Aricle Tech

काठमाडौँ, २४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पका प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित सरोकारवालहरुसँग समन्वय जारी रहेको बताएको छ । बिहिवार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता ा. प्रकाश बुढाथोकीले बहुक्षेत्रीय विपद व्यवस्थापन बैठकहरूमा स्वास्थ्य क्षेत्रको प्रतिकार्यको बारेमा अध्यावधिक गर्दै विपद्पछिका दिनहरूमा देखा पर्न सक्ने महामारी, कुपोषण, मनोसामाजिक लगायतका समस्याहरूको रोकथाम तथा शिघ्र व्यवस्थापनका लागि बहुक्षेत्रीय समन्वयको लागि अनुरोध गरिएको बताएका हुन् । यस्तै, स्वास्थ्य क्षेत्रको प्रभावकारी प्रतिकार्यका लागि संघीय, प्रादेशिक र स्थानीयतहका सरोकारवाला निकायहरूसँग पनि निरन्तर समन्वयमा मन्त्रालय रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार, कात्तिक १७ गतेको भूकम्प भूकम्प र त्यसपछिका पराकम्पबाट भएका घाइतेहरूको वडामा रहेका स्वास्थ्य संस्था,…

विस्तृतमा...

काठमाडौँ, २४ कात्तिक । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण यतिबेला त्यहाँका अधिकांश व्यक्तिहरु त्रिपालमुनि बस्न बाध्य छन् । भूकम्पले घरसंगै शौच तथा खानेपानिका मुहान तथा पाइपसम्ममा क्षति पुर्याएका छ भने भूकम्पका कारण अझैपछि थिचिएका पशुचौपायाहरु निकाल्न नसक्दा उनीहरुमा आवाससंगसंगै स्वास्थ्यको जोखिम समेत बढेको छ । सरकारले तत्कालका लागि राहतको व्यवस्था गरेपनि महामारी फैलन नदिनका लागि भने स्थानिय आफैँ सजग हुनुपर्ने देखिन्छ । अन्यथा विपद्संगै यसले महामारी फैलाउने सम्भावना उत्तिकै रहन्छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खानेपानी तथा सरफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका अनुसार महामारी फैलन नदिनका लागि निम्न पक्षहरुमा ध्यान…

विस्तृतमा...

राँझा (बाँके), २३ कात्तिक । मानव स्वास्थ्यमा सिसाजन्य विषबाट हुने समस्या न्यूनीकरण गर्न सचेतना जगाउनुुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सिसाको विषबाट बच्नका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा आज नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले घर, फर्निचर र मैदानमा गरिने रङरोगन, आयुर्वेदिक औषधि, बालबालिकाका खेलौना, सौन्दर्य सामग्रीलगायत वस्तुमा हुने सिसाको प्रयोगलाई निरुत्साहित गर्न उपभोक्तामा सचेतना जगाउनुपर्ने बताएका हुन् । विश्व स्वास्थ्य सङ्गठन नेपाल, एकीकृत सामाजिक विकास केन्द्र बाँके र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।

विस्तृतमा...

भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ मनोमरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । भूकम्पका कारण धेरैले आफन्त गुमाएका छन् । उनले भने, ‘अहिले पनि परकम्प जाने क्रम जारी छ, नागरिक त्रासमा छन् । यस्तोे अवस्थामा व्यक्तिमा मनोसामाजिक समस्या देखिनसक्छ । त्यसैले तीनै तहका सरकारले राहत र पुनस्थापनासँगै…

विस्तृतमा...

कञ्चनपुर, २३ कात्तिक । सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ । सुत्केरी भएकालाई जनही रु एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए । उनका अनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको…

विस्तृतमा...

काठमाडौँ, २३ कात्तिक । हाम्रो शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बद्लिदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः रुपमा देखा पर्दछ । अझ भनौँ बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्दछ । हाल नेपालमा दिनानुदिन चिसोको मात्रा बढिरहेको सन्दर्भमा भन्नुपर्दा यस समयमा अधिकांशमा देखिने छालासम्बन्धी साझा समस्या निम्न रहेका छन् : १. छाला फुस्रो हुनु छालामा पानी एवम् तैलीय पदार्थको कमी भएर हुने यस समस्याअन्तर्गत व्यक्तिको छाला फुस्रो वा सुख्खा हुन गई छालामा ‘फ्लेक्स’ भनिने चाँयाजस्तो कत्रा–कत्राहरु देखा पर्न थाल्छन् । जसकारण व्यक्तिमा शरीर चिलाउने, कन्याउँदा रगत आउने र घाउ…

विस्तृतमा...

काठमाडौँ, २३ कात्तिक । रोटरी क्लब लगायत विभिन्न निकायले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई स्वास्थ्य उपकरण सामग्री सहयोग गरेको छ । आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई रोटरी क्लव अफ साँखु, रोटरी डिस्ट्रिक ३२९२ र रोटरी डिस्ट्रिक १७१० लगाएतले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । उक्त संस्थाहरुले अस्पताललाई प्रदान गरेको उपकरणले आगोले पोलेका बिरामीको उपचारमा थप मद्धत पुग्ने अस्पतालले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद विन्दबासिनी कंसाकारले आफु तेजाव आक्रमणको पिडित भएको र त्यसको पिडा आफुलाई महसुस भएको भन्दै जलन भोगेका नेपालीको उपचारको सहज रुपमा उपचारको व्यवस्था हुनुपर्ने बताए। राज्यका तर्फबाट कमीकमजोेरी रहेकाले…

विस्तृतमा...

काठमाडौँ, २२ कात्तिक । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जाजरकोट भूकम्पमा परी घाइते भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । बुधबार मन्त्री बस्नेत उपचाररत भूकम्पका घाइतेको स्वास्थ्यवस्था बुझ्न काठमाडौँको महाराजगंजथित शिक्षण अस्पताल पुगेका हुन् । सो क्रममा मन्त्री बस्नेतले घाइतेहरुको निशुल्क उपचार गर्न निर्देशन दिएको र उपचारपछिको शुल्क मन्त्रालयले व्यहोर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले बिरामीको उपचार ठिक ढंगले अघि बढेको पाइएको बताए । उनले भूकम्पपिडितको राहतका लागि पनि कुनै कमजोरी हुन नदिने जिकिर गरे । शिक्षण अस्प्तालमा जाजरकोट भूकम्पमा परि घाइते भएका १० जनाको उपचार भइरहेको अस्पतालका डाक्टर दिनेश काफ्लेले जानकारी दिए ।

विस्तृतमा...

काठमाडौँ, २२ कात्तिक । भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाको पनि सहभागिता थियो । सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत रु। १३ करोड…

विस्तृतमा...

काठमाडौँ, २२ कात्तिक । स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध सुरु हुन थालेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाई तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसलाई प्रवाह नगरि कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए । १६ वर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफु मन्त्रालयमा आएपछि पास गरेको र रणनीति अनुसार काम गर्ने वातावरण बनेको उनको भनाई छ । ‘१ सय दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रशंसा पाए’, उनले भने । सबैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाए…

विस्तृतमा...