काठमाडौँ, २२ कात्तिक । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जाजरकोट भूकम्पमा परी घाइते भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
बुधबार मन्त्री बस्नेत उपचाररत भूकम्पका घाइतेको स्वास्थ्यवस्था बुझ्न काठमाडौँको महाराजगंजथित शिक्षण अस्पताल पुगेका हुन् ।
सो क्रममा मन्त्री बस्नेतले घाइतेहरुको निशुल्क उपचार गर्न निर्देशन दिएको र उपचारपछिको शुल्क मन्त्रालयले व्यहोर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले बिरामीको उपचार ठिक ढंगले अघि बढेको पाइएको बताए ।
उनले भूकम्पपिडितको राहतका लागि पनि कुनै कमजोरी हुन नदिने जिकिर गरे । शिक्षण अस्प्तालमा जाजरकोट भूकम्पमा परि घाइते भएका १० जनाको उपचार भइरहेको अस्पतालका डाक्टर दिनेश काफ्लेले जानकारी दिए ।