स्वास्थ्य डायरी

चितवन- चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ। स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ। अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ। उनले भने, ‘बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ। अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ।’ यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत…

विस्तृतमा...

काठमाडौँ- त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रिन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे । त्यस अवसरमा उनले शिक्षण अस्पतालको यस पहलले स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि थप योगदान गर्ने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले भने, ‘थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुनेछ । आगामी दिनमा सेवा विस्तार र अस्पतालको आधुनिकीकरण प्रयासमा मन्त्रालयको सहयोग रहनेछ ।’ अस्पतालका निर्देशक प्राडा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताएका छन् । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका निम्ति विदेश जानुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसानुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उनको भनाइ छ । मन्त्री पौडेलले यसअघि त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए । डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका निम्ति आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मिहिनेतपछि सफलता प्राप्त भएको…

विस्तृतमा...

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे। यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो । उनले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताए। मन्त्री थापाले भने, ‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर…

विस्तृतमा...

काठमाडौँ- पत्रकारिताका माध्यमबाट रक्तदान कार्यक्रम तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले नेपाली हेल्थ डटकमका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले सम्पादक न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । स्वयंसेवी रक्तदान अभियानमा क्रियाशील रक्तदान गर्ने संघसंस्थाहरुको छाता संगठन ब्लोदानले विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा विभिन्न जनचेतना एवं उत्प्रेरणामुलक कार्यक्रम समेत गर्दै आईरहेको छ । न्यौपानेलाई सम्मान गर्नु अघि बोल्दै एसोसिएसनका अध्यक्ष श्रेष्ठले रगतको अभावमा कुनै पनि बिरामीको अकाल मृत्यु नहोस भन्ने उदेश्यका साथ स्थापित संस्थाले रक्तदान तथा स्वास्थ्य अभियानमा क्रियाशील विभिन्न क्षेत्रसंग…

विस्तृतमा...

टक्सार– जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै शुक्रबार एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो । त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । उनले भने, ‘पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौँ । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।’ भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो । नगरपालिकाको वडा नं ७…

विस्तृतमा...

कञ्चनपुर – महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ। पहिले रिफर सेन्टरको रूपमा परिचित यो अस्पतालले हाल मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोगजस्ता विभागहरूमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टका अनुसार, छात्रवृत्ति करारमार्फत थपिएका विशेषज्ञ चिकित्सकहरूले सेवाग्राहीलाई थप सहज सेवा दिने व्यवस्था गरिएको छ। “एकै विभागमा दुई वा तीन जना विशेषज्ञ हुँदा कसैले बिदा लिँदा पनि सेवा बन्द हुँदैन,” भट्टले बताए। पहिले एउटा विभागमा केवल एक जनामात्रै विशेषज्ञ हुँदा सेवा असुविधा हुन्थ्यो। अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले विशेषज्ञ सेवा विस्तार भएपछि…

विस्तृतमा...

काठमाडौं- प्रतिनिधि सभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले ‘आयोडिनयुक्त नुन उत्पादन तथा वितरण ऐन, २०५५’ परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले ऐन समयसापेक्ष नभएको, अस्पष्ट व्यवस्था रहेको र हालको अवस्था अनुसार कार्यान्वयन गर्न कठिन भएको जनाएको छ। समिति सभापति अब्दुल खानले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा समस्या नहुने भए पनि निजी क्षेत्रलाई आपूर्तिको व्यवस्था गर्दा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर र दुर्गम क्षेत्रमा पर्ने प्रभावबारे व्यापक अध्ययन आवश्यक रहेको बताए। समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ऐन यथाशीघ्र संशोधन गरी स्पष्ट व्यवस्था ल्याउन निर्देशन दिएको छ। अहिलेसम्म…

विस्तृतमा...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा जनसंख्या वृद्धिदर घट्दै गएको, तर युवा जनसांख्यिकीय लाभांशको सदुपयोग गर्न नसकिएको अवस्थामा सरकारले जनसंख्याका चुनौती सम्बोधन गर्न प्रयास थालेको बताएका छन्। विश्व जनसंख्या दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पौडेलले हालै नेपाल सरकारले राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत गरेको जानकारी दिए। “नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौती समाधान गर्न यो नीति मार्गदर्शन बन्नेछ,” मन्त्री पौडेलले भने, “तीनै तहका सरकारमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन हुने मेरो विश्वास छ।” उनले वर्तमान जनसंख्या संरचना, वितरण र त्यसबाट उत्पन्न अवसर र चुनौतीलाई व्यवस्थित गर्न प्रभावकारी कार्यक्रम आवश्यक रहेको औंल्याए। ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै गएको सन्दर्भमा मन्त्री…

विस्तृतमा...

रुकुम पूर्व – रुकुम पूर्व अस्पतालमा फोन गर्दा नउठ्ने समस्या दीर्घकालीन बनेपछि नेपाल पत्रकार महासङ्घ रुकुम पूर्व शाखाले अस्पताललाई मोबाइल फोन र सिमकार्ड उपहार दिएको छ। बुधबार महासंघका पदाधिकारीहरूले अस्पतालका निमित्त प्रमुख डा. कृष्ण खनाललाई भेटेर लाभा कम्पनीको किप्याड मोबाइल र नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरेका हुन्। नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वका अध्यक्ष वसन्त बाँठा मगरका अनुसार अस्पतालमा सेवाग्राहीले फोन गर्दा प्रायः नउठ्ने गुनासो वर्षेनि समीक्षा बैठकहरूमा उठ्ने गरेको थियो। “एम्बुलेन्स सेवामा त खासै समस्या छैन तर अन्य जानकारीका लागि फोन गर्दा उठ्दैन भन्ने गुनासो नियमित आउँछ,” उनले भने। उनका अनुसार लामो समयदेखि समाधान नभएपछि महासङ्घका सदस्यहरूबीच छलफल गरी मोबाइल…

विस्तृतमा...