काठमाडौँ, २३ कात्तिक । रोटरी क्लब लगायत विभिन्न निकायले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई स्वास्थ्य उपकरण सामग्री सहयोग गरेको छ ।
आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई रोटरी क्लव अफ साँखु, रोटरी डिस्ट्रिक ३२९२ र रोटरी डिस्ट्रिक १७१० लगाएतले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । उक्त संस्थाहरुले अस्पताललाई प्रदान गरेको उपकरणले आगोले पोलेका बिरामीको उपचारमा थप मद्धत पुग्ने अस्पतालले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद विन्दबासिनी कंसाकारले आफु तेजाव आक्रमणको पिडित भएको र त्यसको पिडा आफुलाई महसुस भएको भन्दै जलन भोगेका नेपालीको उपचारको सहज रुपमा उपचारको व्यवस्था हुनुपर्ने बताए। राज्यका तर्फबाट कमीकमजोेरी रहेकाले आफ्नो तर्फबाट संसदबाट आवाज उठाउदै आएको उनले बताए । उनले तेजाव पिडितहरुका लागि सहज रुपमा उपचारको वातावरण बनाउन आफुले निरन्तर काम गर्ने उल्लेख गरे ।
उक्त अस्पतालले हालसम्म २४ हजार भन्दा बढि विरामीको जाँच गरिसकेको जनाएको छ । अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ ।