स्वास्थ्य डायरी

हुम्ला– जाजरकोटको नलगाड नगरपालिकामा एउटै परिवारका तीन जनाले विषालु च्याउ खाएपछि बिरामी परेका छन्। नलगाड–४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षका छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह विषालु च्याउ खाँदा बिरामी भएका हुन्। सलघारी जंगलबाट टिपेर ल्याइएको विषालु च्याउ खाएको छिमेकी नवराज शर्माले जानकारी दिएका छन्। उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताए। बर्खाको समयमा च्याउ नखान चिकित्सकहरूले विशेष सुझाव दिएका छन्।

विस्तृतमा...

काठमाडाैं- शिशु र बालबालिकाका लागि मानक मलेरिया खोपको रूपमा पहिलो पटक औलो खोप अनुमोदन भएको छ। यो खोप केही हप्ताभित्र अफ्रिकी देशहरूमा प्रयोगमा ल्याइने सम्भावना रहेको बीबीसीले जनाएको छ। स्वीस अधिकारीहरूले यसलाई अनुमोदन गरेका हुन्। अहिलेसम्म साना बालबालिका र शिशुहरूलाई ठूला बालबालिकाका लागि बनाइएका खोपहरू प्रयोग गरिदै आएका थिए, जसका कारण खोपको बढी मात्राले साना बालबालिकाको कलेजोमा समस्या आउने जोखिम थियो। यो नयाँ खोप गैरनाफामुखी आधारमा ठूलो मात्रामा विभिन्न देशहरूलाई वितरण गरिने खबरमा उल्लेख छ। खोपलाई औषधि कम्पनी नोभार्टिसले विकास गरेको हो। अफ्रिकामा हरेक वर्ष पाँच वर्ष मुनिका ६ लाखभन्दा बढी बालबालिका मलेरियाबाट ज्यान गुमाउने गरेका छन्।

विस्तृतमा...

काठमाडाैं- सरकारले द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्पमा घाइते भएका व्यक्तिहरूको उपचार खर्च अब बेहोर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा मधेस–तराई आन्दोलनका घाइते, द्वन्द्वपीडित र भूकम्पका घाइतेहरूको औषधि उपचार खर्च अस्पताललाई सोधभर्ना गर्ने कार्यविधि स्वीकृत गरेका छन्। यस कार्यविधिमा घाइतेहरूको उपचारसँगै अङ्ग प्रत्यारोपण र आवश्यक सहयोग सामग्रीको व्यवस्था पनि गरिने उल्लेख छ। साथै, अंगभंग भएकाहरूलाई कृत्रिम अङ्ग पनि प्रदान गर्न पाइने व्यवस्था गरिएको छ। घाइतेहरूको स्वास्थ्य उपचार देशभरका सरकारी र सामुदायिक अस्पतालहरूमा गरिनेछ। अघिल्लो समयमा घाइतेहरूले स्वास्थ्य उपचारमा बजेटको अभावले समस्या भोग्दै आएका थिए भने आगामी आर्थिक वर्षका लागि उनीहरूको उपचारका लागि छुट्टै बजेट विनियोजन…

विस्तृतमा...

चितवन– भरतपुर कारागारमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखा परेको छ। कारागारभित्र रहेका २२ जनामा समस्या देखिएपछि उनीहरूलाई उपचार सुरु गरिएको छ। कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार, रुघा ज्वरोका कारण सङ्क्रमण फैलिन नदिन २२ जनालाई अलग राखेर उपचार गरिएको हो। मौसम परिवर्तन र वर्षात्का कारण यो समस्या देखिएको बताए। सङ्क्रमित बिरामी, क्षयरोगी लगायत अन्य स्वास्थ्य समस्या भएका कैदीबन्दीलाई पनि छुट्टै राखेर उपचार गरिने गरेको ढुङ्गानाले बताए। कारागारमा रोग फैलन नदिन उच्च सतर्कता अपनाइएको छ र कैदीबन्दीलाई सरसफाइ र खानपानमा विशेष ध्यान दिन अनुरोध गरिएको छ। कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण र मौसम परिवर्तनसँगै महामारी फैलन…

विस्तृतमा...

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध मानिसहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्। मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धता अनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख रुपैयाँ उपचार सहायता दुई लाख रुपैयाँसम्म पाउने जानकारी दिएका छन्। ‘कडा रोग लागेर उपचारका लागि खर्च जुटाउन समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने उद्देश्यले साउन १ गतेदेखि आठ प्रकारका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाख रुपैयाँसम्म उपचार सुविधा पाउने व्यवस्था गरेका छौं,’ उनले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्ज्युरी, स्पाइनल इन्ज्युरी, सिकलसेल एनिमिया, पार्किन्सनिजम र अल्जाइमरका बिरामीहरूले यो सुविधा…

विस्तृतमा...

भक्तपुर- बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । उनका अनुसार मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा मेसिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरेको मन्त्री थापाले जानकारी दिए । डायलासिस मेसिन…

विस्तृतमा...

काठमाडौँ- नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधनको माग गर्दै आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्। संघले सोमबारदेखि सुरु गरेको आन्दोलनमा सरकारी, निजी अस्पताल र क्लिनिकहरू समेत सहभागी छन्। संघका अध्यक्ष अनिल विक्रम कार्कीले आज माइतीघर मण्डलामा भएको प्रदर्शनमा बोल्दै आफ्नो पेशालाई धमिल्याउने प्रयास भएको आरोप लगाए। उनले भने- “हामी इच्छाले आएका हैनौं, यो हाम्रो बाध्यता हो। केही सिमित उपभोक्ताकर्मीका नाममा हाम्रो यो पवित्र पेशालाई धमिल्याउने काम भइरहेको छ। हामीले रातदिन कसैलाई माछौं भनेर होइन, बचाउँछौं भनेर पढेका हौं। हामीले पढेका किताबमा त्रुटि हुनसक्छ, साइड इफेक्ट हुनसक्छ, र कहिलेकाहीँ थाहा नभएका…

विस्तृतमा...

काठमाडाैं- उपभोक्ता अदालतको फैसलाविरुद्ध आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघविरुद्ध उजुरी परेको छ। बारम्बार हड्ताल गरेर आम नागरिकलाई दुःख दिएको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले संघमाथि कानुनी कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा छुट्टाछुट्टै उजुरी दिएका हुन्। उनका अनुसार चिकित्सक संघले स्वास्थ्य सेवा बन्द गरेर संविधान, राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारका प्रावधान उल्लङ्घन गरेको छ। उजुरीमा उल्लेख अनुसार संघको आन्दोलनले संविधानको धारा १६ र ३५, राष्ट्रिय मानव अधिकार ऐन २०६८, जनस्वास्थ्य सेवा ऐन २०७५, नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत काम गरेको छ। सिलवालका…

विस्तृतमा...

काठमाडौँ- नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्। सङ्घले सोमबार आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको थियो। आन्दोलनमा सरकारी, निजी अस्पताल र क्लिनिकहरूले समेत ऐक्यबद्धता जनाएका छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ मा संशोधन हुनुपर्ने माग गर्दै सङ्घले देशभरका अस्पतालमा उपचार सेवा बहिष्कार गरेको हो। उपभोक्ता अदालतले पछिल्ला दिनमा चिकित्सकीय लापरबाहीका मुद्दामा अस्पताललाई क्षतिपूर्ति भराउने फैसला गरेपछि सङ्घले त्यसप्रति आपत्ति जनाउँदै आन्दोलन थालेको हो। चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीका अनुसार ऐनको दफा २ मा स्वास्थ्य सेवालाई अन्य सेवासँग एउटै तहमा राखिएको छ, जसले चिकित्सा अभ्यासमा…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक तथा परम्परागत औषधी उत्पादनलाई निर्यातयोग्य बनाउन ‘औषधी उत्पादन कुशल अभ्यास दोस्रो संहिता’ (जिएमपी दोस्रो संहिता) स्वीकृत गरेका छन्। हालसम्म नेपालमा आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीअन्तर्गत उत्पादन हुने औषधीमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त जिएमपी प्रमाणपत्र दिने व्यवस्था थिएन, जसले निर्यातमा अवरोध ल्याएको थियो। नयाँ संहिताअनुसार उत्पादकहरूले उत्पादन प्रक्रिया, भण्डारण, प्रविधि लगायतका विषयमा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ। यो मापदण्ड पुरा गरेपछि औषधी व्यवस्था विभागबाट जिएमपी प्रमाणपत्र प्राप्त गर्न सकिनेछ। स्वीकृत संहिताले नेपाली आयुर्वेद, होमियोप्याथीलगायत परम्परागत औषधी उत्पादकहरूलाई आफ्ना औषधी वैधानिक रूपमा निर्यात गर्न मार्ग खुलेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी…

विस्तृतमा...