धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गत ओपिडी सेवा, अभिलेखीकरण र दाबी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ। स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ को पहिलो संशोधन, २०८१ अनुसार सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले प्रतिष्ठानले साउन २५ गते सूचना जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य बीमाअन्तर्गत ओपिडी टिकट तोकिएको कार्यालय समयभित्र मात्रै दर्ता गर्न सकिनेछ। एकपटक दर्ता गरिएको ओपिडी टिकट सात दिनसम्म मान्य हुनेछ। उक्त अवधिभित्र सोही विभागमा फलोअप सेवा लिन पुनः ओपिडी दर्ता गर्नुपर्ने छैन। चिकित्सकले अर्को विभागमा सिफारिस गरेमा वा सात दिनको म्याद सकिएपछि थप…
स्वास्थ्य डायरी
बैतडी – नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा लिनु आफैंमा चुनौतीपूर्ण छ। त्यसमाथि यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विषयमा खुलेर कुरा गर्न अझै पनि धेरै महिला तथा पुरुष हिच्किचाउने गर्छन्। महिनावारी, गर्भावस्था, परिवार नियोजन तथा यौन स्वास्थ्यसम्बन्धी समस्या भए पनि लाज र संकोचका कारण कतिपयले समस्या लुकाएरै बस्ने गरेका छन्। तर बैतडीको मेलौली नगरपालिका–१ जर्कुस्थित नगर स्वास्थ्य क्लिनिकमा कार्यरत नर्स गरिमा दयालले स्वास्थ्य सेवा र सामाजिक सञ्जाललाई जोडेर यो अवस्था विस्तारै बदल्दै लगेकी छन्। चार वर्षअघि मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाउन थालेकी गरिमाले अहिले सामाजिक सञ्जाललाई स्वास्थ्य शिक्षा र जनचेतनाको माध्यम बनाएकी छन्। आफ्नै आवाजमा महिला स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य,…
काठमाडौं – निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूले पीजीमा अध्ययनरत रेजिडेन्ट चिकित्सक तथा एमबीबीएस र बीडीएस इन्टर्नका लागि बढाइएको निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका छन्। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सोमबार सबै निजी मेडिकल तथा डेन्टल कलेजलाई पत्राचार गर्दै अर्को निर्णय नभएसम्म पीजी निर्वाह भत्ता तथा इन्टर्न विद्यार्थीका लागि सिर्जना भएका थप आर्थिक दायित्व उपलब्ध वा भुक्तानी नगर्न निर्देशन दिएको हो। एसोसिएसनका अनुसार पीजी रेजिडेन्ट चिकित्सकको बढाइएको निर्वाह भत्ता तथा एमबीबीएस र बीडीएस इन्टर्न विद्यार्थीका लागि सिर्जना भएको थप आर्थिक दायित्व अहिलेको अवस्थामा निजी मेडिकल तथा डेन्टल कलेजहरूले धान्न सक्ने अवस्था छैन। निजी मेडिकल कलेजहरूले…
धनुषा – धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर सोही स्थानमा निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनअन्तर्गत सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्गमा चक्काजाम गरेका हुन्। उनीहरूले ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए। गत शुक्रबार संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। स्वास्थ्य मन्त्री निशा मेहताले सदनमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा विरोध चर्किएको हो। संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार…
काठमाडौं – जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट पछिल्लो एक महिनामै नेपालमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। संक्रमणका कारण थप ३७ जना अस्पतालमा उपचाररत छन्। पछिल्ला केही सातामा कोशी प्रदेशमा ६, मधेशमा दुई र लुम्बिनी प्रदेशमा एक जनाको जेई संक्रमणबाट मृत्यु भएको हो। जेईको उच्च जोखिमको मौसम अझै सुरु हुन बाँकी रहेकाले आगामी दिनमा संक्रमण र मृत्युदर थप बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार वर्षायाममा जेई संक्रमण बढ्ने भएकाले अहिले विशेष सावधानी आवश्यक छ। ‘पानी परिरहेकाले आउने दिनमा जेई संक्रमण अझ बढ्न सक्छ,’ उनले भने, ‘लामखुट्टेको टोकाइबाट बच्ने…
जेनेभा- नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपको दोस्रो स्वास्थ्य सम्मेलनमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा उनलाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरेका थिए। युरोपमा नेपाली स्वास्थ्यकर्मीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि र मानसिक स्वास्थ्य तथा मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धानलाई मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले बताए। यो सम्मान…
धनुषा- धनुषाको ढल्केबरमा स्थापना गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्। निर्णयको विरोधमा ढल्केबर बजारमा आइतबार साँझ मशाल जुलुस निकालिएको छ। ‘ट्रमा सेन्टर संरक्षण संघर्ष समिति’को आह्वानमा निकालिएको जुलुसमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो। प्रदर्शनकारीले ढल्केबर बजार परिक्रमा गर्दै ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए। उनीहरूले सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध नाराबाजी गर्दै ट्रमा सेन्टर ढल्केबरमै सञ्चालन गर्नुपर्ने बताएका छन्। स्थानीयको आवश्यकता र लामो समयदेखिको पहललाई बेवास्ता गर्दै मन्त्रालयले ट्रमा सेन्टर सार्ने निर्णय गरेको भन्दै आन्दोलनकारीले असन्तुष्टि जनाएका छन्। प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको…
धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीया समानी चौधरीको मिर्गौलामा पत्थरी थियो। सामान्यतया जटिल नमानिने पत्थरीको शल्यक्रियाका लागि उनी धनगढीस्थित केजी हस्पिटल पुगेकी थिइन्। तर शल्यक्रियापछि केही घण्टामै उनको मृत्यु भयो। बिहीबार अस्पताल भर्ना भएकी चौधरीको शल्यक्रियापछि मृत्यु भएपछि आफन्तले चिकित्सक तथा अस्पतालको उपचार प्रक्रियामाथि प्रश्न उठाउँदै विरोध गरे। अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै विरोध चर्किएपछि अस्पताल र मृतकका आफन्तबीच आर्थिक लेनदेनमा सहमति भएको स्रोतको दाबी छ। स्रोतका अनुसार मृतकका छोरा सुनिल चौधरीलाई २ लाख रुपैयाँ नगद र थप २० लाख रुपैयाँका चारवटा चेक दिइएको थियो। यसरी कुल २२ लाख रुपैयाँ दिएर घटना सामसुम पारिएको स्रोतले जनाएको छ। चौधरीको…
काठमाडौं- १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा आरोप लागेकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आईभीएफ चिकित्सक डा. नुतन शर्मासँग प्रहरीले बयान लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शर्मासँग गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा घटनासम्बन्धी बयान लिइएको हो। उनी त्यसअघि प्रहरी परिसरमा उपस्थित भएकी थिइन् र त्यसपछि सरकारी वकिलको कार्यालय लगिएको थियो। बयानका क्रममा डा. शर्माले आफूले कानुनविपरीत कुनै काम नगरेको दाबी गरेकी छन्। घटनासँग सम्बन्धित सबै प्रक्रिया सम्बन्धित व्यक्तिको मञ्जुरीपछि मात्रै भएको उनको भनाइ रहेको प्रहरीले जनाएको छ। बयान सकिएपछि सरकारी वकिल कार्यालयको निर्देशनमा उनलाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन्।…
काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ । नेपालमा अन्धोपन निवारणमा पाँच दशकसम्म योगदान गरेवापत सङ्घलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । आगामी असोजमा उक्त पुरस्कार प्रदान गरिने ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाको आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरेको छ । डब्लुएचओका अनुसार नेपालमा अन्धोपन सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ मा त्यो…

