काठमाडौं, २९ असार । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत कार्यालमै मृत भेटिएका छन् ।
अस्पतालमा कार्यरत ३५ वर्षीय अमृत पोखरेलले कार्यालयकै स्टोर नजिक पाँसो लगाएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।
अर्घाखाँची घर भएका पोखरेलले के कारणले आत्महत्याको बाटो रोजे भन्ने थाहा हुनसकेको छैन ।