काठमाडौँ, २६ कात्तिक । गाजाको एक अस्पतालमा बिजुली काटिँदा दुई शिशुको मृत्यु भएको छ । इजरायल–प्यालेस्टाइनको लडाईमा इजरालले गाजाको अल शिफा अस्पतालको विद्युत् कटौती गर्दा दुई प्रि–म्याच्योर(समयपूर्व जन्मिएका) शिशु को मृत्यु भएको र अन्य ३७ जना नवजात शिशु जोखिममा रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यम अलजजिरामा उल्लेख छ । विद्युत् कटौतीपछि इन्टेशिभ युनिटले काम गर्न छोड्दा ती शिशुहरुको मृत्यु भएको थियो । हाल अस्पतालमा वैकल्पिक विद्युत् सञ्चालनका लागि इन्धन समेत सकिसकेको निर्देशक मोहम्मद अबू सल्मियाले बताएका छन् । वैकल्पिक ऊर्जाका लागि सञ्चित इन्धन आइतबार बिहानसम्म मात्रै पुग्ने बताउँदै उनले यसकारण बिजुली अभावमा बाँकी अन्य ३७ नवजात शिशु पनि मृत्युको जोखिमा रहेको जनाए…
Aricle Tech
काठमाडौँ, २६ कात्तिक । आजको डिजिटल युगमा आफ्ना बालबालिकालाई स्क्रिनजन्य ग्याजेट (टेलिभिजन, आइप्याड तथा मोबाइल) बाट अलग राख्नु चुनौतीपूर्ण कार्य हो । दिनानुदिन डिजिटलको प्रयोग बढ्ने क्रममा हामी आफैँ पनि अधिकांश कार्य तथा समय विशेषगरी मोबाइल प्रयोगमै बिताउँछौ । जसको प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हाम्रा बालबालिकामा प्रभाव परिसकेको हुन्छ । र, परिणामस्वरुपः उनीहरु सोही बानीको सिको गर्छन् र लत बस्छ । मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुर्याउने विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । तसर्थ बालकालिकालाई यसको लत हुन नखिन यसप्रति अभिभावक बेलैमा सचेत हुनु आवश्यक छ । बालबालिकामा मोबाइलको लत लागेको कसरी थाहा पाउने ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोबाइलको…
भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् ।
महेन्द्रनगर (धनुषा), २४ कात्तिक । मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको जिकिर गरिएको छ ।
काठमाडौँ, २४ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोबीच सम्झौता भएको छ । युनिभर्सिटीको रगत रोग र क्यान्सर विभागका प्रमुख प्राडा दमियानो रोनदेली नेपाल आएको अवसरमा शुुक्रवार यी संस्थाबीच द्विपक्षीय सम्झाता सम्पन्न भएको हो । सम्झौता मुख्य चार वटा विषयमा केन्द्रित रहेको न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बताए । रगतरोग विशेषज्ञ डा विशेष पौडेलको आग्रहपछि दुई संस्थाबीच छलफल भएको बताउँदै उनले सम्झौतासँगै न्याम्सको वीर अस्पतालमा रगत रोग सेवा विस्तार हुनुका साथै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने काम पनि अगाडि बढ्ने सुनाए । ‘नेपालभर रगत रोग विशेषज्ञको कमी हुन नदिन र रगतसम्बन्धी रोगको उपचार सेवालाई…
जानकी (बाँके), २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए । ‘राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ”, प्रधानमन्त्रीले दाहालले भने, ‘राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।’ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन पनि प्रधानमन्त्री प्रचण्डसँगै रोल्पा गएका छन् । सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी…
गोरखा, २४ कात्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ ।गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए ।
काठमाडौं, २४ कार्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुरोग सम्बन्धमा फेसबूक लाइभ गरेर विश्व कीर्तिमान राखेका छन् । डा. अनिलले गत सेप्टेम्बर २९ मा विश्व कीर्तिमान राखेका हुन् । कीर्तिमानका बारेमा जानकारी दिन शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. अनिलले सन् २०१२ देखि आफुले सुरु गरेको स्वास्थ्य सचेतना अभियानमा वल्र्ड रेकर्डले थप हौसला र आत्मविश्वास प्रदान गरेको बताए । डा. अनिलले फेसबूक लाइभका क्रममा मुटुरोगका विषयमा रहेर उच्च रक्तचापको विषयमा प्रस्तुति गरेका थिए । सो क्रममा अधिकतम ११ हजार २ सय १२ जना दर्शकले लाइभ कार्यक्रम हेरेका थिए । साथै डा. अनिलले लण्डनमा रहेको वल्र्ड बूक अफ…
काठमाडौँ, २४ कात्तिक । नेपाल चिकित्सक संघका पूर्व उपाध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा सरोज कृष्ण श्रेष्ठको निधन भएको छ । बीएण्डबी अस्पतालमा उपचाररत उनको असामयिक निधन भएको नेपाल चिकित्सक संघले जनाएको हो । महासचिव सन्जिब तिवारीले विज्ञप्ति डा श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन् । स्व. डा श्रेष्ठले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा खेलकुदका क्षेत्रमा पुर्याएको योगदान सबैको मानसपटलमा स्मरणयोग्य रहने विज्ञप्तिमा उल्लेख छ । साउथ एशिया रिजनल एन्टी डोपिङ टेस्टका पुर्व अध्यक्षसमेत रहेएका स्व डा श्रेष्ठको मृत्युले इमान्दार, लगनशील र प्रतिष्ठित हाडजोर्नीरोग विशेषज्ञ चिकित्सकलाई गुमाउनु परेको संघले जनाएको छ।
काठमाडौँ, २४ कात्तिक । चिकित्सा शिक्षाअन्र्तगतको एमबीबीएस र बीडीएसका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१ मा विद्यार्थी छनौट भर्नाका लागि गत १८ र १९ कात्तिकमा सञ्चालन गरेको एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा बिहिवार साँझ प्रकाशित भएको हो । उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ। आफ्नो नतिजा प्रोफाइलमा समेत हेर्न सक्नेछन् भने नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न सक्ने बताइएको छ ।

