Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

निजी अस्पतालले अटेर गरेपछि ऐनमार्फत विपन्नलाई सुविधा दिने बालेनको योजना

Aricle TechBy Aricle Tech२०८० असार १३, बुधबार
Share
Facebook Twitter

काठमाडौं, १३ असार । संघीय सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार काठमाडौंका निजी अस्पतालहरुले विपन्नलाई १० प्रतिशत शैया छुट्टाउन आनाकानी गरेपछि काठमाडौं महानगरपालिकाले आफ्नै ऐन बनाएर लागु गर्ने भएको छ ।

महानगरपालिकाले मापदण्ड अनुसार विपन्नको उपचारमा सहुलियत दिन परिपत्र गरेपनि अधिकांश अस्पतालले मापदण्ड अनुसार शैया छुट्टाएर उपचार गर्न नसकिने जवाफ दिएको महानगरपालिकाका स्वास्थ्य शाखाका एक अधिकारीले बताए ।

‘१० प्रतिशत शैया गरिब विपन्नलाई छुट्याउने भनिएपनि त्यसको मापदण्ड र कार्यविधि नहुँदा महानगरलाई नियमन गर्न असहज भयो । त्यसैले हामीले छुट्टै ऐन बनाएरै महानगरका स्वास्थ्य संस्थालाई नियमन गर्ने तयारी गरिरहेका छौं । ऐनको मस्यौदा बनिसकेको छ सम्भवतः अबको नगर परिषदमा पेश गर्ने तयारी छ ।’ ती अधिकारीले भने ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले हरेक निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले कुल शैयाको १० प्रतिशत गरिब निःशुल्कलाई छुट्याएर त्यसको विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । यद्यपी निजी अस्पतालहरुको नीतिगत पुहँचका कारण यो मापदण्ड कार्यान्वयन हुनसकेको छैन । सो मापदण्डमा कस्ता सेवा निःशुल्क दिने भन्नेबारेमा स्पष्टता नभएको भन्दै निजी स्वास्थ्य संस्थाका सञ्चालकहरु तर्किँदै आएका छन् ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले निजी अस्पतालहरुको संगठनसँग सम्झौता गरेर मापदण्ड कार्यान्वयन गराउन खोजेपनि हालसम्म यो मापदण्ड कार्यान्वयन हुनसकेको छैन । अस्पताल नविकरण गर्नका लागि विवरण बुझाउन पर्ने भएपनि अस्पतालहरुले मनलाग्दो विवरण मन्त्रालयमा बुझाउने गरेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार अब आउने महानगरको ऐनमा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्डमा रहेका अधिकांश विषय समेटिने छन् । ऐन कार्यान्वयनमा आएपछि महानगरभित्रका अस्पतालले विपन्नलाई निःशुल्क उपचार गर्नैपर्ने लगायत विभिन्न सामाजिक उत्तरदायित्वका मापदण्डको पालना गर्नुपर्नेछ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.