स्वास्थ्य डायरी

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार छनोट प्रक्रिया अन्तर्वार्ताको चरणमा पुगेसँगै योग्यतासम्बन्धी मापदण्डलाई लिएर विवाद चर्किएको छ। छनोट प्रक्रियामा सहभागी केही अधिकारी तथा काउन्सिलका सदस्यले सुरुआतमा खुला गरिएको प्रतिस्पर्धाको दायरा अन्तिम चरणमा फेरि साँघुरो बनाउन खोजिएको आरोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि रजिस्ट्रार पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर गरेपछि थप १० वर्षको अनुभव आवश्यक पर्ने व्यवस्था गरेको थियो। उक्त प्रावधानका कारण ठूलो संख्यामा युवा चिकित्सक प्रतिस्पर्धाबाट बाहिरिने भन्दै विरोध भएको थियो। पछि मन्त्रालयको नीति तथा योजना शाखाले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको मितिदेखि कम्तीमा १० वर्षको अनुभव र स्नातकोत्तर डिग्री भए आवेदन दिन सकिने स्पष्ट पारेको थियो। त्यसपछि पहिले आवेदन दिनबाट…

विस्तृतमा...

महेन्द्रनगर- मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलिसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालमा डायलिसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ । महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा अर्जुन भट्टले बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउन प्रयास भइरहेको जानकारी दिए । “१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलिसिस सेवा दिनुपर्ने अवस्था छ”, डा भट्टले भने, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ ।” उनका अनुसार दैनिक २० देखि…

विस्तृतमा...

काठमाडौँ – मनसुन सक्रिय भएसँगै भाइरल ज्वरो, मौसमी रुघाखोकी, डेंगु तथा झाडापखालाका बिरामी बढ्न थालेका छन्। ज्वरो आउने, घाँटी तथा टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकी लाग्नेजस्ता समस्या लिएर अस्पताल पुग्नेको सङ्ख्या पछिल्ला दिनमा बढेको हो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई सातामा मात्रै ज्वरो आएर इमरजेन्सीमा पुग्ने बिरामीको सङ्ख्या करिब ८० पुगेको अस्पतालले जनाएको छ। पछिल्लो एक सातामा मात्रै ४६ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि पुगेका थिए। अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि एक हजार छ सयसम्म बिरामीले सेवा लिने गरेका छन्। मनसुनसँगै मौसमी रुघाखोकी, भाइरल ज्वरो र डेंगुका साथै दूषित खाना तथा पानीका कारण हुने…

विस्तृतमा...

जेनेभा – युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो विशेषज्ञता र अनुभव नेपालको स्वास्थ्य प्रणालीसँग जोड्न सकिने विषयमा छलफल गरेका छन्। स्विट्जरल्यान्डको जेनेभामा साउन २२ देखि २४ गतेसम्म आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने विषयमा विभिन्न योजना र अवधारणामाथि छलफल भएको हो। तीनदिने सम्मेलनमा स्वास्थ्य क्षेत्रमा विकसित नयाँ प्रविधि, क्लिनिकल अभ्यास, अनुसन्धान तथा समसामयिक चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार चारवटा क्लिनिकल, वैज्ञानिक तथा प्रविधिमूलक कार्यपत्र र नेपालसँग सम्बन्धित तीनवटा रिपोर्ट प्रस्तुत गरिएका थिए। सम्मेलनको उद्घाटन गर्दै स्विट्जरल्यान्डका लागि नेपाली राजदूत…

विस्तृतमा...

कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा थप ५ सय शय्या विस्तार गरिने भएको छ। नेपाली सेनाको जिम्मेवारीमा रहेको धनगढीस्थित होल्डिङ सेन्टरका शय्या गेटामा सारेर अस्पतालको क्षमता बढाउन लागिएको हो। हाल ५० शय्याको अनुमति लिएर सञ्चालनमा रहेको शिक्षण अस्पतालमा यसअघि ३ सय शय्या रहेको बताइएको छ। होल्डिङ सेन्टरबाट थप ५ सय शय्या ल्याइएपछि अस्पतालको कुल क्षमता ६ सय शय्या पुग्नेछ। होल्डिङ सेन्टरबाट शय्या गेटा सार्ने काम मंगलबारदेखि सुरु भएको छ। धनगढी उपमहानगरपालिकाले शय्या ढुवानीका लागि टिप्पर उपलब्ध गराएपछि स्थानान्तरणको काम सुरु गरिएको विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीले बताए। उनका अनुसार गेटामा ३ सय शय्याको शिक्षण अस्पताल सञ्चालन…

विस्तृतमा...

कैलाली- कैलालीका तीन निजी अस्पतालले स्वास्थ्यसम्बन्धी कानुनी मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको पाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अत्तरिया हस्पिटलले स्वीकृतिबिनै क्याथ ल्याब सञ्चालन गरेको, पद्यमा अस्पतालले इजाजत नलिई प्रयोगशाला सञ्चालन गरेको र दोगडा सामुदायिक अस्पतालले इजाजतपत्र नवीकरण नगरी सेवा दिइरहेको पाइएको हो। स्वास्थ्य कार्यालय कैलालीका अनुसार १०० शय्यामा सञ्चालन भइरहेको अत्तरिया हस्पिटलले जनरल अस्पतालका रूपमा सञ्चालन अनुमति लिएको छ। तर, अस्पतालले कार्डियाक क्याथेटराइजेसन अर्थात् क्याथ ल्याब सेवा सञ्चालन गरिरहेको पाइएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची–७ अनुसार क्याथ ल्याब सञ्चालनका लागि १०० शय्याको विशेषज्ञ अस्पताल हुनुपर्ने व्यवस्था छ। जनरल अस्पतालको अनुमति लिएर विशेषज्ञ अस्पतालले मात्र…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरको पारिश्रमिकमा सरकारी र निजी मेडिकल कलेजबीच रहेको ठूलो अन्तर हटाउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले देशबाट चिकित्सक पलायन भइरहेको अवस्थामा उनीहरूलाई स्वदेशमै टिकाउन सरकारले उचित वातावरण बनाउनुपर्ने बताइन्। उनले इन्टर्न डाक्टरको समस्या सरकारी र निजी भनेर विभाजन गर्न नहुने धारणा राखिन्। उनका अनुसार एमबीबीएस अध्ययन पूरा गर्न विद्यार्थीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ। तर, इन्टर्न डाक्टरले निजी मेडिकल कलेजमा औसत १० हजार रुपैयाँ र सरकारी मेडिकल कलेजमा करिब २४ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्। ‘निजी र सरकारी मेडिकल कलेजका लागि एउटै मापदण्ड बनाउन त्यति व्यावहारिक नहोला, तर…

विस्तृतमा...

काठमाडौं- शिशुका लागि आमाको दूध सबैभन्दा उत्तम र प्राकृतिक आहार हो। आमाको दूधले शिशुको रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ। स्तनपानले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्। विश्व स्तनपान सप्ताहको अवसरमा बीएण्डबी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी स्तनपानको महत्वबारे सचेतना फैलाएको छ। यसै अवसरमा बीएण्डबी हस्पिटलमा कार्यरत परामर्शदाता तथा बालरोग विशेषज्ञ डा. अन्वेष भट्ट र सिनियर परामर्शदाता तथा बालरोग विशेषज्ञ डा. संगीता शाक्यसँग स्तनपानको महत्व, आमाको दूधको उपयोगिता र स्तनपान गराउँदा देखिने समस्याबारे कुराकानी गरिएको छ। डा. अन्वेष भट्टका अनुसार सुत्केरी भएपछि पहिलो तीन दिनसम्म आमाको दूध थोरै मात्रामा आउन सक्छ। तर त्यो…

विस्तृतमा...

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने खोपको संख्या घटाउन तथा दादुरा, गलफफ (मम्प्स) र रुबेला (एमएमआर) विरुद्ध दिइने संयुक्त खोपलाई छुट्टाछुट्टै लगाउन सिफारिस गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्प प्रशासनले हाल अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले सिफारिस गरेको १८ वटा बाल्यकालीन खोपलाई घटाएर ११ वटा मुख्य खोपमा सीमित गर्ने प्रस्ताव गरेको छ। राष्ट्रपति ट्रम्पले बालबालिकालाई गम्भीर तथा जोखिमपूर्ण रोगबाट जोगाउने ११ वटा मुख्य खोपलाई मात्र प्राथमिकता दिने बताएका छन्। प्रस्तावित सूचीमा दादुरा, मम्प्स, रुबेला, डिप्थेरिया, टिटानस, कुकुरे खोकी (पर्टुसिस), पोलियो, हेमोफिलस इन्फ्लुएन्जा टाइप बी, न्युमोकोकल रोग, ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) र चिकेनपक्सविरुद्धका खोप छन्। ट्रम्पले संयुक्त एमएमआर…

विस्तृतमा...

धनकुटा – धनकुटामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टिरेबिज खोपको अभाव भएको छ। जिल्ला अस्पतालमा विगत ६ महिनादेखि आवश्यकता अनुसार खोप उपलब्ध हुन नसक्दा जनावरले टोकेका सर्वसाधारण निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन्। जिल्ला अस्पताल धनकुटाका लागि मासिक दुई सय डोज खोपको कोटा निर्धारण गरिएको भए पनि पछिल्लो ६ महिनादेखि ३० देखि ४० डोज मात्रै उपलब्ध हुँदै आएको अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिए। उनका अनुसार नियमित आपूर्ति नहुँदा अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई पर्याप्त खोप उपलब्ध गराउन समस्या भइरहेको छ। कुकुर, बिरालो, मुसा, सुँगुरलगायतका जनावरले टोकेपछि रेबिजबाट जोगिन एन्टिरेबिज खोप लगाउनुपर्ने हुन्छ। सरकारी…

विस्तृतमा...