स्वास्थ्य डायरी

काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ।ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए । उनीहरूलाई खान-बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू अन्योलको…

विस्तृतमा...

धनगढी- धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। आइतबार एक कार्यक्रम गरी उपमहानगरलाई पूर्ण खोप पालिका तथा दिगोपना घोषणा गरिएको हो। २०८१ फागुनदेखि २०८२ बैशाखसम्म गरिएको घरधुरी सर्वेक्षणको नतिजाको आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। घर धुरी सर्वेक्षण गर्दा धनगढी उपमहानगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका बालबालिका संख्या ८ हजार २१० रहेकोमा यी मध्ये कुनै पनि खोप नलगाएका बालबालिका ५ र ड्रप आउट भएका ५९जना जनालाई १५ महिनासम्मको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको शाखा प्रमुख अवस्थीले बताए। सम्पूर्ण बालबालिकाले खोप पाएको…

विस्तृतमा...

अछाम- सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गतेदेखि अछामस्थित बयालपाटा अस्पतालको सञ्चालनको जिम्मा लिन लागेको छ। अस्पताल सञ्चालन गरिरहेको संस्था न्याय हेल्थ नेपाल र प्रदेश सरकारबीच यसबारे सम्झौता भएको हो। आइतबार न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीबीच अस्पताल हस्तान्तरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौता कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काको पनि उपस्थिति थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ र बजेट वक्तव्यको बुँदा १४५ मा बयालपाटा अस्पताललाई आफ्नो मातहतमा ल्याउने उल्लेख गरेको थियो। साउन १ देखि नै अस्पताल सञ्चालन गर्ने घोषणा भए पनि तयारी नपुगेका कारण…

विस्तृतमा...

काभ्रेपलाञ्चोक- काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बागमती प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा आइतबार सदरमुकाम धुलिखेलमा घोषणा गरियो । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतम, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झाले काभ्रेलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्लास्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका चार हजार दुई सय…

विस्तृतमा...

काठमाडौं – नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन् । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो । नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्…

विस्तृतमा...

काठमाडौं – उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन गरेपछि उपभोक्ता हित संरक्षण मञ्चले यसप्रति गम्भीर आपत्ति जनाएको छ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाएको छ। मञ्चका महासचिव विष्णु प्रसाद तिमिल्सिनाले पठाएको पत्रमा स्वास्थ्य सेवा बन्द गर्न नहुने र यसप्रकारको कार्यलाई कानुनी रूपमा कारबाही गर्नुपर्ने जोड दिइएको छ। पत्रमा भनिएकाे छ, “मुलुकी अपराध संहिताको दफा ६८ अनुसार अत्यावश्यक सेवा बन्द गर्न र हडताल गर्न पाइँदैन, उल्लङ्घन गरेमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ।” उपभोक्ता अधिकार मञ्चले उपभोक्ता अदालत र जिल्ला अदालत दुबै चिकित्सकविरुद्ध क्षतिपूर्ति र फौजदारी कारबाहीको अधिकार राख्ने संवैधानिक…

विस्तृतमा...

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । केन्द्रबाट आर्थिक वर्ष २०८०–०८१ मा दुई सय चार जनाले सेवा लिएका थिए भने आव २०८१–०८२ को जेठ मसान्तसम्म दुई सय ७८ जनाले सेवा लिएका छन् । लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहारलगायत घटनाबाट प्रभावित व्यक्तिहरूले केन्द्रबाट सहज रूपमा सेवा पाएका हुन् । यो सँगै केन्द्रबाट पीडितले स्वास्थ्योपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, संरक्षण, मानसिक एवं मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानूनी उपचार पुनस्र्थापनालगायत सेवा पाएका छन् । केन्द्रका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक भावना शर्माका अनुसार आव २०८१–०८२ मा केन्द्रबाट सेवा लिनेमा महिलाको सङ्ख्या दुई सय…

विस्तृतमा...

काठमाडौं- साझा यातायातमा कार्यरत चालक, सहचालक र कर्मचारीहरूका लागि आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५ जनामा दृष्टिदोषको समस्या देखिएको छ। नेपाल नेत्रज्योति संघ काठमाडौं शाखा र साझा यातायातको संयुक्त आयोजनामा, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार परीक्षण कार्यक्रम सम्पन्न भएको हो। नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा १७९ जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये दृष्टिदोष देखिएका १५ जनालाई निःशुल्क औषधि, नजिकको चस्मा र कालो चस्मा प्रदान गरिएको छ। सभापति पोखरेलले चालकहरूको आँखाको स्वास्थ्यले यात्रुहरूको सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै दृष्टि परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। शिविरमा कीर्तिपुर आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. मनिषा…

विस्तृतमा...

काठमाडौँ- वीर अस्पतालले डिजिटल प्रविधिको प्रयोग गरी एक वर्षीया बालिकाको नमिलेको टाउको सफलतापूर्वक मिलाएको छ। प्युठानकी बालिकामा देखिएको जटिल टाउको सम्बन्धी समस्या ‘क्रेनियोसिनोस्टोसिस’ को सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। मुख तथा अनुहार शल्य चिकित्सक डा. किशोर भण्डारीका अनुसार शल्यक्रिया न्युरो सर्जरी र क्रोनियो–म्याक्सिलोफेसियल सर्जरी विभागको सहकार्यमा गरिएको हो। अस्पतालले तीन वर्षअघि पनि यस्तै प्रकृतिको शल्यक्रिया डिजिटल प्रविधिबाट गरिसकेको डा. भण्डारीले जानकारी दिए। उनका अनुसार शल्यक्रियामा करिब ६ घण्टा लागेको थियो। शल्यक्रिया अन्तर्गत बालिकाको अनुहार र निधारको हड्डी निकालेर पुनः मिलाइएको हो। बालिका अहिले स्वस्थ भएर घर फर्किसकेकी छिन्। टाउको र बायाँ आँखा वरिपरि असामान्यता देखिएपछि उनलाई उपचारका लागि वीर…

विस्तृतमा...

झापा- झापामा डेंगु संक्रमण फैलिन थालेको छ। गर्मी बढेसँगै संक्रमण दर बढ्दै गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन युवनाथ बरालका अनुसार शिवसताक्षी नगरपालिकाकी सुमन राईकी छोरी सुरविरा राईको डेंगु संक्रमणका कारण शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर, शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको जानकारी बरालले दिएका छन्। यो घटनालाई झापामा डेंगु संक्रमणका कारण भएको यस वर्षको पहिलो मृत्युका रूपमा स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ। कार्यालयका अनुसार वैशाख यता झापामा ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

विस्तृतमा...