीन इन्सुलिन सार्वजनिक गरेको छ। मधुमेहका कारण नियमित इन्सुलिन आवश्यक पर्ने बिरामीका लागि यो नयाँ उपचार विधि दैनिक इन्सुलिन लगाउनुपर्ने बाध्यता कम गर्ने विकल्पका रूपमा आएको हो। भारतमा १० करोडभन्दा बढी मानिस मधुमेहबाट प्रभावित रहेको अनुमान छ। तर इन्सुलिन प्रयोग गर्नेको संख्या भने करिब ६ देखि ७ प्रतिशत मात्रै रहेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी दोस्रो प्रकारको मधुमेह भएका धेरै बिरामीमा रोग बढ्दै जाँदा अन्ततः इन्सुलिन आवश्यक पर्न सक्छ। तर इन्सुलिन सुरु गर्नुपर्ने अवस्था आए पनि धेरै बिरामीले लामो समयसम्म उपचार ढिला गर्ने गरेका छन्। भारतमा चिकित्सकले इन्सुलिन प्रयोग गर्न सुझाव…
काठमाडौं – तौल घटाउन प्रयोग गरिने औषधिका कारण हुन सक्ने स्वास्थ्य जोखिमबारे बेलायतमा गम्भीर तथ्यांक सार्वजनिक भएको छ। बेलायतको औषधि तथा स्वास्थ्य सामग्री नियामक निकायसमक्ष तौल घटाउने औषधिको प्रयोगसँग सम्बन्धित हुन सक्ने २ सयभन्दा बढी मृत्युका घटना रिपोर्ट गरिएको छ। यस्तै, ती औषधिको प्रयोगपछि १ लाख ५८ हजारभन्दा बढी प्रतिकूल असरका घटना पनि दर्ता भएका छन्। बेलायतमा औषधिको प्रयोगपछि देखिने सम्भावित प्रतिकूल असरबारे जानकारी संकलन गर्ने ‘यल्लो कार्ड’ प्रणालीमा प्राप्त विवरणअनुसार तिरजेपाटाइड नामक औषधिसँग सम्बन्धित १ लाख ६ हजार १८९ वटा प्रतिकूल असरका रिपोर्ट परेका छन्। यो औषधि ‘मुनजारो’ नामबाट तौल घटाउन तथा मधुमेह नियन्त्रणका लागि प्रयोग गरिन्छ। यससँग सम्बन्धित…
काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले हेड एन्ड नेक क्यान्सरको उपचारमा एक दशकको यात्रा पूरा गरेको छ। सन् २०१६ देखि नेपालमै जटिल हेड एन्ड नेक तथा मुखको क्यान्सरको समयमै र गुणस्तरीय उपचार गर्ने उद्देश्यसहित सुरु गरिएको सेवाले शल्यचिकित्सा, पुनर्निर्माण, अत्याधुनिक पूर्वाधार र बहुविषयगत उपचार प्रणाली विकास गर्दै १० वर्ष पूरा गरेको हो। अस्पतालले आफ्नो एक दशकको सफलताको अवसरमा आयोजित प्रेस मिटमार्फत नेपालमा हेड एन्ड नेक क्यान्सरको अवस्था, उपचारका चुनौती र अस्पतालले विकास गरेको उपचार प्रणालीबारे जानकारी दिएको छ। नेपालमा हेड एन्ड नेक क्यान्सर, विशेषगरी मुखको क्यान्सर, महत्वपूर्ण स्वास्थ्य समस्याका रूपमा रहेको अस्पतालले जनाएको छ। उपलब्ध तथ्यांकअनुसार नेपालमा हरेक वर्ष…
कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पूस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। कुटपिटपछि राति अस्पताल परिसरमा समेत तोडफोड भएको अस्पताल प्रशासनले जनाएको छ। शुक्रबार दिउँसो अस्पताल परिसरमा दुई बालकले भिडियो गेम खेलेर बिरामीलाई असर पारेपछि स्वास्थ्यकर्मीले उनीहरूलाई सम्झाएका थिए। सोही विषयलाई लिएर सुरु भएको विवाद उग्र बन्दा चिकित्सक डा. अलि हैदर राईन, स्टाफ नर्स शान्ता गिरी र सुरक्षा गार्ड गजेन्द्र बममाथि कुटपिट भएको हो। अस्पताल व्यवस्थापक जन्मऋषि न्यौपानेका अनुसार दिउँसोको घटनापछि राति पुनः एक समूह अस्पतालमा प्रवेश गरी तोडफोड गर्नुका साथै अनमी उषा शाही, अहेव विष्णु रोकाया र सुरक्षा गार्ड दर्न दमाईमाथि आक्रमण गरेको थियो। घटनापछि…
काठमाडौं – शिशुका लागि आमाको दूध सबैभन्दा उत्तम र प्राकृतिक आहार हो। आमाको दूधले शिशुको रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै उसको शारीरिक तथा मानसिक वृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ। साथै, स्तनपानले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ। ह्याम्स अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रुक्मा आचार्यका अनुसार आमाको दूधले शिशुलाई विभिन्न संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। विशेषगरी निमोनिया र झाडापखालाबाट शिशुलाई बचाउन स्तनपानले सहयोग गर्छ। जन्मिएपछि आउने बिगौती दूध शिशुका लागि झनै महत्वपूर्ण हुन्छ। यसले शिशुको रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। त्यसैले जन्मिएको एक घण्टाभित्रै शिशुलाई आमाको दूध खुवाउन सुरु गर्नुपर्ने डा. आचार्य बताउँछिन्। उनका अनुसार शिशुलाई जन्मिएको पहिलो ६ महिनासम्म आमाको दूध…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागले चितवनको ओम मेघाश्री फर्मास्युटिकल्स लिमिटेडलाई औषधि उत्पादनमा कुशल अभ्याससम्बन्धी प्रमाणपत्र प्रदान गरेको छ। विभागले कम्पनीले औषधि उत्पादनमा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादनसम्बन्धी असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड पालना गरेको निरीक्षण तथा मूल्यांकनपछि प्रमाणपत्र प्रदान गरेको जनाएको छ। विभागबाट जारी प्रमाणपत्रमा कम्पनीको ठेगाना चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडी उल्लेख गरिएको छ।
काठमाडौं – धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि बहिरङ्ग सेवा (ओपीडी) मार्फत स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट परिमार्जित स्वास्थ्य बीमा थैली, आर्थिक सहजता तथा भुक्तानी सुनिश्चित हुने आश्वासन प्राप्त भएपछि सेवा पुनः सञ्चालन गर्न लागिएको जनाएको छ। अस्पतालका अनुसार स्वास्थ्य बीमा सेवा हालका लागि ओपीडी सेवामा मात्रै उपलब्ध हुनेछ। नेपाल सरकारका कार्यालय बन्द हुने दिन, आइतबार तथा सार्वजनिक बिदाका दिन भने स्वास्थ्य बीमा सेवा सञ्चालन हुने छैन। स्वास्थ्य बीमा सेवा लिन आउने सेवाग्राहीले यसअघि प्रथम सेवा विन्दुबाट जारी गरिएको रिफरल पुर्जी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अस्पतालले…
काठमाडौं – ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो। सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन जाने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालले उपलब्ध गराउने विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत पाउनेछन्। यस सहकार्यबाट आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नगरवासीलाई राहत पुग्नुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा लिन सहज…
काठमाडौं – नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त भएका छन्। नियुक्तिपछि डा.थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

