

काठमाडाैं- शिशु र बालबालिकाका लागि मानक मलेरिया खोपको रूपमा पहिलो पटक औलो खोप अनुमोदन भएको छ। यो खोप केही हप्ताभित्र अफ्रिकी देशहरूमा प्रयोगमा ल्याइने सम्भावना रहेको बीबीसीले जनाएको छ। स्वीस अधिकारीहरूले यसलाई अनुमोदन गरेका हुन्।
अहिलेसम्म साना बालबालिका र शिशुहरूलाई ठूला बालबालिकाका लागि बनाइएका खोपहरू प्रयोग गरिदै आएका थिए, जसका कारण खोपको बढी मात्राले साना बालबालिकाको कलेजोमा समस्या आउने जोखिम थियो।
यो नयाँ खोप गैरनाफामुखी आधारमा ठूलो मात्रामा विभिन्न देशहरूलाई वितरण गरिने खबरमा उल्लेख छ। खोपलाई औषधि कम्पनी नोभार्टिसले विकास गरेको हो।
अफ्रिकामा हरेक वर्ष पाँच वर्ष मुनिका ६ लाखभन्दा बढी बालबालिका मलेरियाबाट ज्यान गुमाउने गरेका छन्।



