Aricle Tech

नेपालगञ्ज (बाँके), २२ कात्तिक । भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् ।

विस्तृतमा...

काठमाडौं : चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन गर्ने भएको छ। संघले मंसीर १० र ११ गते गते कार्की ब्याङकेट, बबरमहल काठमाडौंमा उक्त सम्मेलन गर्ने भएको हो। ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबद्र्धन  : अवसर र चुनौति’ नामक सन्देशसहित सम्मेलन हुने संघले जनाएको छ। सम्मेलनमा विभिन्न छ वटा शीर्षकहरुमा नीतिगत विचार, विमर्श तथा बहस हुने संघले जनाएको छ।  संघले नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण लगायतका बिषयमा बहस हुने जानकारी दिएको हो।…

विस्तृतमा...

मोरङ, २२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

विस्तृतमा...

नेपालगन्ज, २२ कात्तिक । भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । डा लीला देवकोटा, डा प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको…

विस्तृतमा...

काठमाडौँ, २२ कात्तिक । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो । व्यवस्थापन महाशाखाका निर्देशक…

विस्तृतमा...

काठमाडौँ, २ कात्तिक । दाँतको संरचना स्वाथ्यसंग मात्रै नभई सौन्दर्यता र आत्मविश्वासंग पनि जोडेको हुन्छ । तल्लो र माथिल्लो भाग गरेर बनेको दाँतले हामीले खाने खाना चपाउन मद्दत गर्छ । यसरी खानदेखि व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउन मद्दत गर्ने दाँतमा देखिने ‘डिप–बाइट’ को समस्या कमैले याद गरेका मयामधये एक हो । के हो ‘डिप बाइट’ समस्या ?साधारणतयाः तल्लो र माथिल्लो दाँतबीचको ग्याप १ देखि २ एमएम(mm) मात्र भएको दाँतलाई सामान्य मानिन्छ । जसले तल्लो र माथिल्लो दाँत एक आपसमा राम्ररी बन्द गर्नमा मद्दत गर्छ । तर, हाम्रो दाँतले कुनै पनि काम नगरी दाँतको तल्लो र माथिल्लो भाग एक आपसमा जोडिएर…

विस्तृतमा...

काठमाडौँ, २१ कात्तिक । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी हेरफर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा राजनराज भट्टलाई सुम्पिएको छ । यसअघि प्रयोगशालाकी निर्देशक रुना झाको जिम्मेवारी हेरफेर गर्दै स्वास्थ्यमन्त्री मोहन बस्नेतले निर्देशकको जिम्मेवारी डा. भट्टलाई सुम्पिएका हुन् । उनले डा झालाई भने त्यहि नै रहेर काम गर्ने जिम्मेवारी तोकेका छन् । झा र भट्ट दुवै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ११ औं तहका कर्मचारी हुन् ।

विस्तृतमा...

कञ्चनपुर, २१ कात्तिक । शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफााटा नगरपालिकामा बालमृत्यु दर शून्यमा झरेको छ । खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । खोप पाएका बालबालिकामा सुस्त विकास र विकलाङ्गताका समस्या हटेको छ । गर्भमा रहेको ४२ दिन र जन्मिएको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको सङ्ख्या शून्य छ । नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्टका अनुसार खोप वितरण प्रणालीलाई सुदृढिकरण गरी सेवालाई दीगो रुपमा विस्तार गरिएपछि बालमृत्युको समस्या हट्दै गएको हो । ‘बाल मातृ मृत्युदर शून्यमा झार्नमा आमा समूह, महिला स्वास्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘नियमित खोप कार्यक्रमको प्रभावकारिता…

विस्तृतमा...

काठमाडौं: नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर विश्व मधुमेह दिवस मनाइरहेको छ। ‘जोखिम बुझौं, सजगता अपनाऔं’ भन्ने नारका साथ मधुमेहले आँखामा पार्ने असरका बारेमा सचेतना गराउँदै कार्तिक १८ गते देखि २५ गतेसम्म विश्व मधुमेह दिवस २०२३ दिवस मनाइरहेको प्रतिष्ठानले जनाएको छ। दिवसका अवसरमा अस्पतालले कार्तिक १९ गतेदेखि २५ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ। साथै विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ। यस्तै आज कार्तिक २१ गते अस्पतालको बोर्ड रुममा पत्रकारहरुसँग डायबेटिक रेटिनोप्याथी विषयमा अन्तरत्र्रिmया कार्यक्रम आयोजना गरेको छ। वरिष्ठ आँखाको पर्दा विशेषज्ञ डा. रबा थापाले उक्त विषयमा सञ्चारकर्मीहरुसँग अन्तक्रिया गरेका…

विस्तृतमा...

काठमाडौँ, २१ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताएका छन् ।

विस्तृतमा...