Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

उपत्यकाका तीन जिल्लामा ९२ जनामा डेंगु संक्रमण, सजग रहन सरकारको आग्रह

Aricle TechBy Aricle Tech२०८० असार २६, मंगलवार
Share
Facebook Twitter

काठमाडौं, २६ असार । अघिल्लो वर्ष महामारीको रुप लिएको डेंगु भाइरसको संक्रमण यसपाली पनि देखिएको छ । यो वर्ष हालसम्म १ हजार १ सय ९२ जना डेंगुका संक्रमित पहिचान भएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा ९२ जनालाई संक्रमण भएको जनाएको छ ।

उपत्यकामा डेंगुको संक्रमण न्यूनिकरण गर्न भन्दै महाशाखाले उपत्यकाका २२ वटा स्थानीय तहसँग अन्तक्र्रिया पनि गरेको छ । अघिल्लो वर्ष डेंगुको प्रकोपमा परेका सबै जिल्ला र स्थानीय तहलाई डेंगु संक्रमण बढ्न नदिने रोकथामका उपायहरु अपनाउन परिपत्र गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले जानकारी दिए ।

महाशाखाले हरेक हप्ताको शुक्रवार १० बजे सबै सरकारी कार्यालयमा कार्यालय सफाइ गर्ने अभियान पनि सञ्चालन गरेको मरासिनीको दावी छ । यद्यपी कतिपय सरकारी कार्यालयमा भने सफाइ अभियान नचलेको पाइएको छ ।

महाशाखाले सन् २०२३ मा हुनसक्ने डेंगु संक्रमणको जोखिम कम गर्न कार्ययोजना नै बनाएको बताएको छ । त्यस अन्तर्गत डेंगु सार्ने लामखुट्टेलाई खोज्ने नष्ट गर्ने लगायतको अभियान छ । महाशाखाका अनुसार डेंगुको सम्भावित संक्रमितलाई पहिचान गर्नका लागि सरकारसँग केही समयलाई पुग्ने किट भएको र बाँकीका लागि खरिद प्रकृया अघि बढेको छ ।

के हो डेंगु ?
डेंगु लामखुट्को टोकाईबाट सर्ने एकप्रकारको संक्रमण हो ? केही अवस्थामा डेंगु संक्रमितबाट लामखुट्टेलाई पनि डेंगु सर्छ । डेंगुको संक्रमण पछिल्लो दुईदशकमा विश्वमा १० गुणाले बढेको छ । सन् २००० मा विश्वमा ५ लाख मानिसलाई डेंगु संक्रमण भएकोमा सन् २०१९ सम्म आउँदा वार्षिक संक्रमितको संख्या ५० लाख नाघेको छ । डेंगुको ठोस उपचार विधि छैन । लामखुट्टेको टोकाइबाट जोगिएर सजगता अपनाउन सकिन्छ । संक्रमण भइहालेमा कतिपयलाई लक्षण नै नदेखिइ ठीक हुने भएपनि कतिपयलाई लक्षण देखिएर बिसन्चो हुने र जटिल अवस्था समेत हुने गरेको छ ।

नेपालमा यो वर्ष धरानमा डेंगुको संक्रमणबाट एकजना वयस्कको मृत्यु भइसकेको छ । असार, साउन र भदौसम्म पनि डेंगु संक्रमणको जोखिम उस्तै रहन्छ । नेपालमा करिब प्रत्येक ३ वर्षमा डेंगुको महामारी हुने गरेको देखिएको छ । डेंगु संक्रमित पोथी लामखुट्ेको टोकाइबाट हुने डेंगुको खास लक्षण हुँदैन । ज्वरो आउने, जिउ दुख्ने, बान्ता आउने, निधार दुख्ने, शरीर गल्ने जस्ता लक्षण हुने गर्दछन् ।

कोभिड १९ मा यस्तै डेंगुमा पनि रोगको उपचार नभएर लक्षणको उपचार हुने गरेको छ । लक्षण अनुसार चिकित्सकले दुखाई कम गर्ने, ज्वरो कम गर्ने जस्ता औषधि दिएर उपचार गर्ने गर्दछन् । डेंगु संक्रमण कम्तिमा एकहप्तादेखि २ हप्तासम्म रहने गर्दछ ।

डेंगुबाट जोगिन घरआसपासमा पानी जम्ने खाल्डाखुल्डी नराख्न, बासी पानी जम्ने गमलाहरु सफा गर्नुपर्दछ । बिहान र दिउसो पोथी लामखुट्टेले डेंगु सार्ने गर्दछ । यसबाट जोगिन जिउ ढाक्ने लुगा लगाउने, लामखुट्टेको धुप पाल्ने, झुल हाल्ने काम गर्नुपर्दछ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.