रुकुम पूर्व – रुकुम पूर्व अस्पतालमा फोन गर्दा नउठ्ने समस्या दीर्घकालीन बनेपछि नेपाल पत्रकार महासङ्घ रुकुम पूर्व शाखाले अस्पताललाई मोबाइल फोन र सिमकार्ड उपहार दिएको छ। बुधबार महासंघका पदाधिकारीहरूले अस्पतालका निमित्त प्रमुख डा. कृष्ण खनाललाई भेटेर लाभा कम्पनीको किप्याड मोबाइल र नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरेका हुन्। नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वका अध्यक्ष वसन्त बाँठा मगरका अनुसार अस्पतालमा सेवाग्राहीले फोन गर्दा प्रायः नउठ्ने गुनासो वर्षेनि समीक्षा बैठकहरूमा उठ्ने गरेको थियो। “एम्बुलेन्स सेवामा त खासै समस्या छैन तर अन्य जानकारीका लागि फोन गर्दा उठ्दैन भन्ने गुनासो नियमित आउँछ,” उनले भने। उनका अनुसार लामो समयदेखि समाधान नभएपछि महासङ्घका सदस्यहरूबीच छलफल गरी मोबाइल…
स्वास्थ्य डायरी
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका सबै संघीय अस्पताललाई आफ्ना मेडिकल उपकरणहरूको अवस्था अडिट गरी विवरण बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा तिनको अवस्था सम्बन्धी यकिन विवरण उपलब्ध नभएको भन्दै अबदेखि अनिवार्य रूपमा उपकरणको लेखापरीक्षण (अडिट) गर्नुपर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा बिग्रिएका उपकरणबारे चासो व्यक्त गर्दै ती उपकरणको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिएका थिए। त्यस क्रममा कैयौं उपकरण सामान्य खर्चमै मर्मत गर्न सकिने भए पनि प्रयोगविहीन अवस्थामा थन्किएको पाइएपछि मन्त्रालयले उपकरणको अवस्था बुझ्ने प्रक्रियालाई औपचारिकता दिएको हो। मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार अब उपकरणको स्थिति,…
काठमाडौं – उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सक संघले आन्दोलन गरेकाे थियाे। संघका महासचिव डा. सञ्जीव तिवारी स्वयंको प्रत्यक्ष सरोकार रहेको मुद्दा अदालतमा विचाराधीन छ। उनीविरुद्ध अदालतको अपहेलना गरेको मुद्दा थियो। उपभोक्ता अदालतको फैसलापछि डा. तिवारीले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा जारी विज्ञप्तिका आधारमा उक्त मुद्दा दायर भएको थियाे। तर, पनि उनले विरोधको क्रम जारी राखे। यति मात्रै हाेइन न्यायिक प्रक्रियाविरुद्ध आवाज उठाइरहेका तिवारीकी पत्नी डा. ज्योत्स्ना शर्मा तिवारीविरुद्ध नै उपभोक्ता अदालतमा गम्भीर आरोपमा मुद्दा दायर छ। मनिता पराजुली नामकी गर्भवती महिलाको शल्यक्रियापछि मृत्यु भएपछि उनका श्रीमान सुवास पराजुलीले डा. ज्योत्स्ना शर्मा तिवारी र एभरेष्ट अस्पतालविरुद्ध ५…
खोटाङ– नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् । मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली सेनाले समग्र व्यवस्थापनको जिम्मा लिएको थियो । नागरिक र नेपाली…
विराटनगर – कोरोना भाइरसको संक्रमणको जोखिम पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ। महानगरको स्वास्थ्य महाशाखाका अनुसार दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गरिएको हो। खोप महानगरका सबै १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ। खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएमा परीक्षणपश्चात पनि खोप लिन सकिने जानकारी स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले दिए। पछिल्लो विवरणअनुसार विराटनगर महानगरपालिका क्षेत्रका चार जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये विराटनगर–२ मा संक्रमण देखिएको छ। महानगरले संक्रमणको लहर पुनः सक्रिय हुने संकेत देखिएकाले उच्च सतर्कता अपनाइएको जनाएको छ।…
काठमाडौं- पुस महिनादेखि अहिलेसम्म ७३ जिल्लामा १,८६९ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाले जनाएको छ। शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म मनाङ, रसुवा, हुम्ला र डोल्पामा डेंगु संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छैन। गण्डकी प्रदेशमा सबैभन्दा बढी ४५१ जनामा डेंगु संक्रमण देखिएको छ। त्यस्तै, बागमती प्रदेशमा ४३४, कोशीमा ३५०, लुम्बिनीमा ३००, सुदूरपश्चिममा २६४, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। चिकित्सकहरूका अनुसार डेंगु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जुन लामखुट्टे सफा पानी जम्मा भएको भाँडो वा ठाउँमा हुर्कन्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर…
बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालगञ्जको बाँकेमा निर्माण सम्पन्न भएको अपरेसन थिएटर भवनको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाल १५ शय्याको यो अस्पताललाई कम्तीमा ५० शय्याको क्षमतामा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा औपचारिक प्रक्रिया सुरु गर्न आग्रह गरे। मुख्यमन्त्री आचार्यले अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताउँदै, अस्पतालमा जलन वार्डसहित आम नागरिकलाई सहज सेवा पुग्ने गरी व्यवस्थापन गर्न अनुरोध गरे। सोही कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवाल र स्वास्थ्य…
दाङ – यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ । उक्त थेरापी सेन्टरलाई उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छुट्याएको रु तीन लाख ५० हजार कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले ऋण खोजेर व्यवस्थापन गरेको अध्यक्ष ईश्वरीप्रसाद खड्काले जानकारी दिए । उनका अनुसार हाल एक जना थेरापिस्ट, एक जना थेरापी सहयोगी र एक जना कार्यालय सहयोगी यहाँ कार्यरत छन् । कर्मचारीको तलब मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी हुने गरे पनि नगरपालिकाले पर्याप्त बजेट…
सिरहा- लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, बिना दर्ता क्लिनिक सञ्चालन गरेका पाइएपछि उक्त क्लिनिक मङ्गलबार नै सिल गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले भने, “प्रथम दृष्टिमा नै क्लिनिक अवैध देखिएकाले जिल्ला प्रशासन कार्यालयको परामर्शमा ताला लगाएर सिल गरिएको हो । अब कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।”…
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा जङ्गलबाट ल्याइएको जङ्गली च्याउ खाँदा आमा–छोरी बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी च्याउ खाएपछि बिरामी भएका हुन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा विषालु च्याउ सेवनका कारण स्वास्थ्यमा समस्या आएको अनुमान गरेको छ। बिरामी दुबै जनाको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए। दुबैजनाको अवस्था अहिले सामान्य रहेको बोहराले बताए।

