नारायणगढ – चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो । त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । यससँगै यो…
स्वास्थ्य डायरी
लखनउ – भारतको उत्तर प्रदेशमा नक्कली तथा शंकास्पद औषधिको कारोबारविरुद्ध गरिएको कारबाहीका क्रममा ठूलो नेटवर्क फेला परेको छ। उत्तर प्रदेश खाद्य सुरक्षा तथा औषधि प्रशासन (एफएसडीए) ले लखनउको अमीनाबादमा छापा तथा अनुसन्धानका क्रममा वास्तविक औषधि आपूर्ति नगरी नक्कली बिलिङ, क्रस–बिलिङ र कागजी कारोबारमार्फत औषधि बजारमा पुर्याउने गरेको पत्ता लगाएको हो। घटनामा चार जनाविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न धाराअनुसार अमीनाबाद प्रहरी थानामा मुद्दा दर्ता गरिएको छ। मुद्दामा हेल्थ प्लसका सञ्चालक अंकुर अवस्थी, एमके फार्माका सञ्चालक मनीष बाजपेयी, राम फार्माका सञ्चालक गोविन्द शुक्ला र सहारनपुरस्थित प्यासन्ट केयर सर्जिकल हाउसका सञ्चालक ऐजाज अहमदलाई आरोपी बनाइएको छ। विभागका अनुसार यी फर्मबीच वास्तविक…
भद्रपुर- जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन्। स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेको जानकारी दिए। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्छ। सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिन्छन्। सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र…
काठमाडाैं- आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्। उनलाई बिहीबार आयुर्वेद चिकित्सा परिषदको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष ठाकुरले आजै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्
काठमाडौं – वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपतिको सिफारिसमा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा. नेपाललाई वीरको निर्देशकमा नियुक्त गरेकी हुन् । डा. नेपाल ग्यास्ट्रोसर्जन हुन् । यस्तै, वीरको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसीलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ – स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध हुने औषधिको सूची स्वास्थ्य बीमा बोर्डले परिमार्जन गरेको छ। नयाँ ‘सुविधा थैली’ लागू भएसँगै बीमितले बीमा योजनाअन्तर्गत पाउने औषधिको सङ्ख्या १ हजार २८९ बाट घटेर १ हजार १०२ प्रकारमा सीमित भएको छ। बोर्डले नयाँ सूची तयार गर्दा १८७ प्रकारका औषधि हटाएको जनाएको छ। समान उपचारमा प्रयोग हुने एउटै प्रकृतिका औषधिको दोहोरोपन हटाउने, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधीलाई बीमा सूचीबाट अलग गर्ने तथा नेपालमा प्रयोगमा नरहेका औषधी हटाउने उद्देश्यले सूची पुनरवलोकन गरिएको हो। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै प्रयोजनका समान प्रकृतिका औषधि बीमा सूचीमा धेरै हुँदा दोहोरोपन देखिएको…
काठमाडाैँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौँदेखिको वैज्ञानिक प्रमाणविपरीत रहेको जनाएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिएका थिए । उनले दादुरा, मम्प्स र रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई तीन छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याएका थिए। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका छन् । वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजमबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने…
कञ्चनपुर – कञ्चनपुरमा अनुमति नलिई बिरामीको उपचार तथा औषधी बिक्री गर्दै आएको आरोपमा एक महिला पक्राउ परेकी छन्। दोधारा चाँदनी नगरपालिका–१ खैराडी टोलकी ४० वर्षीया गीता सेठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लामो समयदेखि अनुमति नलिई उपचार गर्ने र औषधी बिक्री गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो सेठीको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरमा राखिएका विभिन्न प्रकारका औषधी तथा उपचारमा प्रयोग हुने उपकरण बरामद गरिएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतले जानकारी…
कैलाली- प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो । भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए । पुँजीगत खर्च मात्रै रु पाँच लाख भएको चिकित्सालयले न समयमै शौचालय मर्मत गर्न सक्यो, न त जडान भइसकेको लिफ्ट सञ्चालनमा ल्याएर बिरामीलाई सेवा दिन । आफ्ना अन्य चिकित्सा सेवामा खर्च कटौती गरेर एक वर्षपछि अस्पताल व्यवस्थापनले आन्तरिक स्रोतबाट शौचालयको समस्या त समाधान गर्यो तर लिफ्ट अझै सञ्चालनमा आउन सकेको छैन । “यसरी अस्पतालमा बिरामीको सहजताका लागि बनाइएका पूर्वाधार छन् तर तिनको उपयोग गर्न आर्थिक अभाव छ । प्रदेश सरकारले छुट्याएको रु…
न्युयोर्क – डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला सङ्क्रमण नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गम्भीर चेतावनी दिएको छ। डब्ल्यूएचओका अनुसार हालको अवस्था नियन्त्रणमा नआए कङ्गोमा देखिएको यो प्रकोप सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीभन्दा समेत घातक बन्न सक्ने जोखिम छ। उक्त महामारीमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। मे १५ मा औपचारिक रूपमा प्रकोप घोषणा गरिए पनि सङ्क्रमण त्यसअघि नै फैलिन सुरु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। हालसम्म ४ हजार ३ सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ। डब्ल्यूएचओले आगामी तीन महिनाभित्र सङ्क्रमणको गति घटाउने…

