

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागले चितवनको ओम मेघाश्री फर्मास्युटिकल्स लिमिटेडलाई औषधि उत्पादनमा कुशल अभ्याससम्बन्धी प्रमाणपत्र प्रदान गरेको छ।
विभागले कम्पनीले औषधि उत्पादनमा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादनसम्बन्धी असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड पालना गरेको निरीक्षण तथा मूल्यांकनपछि प्रमाणपत्र प्रदान गरेको जनाएको छ। विभागबाट जारी प्रमाणपत्रमा कम्पनीको ठेगाना चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडी उल्लेख गरिएको छ।




