Aricle Tech

राँझा (बाँके) : जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर…

विस्तृतमा...

काठमाडौं: चिया बिहानै प्राय सबैले पिउँछन् । केही मानिसको दिनाचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ। तर, स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन्। बिहानै चिया पिउँदा यसले स्वास्थ्यमा थुप्रै नकरात्मक प्रभाव पार्छ। यसले एसिडिटीको समस्या पैदा गर्छ। चियाको सेवनले पेट सम्बन्धि थुप्रै समस्या हुनसक्छन्। विशेषज्ञका अनुसार बिहान उठ्ने वित्तिकै चिया वा कफी पिउँदा मुखका ब्याक्टेरिया शरीर भित्र पस्छन्। जसले स्वास्थ्यमा नकरात्मक असर गर्छन्। चियामा कब्जियत पैदा गर्ने रसायन हुन्छ। यस रसायनलाई थियोफिलाइन भनिन्छ। चियामा निकोटीन पनि पाइन्छ। जसले यसको दल बनाउँछ। बिहान नास्ता गर्नुभन्दा एक घन्टा पछि मात्रै चियाको सेवन गर्नु राम्रो मानिन्छ। बेलुकी पनि केही खानेकुरा खाइसकेपछि मात्रै चिया…

विस्तृतमा...

काठमाडौं: वीर अस्पतालको सीटी स्क्यान सेवा बन्द भएको छ। सीटी फिल्मको सप्लाई रोकिएकाले उक्त सेवा बन्द भएको अस्पतालले जानकारी गराएको छ। अस्पतालले सूचना नै जारी गरेर उक्त सेवा हाललाई बन्द रहेको र सोबाट पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ।

विस्तृतमा...

डा. अञ्जली पण्डितबाल क्यान्सर रोग विशेषज्ञनेपाल क्यान्सर अस्पताल वयस्कमा हुने क्यान्सरको बारेमा अधिकांशलाई थाहा भएकै कुरा हो । तर, नेपाली समाजमा अझै पनि क्यान्सर भन्ने बित्तिकै यो खतरानाक रोग हो र यो बालबालिकामा देखिदैँन भन्ने भने भ्रम व्याप्त रहेको देखिन्छ । जसकारण धेरैजसोमा बालबालिकालाई पनि क्यान्सर हुन्छ र ? भएपनि निको हुन्छ र ? अथवा कसरी भइराखेको छ ? भन्ने एक किसिमको आम जिज्ञासा रहेको पाइन्छ । क्यान्सर भर्खरै जन्मिएका बालबालिकामा समेत देखिन सक्छ । यद्यपि बालबालिकामा कमै संख्यामा देखिएने भएता पनि विश्वको सन्दर्भमा भने प्रत्येक तीन बालबालिकामा एक जनालाई यो रोगले सताउने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । के…

विस्तृतमा...

धुलिखेल : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास वर्तमान सरकारले गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा रहेको १५ शय्याको मण्डनदेउपुर आधारभूत अस्पताल भवनको हिजो शिलान्यास गर्दै मन्त्री बस्नेतले रकम अभावमा उपचार नपाएर विपन्न वर्गको ज्यान नजाओस् भन्ने उद्देश्यले उनीहरुका निम्ति निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए । मन्त्री बस्नेतले आगामी ६ महिनाभित्रमा देशभरका अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरिने बताए । अबको ६ महिनापछि स्वास्थ्य सेवा सहज बन्ने जानकारी दिए। मन्त्री बस्नेतले भने, “जनशक्ति व्यवस्थापनसँगै आवश्यकताअनुसार उपकरणको पनि व्यवस्थापन गरिनेछ । गोदाममा उपकरणहरु थन्क्याउन पाइँदैन ।” उनले तत्कालका लागि…

विस्तृतमा...

काठमाडौँ, २६ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विस्तृतमा...

राँझा (बाँके), २६ कात्तिक । लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ । छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९÷८० मा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । उनका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ जना बर्दिया जिल्लाका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् । गैरसकारी सस्था आइएनएफद्वारा…

विस्तृतमा...

चितवन, २६ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

विस्तृतमा...

काठमाडौँ, २६ कात्तिक । स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन् ।

विस्तृतमा...

जाजरकोट, २६ कात्तिक । जाजरकोटमा भूकम्पबाट जोगिएका दुईजनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तका अनुसार अत्याधिक चिसोकै कारण दुई बिरामीले ज्यान गुमाएका हुन् । पन्तका अनुसार अत्याधिक चिसोमा उचित व्यवस्थापन हुन नसक्दा शुक्रबार ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो । गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए । ‘लहँ यसै पनि असोजबाटै तुसारो पर्ने चिसो बस्ती हो,’ उनले भने, ‘त्यसमा पनि एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नु पर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो ।’ भूकम्पबाट जोगिएपनि उचित व्यवस्थापनको अभावमा नागरिकले ज्यान गुमाउनु…

विस्तृतमा...