काठमाडौँ- उपभोक्ता अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघको आह्वानमा आइतबार चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन्। संघले चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत प्रत्येक चिकित्सकले आफ्नो कार्यस्थलमै एक घण्टा धर्ना दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आइतबार देशभर चिकित्सकहरूले कामकाजका बीचमा एक घण्टा धर्ना दिएका हुन्। यसैक्रममा संघले सम्पूर्ण शाखा कार्यालयलाई चिकित्सकहरूको हस्ताक्षर र नेपाली मेडिकल काउन्सिलको प्रमाणपत्र सङ्कलन गरी सोमबारभित्र केन्द्रीय कार्यक्रमा बुझाउन आग्रह गरेको छ। ती प्रमाणपत्रहरू मङ्गलबार काउन्सिलमा बुझाउने कार्यक्रम तय गरिएको छ। संघको आन्दोलनप्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एशोसिएसन, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल भेटेरिनरी एशोसिएसन, एनाभीएमआईए र…
स्वास्थ्य डायरी
काठमाडौं – नेपालमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेको छ। पछिल्ला तथ्यांकअनुसार देशका विभिन्न जिल्लामा संक्रमितको संख्या विस्तारै बढ्दै गएको देखिएको छ। महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ। यस अवधिमा कूल २४९ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा मात्र ३५ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म एक जनाको मृत्यु पनि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतसहितका सीमावर्ती नाकाहरूमा हेल्थ डेस्कमार्फत आरडीटी परीक्षणलाई थप…
काठमाडौं – फ्याटी लिभर रोग शरीरको महत्वपूर्ण अंग लिभरमा बोसो जम्दा हुने समस्या हो, जसले दीर्घकालीन असर पुर्याउन सक्छ। लिभरले खाना पचाउन, शरीरमा ऊर्जा प्रवाह गर्न र संक्रमण हटाउन मद्दत गर्छ। तर जब लिभर कमजोर हुन्छ, शरीरभरि असर पर्छ। अहिले नन-अल्कोहोलिक फ्याटी लिभर रोग संसारभर तीव्र रुपमा फैलिएको छ। भारतकाे नेशनल इन्स्टिच्युट अफ हेल्थ का अनुसार यो समस्या विश्वभर ३० प्रतिशतभन्दा धेरै मानिसमा देखिएको छ। यसैले विशेषज्ञहरू जीवनशैली र आहारमा सुधार गर्न सुझाव दिन्छन्। डा. सौरभ सेठीको सल्लाहएम्स, हार्वर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षण लिएका ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा लिभर विशेषज्ञ डा. सौरभ सेठीले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै फ्याटी लिभर भएका…
काठमाडौँ– अब बीमितले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत साउन १ गतेदेखि जुनसुकै स्वीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्। स्वास्थ्य सेवा प्राप्त गर्न कठिन भएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले सेवामा सहजता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो। बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रारम्भसँगै बीमितले स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा अनुमति प्राप्त गरेका कुनै पनि सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था लागू हुने छ। यसअघि बीमितले केवल तोकिएको एउटै प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने बाध्यता थियो। तर, स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनपछि अब बीमितलाई जुनसुकै अनुमोदित सेवा प्रदायकबाट उपचार सेवा लिन सक्ने…
दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो । इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ । खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो । एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको…
कैलाली- कैलालीको धनगढीमा ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएको मानिसहरूको लागि बोलीको तालिम शिविर सम्पन्न भएको छ। एक हप्तासम्म चलेको बोलीको तालिम शिविरमा दाँत, नाक(कान(घाँटी, शल्यक्रियापछिको अवस्थाको पनि जाँच भएको थियो। ओठ तथा तालुको शल्यक्रिया गरेपछि आवश्यकता अनुसार बोलीको तालिम, दाँतको उपचार, गिजाको शल्यक्रिया, कानको उपचार, मनोसामाजिक परामर्श लगायत अन्य सेवाहरु दिनु पर्ने फेक्ट (नेपाल, रिसर्च परियोजना नेपाल)का संयोजक कैलाश खाकी श्रेष्ठले बताए। बोलीको तालिम शिविरबाट ३१ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्। शिविरमा ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। बोलीको समस्या भोगिरहेका बिरामीहरूका लागि डाक्टर भवानी प्रधानले विशेष तालिम र थेरापी सत्रहरू सञ्चालन गर्नुभयो।…
कञ्चनपुर – कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। १५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका छन्। खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि वञ्चित हुन नपर्ने मन्त्री खड्काले बताए। जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन्। राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि…
काठमाडौं – उच्च अदालत पाटनले नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको विषयमा ७ दिनभित्र उपस्थित हुन आदेश दिएको छ। न्यायाधीशद्वय श्याकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै ‘कारण देखाउ’ आदेश जारी गरेको हो। अदालतले डा. तिवारीलाई ७ दिनभित्र व्यक्तिगत रूपमा अदालतमा उपस्थित भई “अवहेलनाको कसुरमा किन कारबाही नगर्नु पर्ने हो” भन्ने स्पष्ट कारण र प्रमाण पेश गर्न निर्देशन दिएको हो। उक्त मुद्दा उपभोक्ता अदालतको फैसलापछि डा. तिवारीले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा जारी विज्ञप्तिका आधारमा दायर भएको हो। उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको…
काठमाडौं – देशभर औषधि आपूर्तिको गुनासो बढेपछि प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ। औषधि उत्पादनको अवस्था, कच्चा पदार्थ आपूर्तिमा देखिएको समस्या, आर्थिक अभाव र सरकारी कार्यालयहरूले औषधि खरिद नगर्ने जस्ता विषयमा जानकारी लिन समितिले अनुगमन गरेको हो। समिति सभापति अब्दुल खानका अनुसार औषधि लिमिटेडसँग आवश्यक जनशक्ति, प्रविधि र पूर्वाधार भए पनि कच्चा पदार्थको आयातमा अवरोध, बजेटको अभाव र सरकारी उपेक्षाले उत्पादन सीमित भएको गुनासो आएको छ। हाल लिमिटेडले जम्मा ११ प्रकारका औषधिमात्र उत्पादन गरिरहेको छ। तर कच्चा पदार्थ आपूर्तिमा सहजता र स्रोत सुनिश्चित गरिएमा ९८ प्रकारका औषधि उत्पादन गर्न सक्ने…
काठमाडौं- भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा श्रम गर्दै अध्ययन गर्दै आएकी गोमा श्रेष्ठले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हात पार्दै ४ जीपीए प्राप्त गरेकी छन्। गोमाको संघर्षमय जीवन र असाधारण नतिजा सार्वजनिक भएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले उनको सम्पूर्ण शैक्षिक यात्राको जिम्मा लिने घोषणा गरेका छन्। गुरुङ दम्पतीले बिहीबार गोमालाई भाटभटेनी कार्यालयमा सम्मान गर्दै एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरे। सो अवसरमा अध्यक्ष गुरुङले गोमालाई कक्षा ११ र १२ अध्ययनका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा भर्ना गराइ सम्पूर्ण खर्च बेहोर्ने बताएका छन्। साथै उनले भविष्यमा एमबीबीएस तहसम्मको शिक्षाको सम्पूर्ण खर्च…

