काठमाडौं, १९ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभरि रहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको स्वास्थ्य बीमा गराउन ५० प्रतिशत योगदान रकम अनुदान दिने भएको छ । प्रदेश अन्तर्गतको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले स्वयंसेविकाको यसअघि ५० प्रतिशत योगदान रकम संघीय सरकारले तिरिदिने गरेकोमा ५० प्रतिश प्रदेश सरकारले थप्ने निर्णय भएर प्रकृया सुरु भैसकेको बताए । सरकारका हरेक जनस्वास्थ्य कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने स्वयंसेविका र उनको परिवारको सुरक्षार्थ सरकारले स्वास्थ्य बीमाको योगदान रकममा अनुदान दिएको पौडेलको भनाइ छ । त्यस्तै बागमती प्रदेश सरकारले प्रदेशभरि स्वास्थ्य स्वयंसेविकालाई यसवर्ष प्रदेशका तर्फबाट जनही ५/५ हजार भत्ता उपलब्ध गराउने पनि…
Aricle Tech
काठमाडौं, १९ मंसिर । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । नेपालमा यस दिनमा महिला स्वास्थ्यस्वयंसेविका दिवस मनाउने गरिएको छ । यस वर्ष ‘स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका कारण आज देशमा मातृ/शिशु मृत्युदर घट्नुका साथै ग्रामिण स्वास्थ्य प्रवर्धन र सचेतना अभिवृद्धिमा ठूलो टेवा पुगेको छ । विसं २०४५ सालदेखि सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम हालसम्म आउँदा जनस्वास्थ्यको ठूलो र प्रभावकारी स्वयंसेवक दस्ता मानिएको छ । स्वयंसेवी भावले आमा समुहबाट चुनिएको महिला स्वयंसेविका हुने र उनले…
काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. चोपलाल भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यसअघि काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला थिए । उनको कार्यकाल १८ कात्तिकदेखि सकिएको हो । नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा. भुसाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।
धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो । एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले…
कैलाली : कैलालीको भजनीका २ सय ४५ जनाको मोतीविन्दुको अप्रेशन गरिएको छ । तीने दिने आँखा शिविरमा पहिचान भएकाहरूको अप्रेशन गरिएको हो। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले कैलालीको भजनीका १५ सय जनालाई सेवा प्रदान गरेको छ । शिविरमा १३ सय ४९ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ। सेवा लिनेमध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाइमा रहेका बिरामीहरू धेरै भेटिएका गेटा आँखा अस्पतालका बाह्य सम्पर्क अधिकृत रमेशचन्द्र भट्टले बताए । गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुरेश राज पन्तको नेतृत्वमा सञ्चालित शिविरम वरिष्ठ नेत्र अधिकृत भट्ट लगायत १५ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए।
काठमाडौं: विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले हिजो सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठले जानकारी दिए । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् । उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ । यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।
डडेल्धुरा: डडेल्धुरा अस्पतालमा कार्यरत डाक्टर असिम पाण्डेयले घरमै गएर स्वास्थ्य परामर्श दिने भएका छन् । हप्ताको एक दिन निःशुल्क स्वास्थ्य परामर्शका लागि उनी वृद्धवृद्धाको घरघर जाने भएका हुन् । उनले दिने यो सुविधा अमरगढी नगरपालिकावासीले मात्रै पाउने भएका हुन्। पहिलो चरणका लागि आगामी हप्तादेखि अमरगढी नगरपालिका क्षेत्रभित्र उनले निःशुल्क परामर्श दिने बताइएको छ । जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए। जाडो याममा अस्पतालसम्म पुग्न नसक्ने बुढापाका तथा सहाराबिहीनलाई टेवा पुग्ने उदेश्यले यो अभियान चालिएको डा। पाण्डेय बताउँछन् । सेवा लिन चाहनेले ९८४८७३७९२१ मा सम्पर्क गर्न सक्नेछन् ।…
काठमाडौं, १७ मंसिर । हामीमध्ये कतिपयले घरमा बालबच्चालाई बिसन्चो हुँदा नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउने चलन छ । तर, मेडिकलबाट हचुवाका भरमा ल्याएर खुवाइने औषधि बालबालिकाका लागि दीर्घकालमा अभिशाप हुनेतर्फ चिकित्सकले सजग गराएका छन् । अल्का अस्पतालका बालरोग विशेषज्ञ डा. यादव ढकालले बालबालिकालाई सामान्य भाइरल संक्रमण भएर ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने जस्ता समस्या हुँदा पनि एन्टिवायोटिक खुवाउनु घातक हुने बताएका छन् ।’ भाइरल संक्रमण हुँदा बालबालिकालाई बिना एन्टिवायोटिक नै निको पार्न सकिन्छ । तर, कतिपय स्वास्थ्यकर्मी, औषधि पसले र अभिभावकले छिटो निको पार्ने नाममा जथाभावी एन्टिवायोटिक खुवाउन बन्द गर्नुपर्छ ।’ डा. ढकालले भने । चिसो मौसम सुरु भएसँगै…
काठमाडौं, १६ मंसिर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सचिव बद्रिबहादुर खड्कालाई हटाएका छन् । विवादित सिटीस्क्यान खरिद प्रकरण अख्तियारसम्म पुगेका बेला काँग्रेसनिकट भनिएका खड्कालाई मन्त्री जोशीले मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेका हुन् । नुवाकोटको त्रिशुली अस्पतालमा सिटिस्क्यान खरिद गर्नेक्रममा अनियमितता भएको चर्चा चलेपछि जिल्ला अस्पतालका मेसुलाई स्पष्टिकरण सोधेका सचिव खड्कालाई नै मन्त्रीले सरुवा गराएका हुन् । ५ करोड पर्ने सिटिस्क्यान मेशिन खरिदको अनियमिततामा संलग्न भएको भन्दै प्रदेशका मन्त्रीदेखि अस्पतालका मेसुसम्मको नाम चर्चामा आएपछि अख्तियारले सिटिस्क्यान खरिद प्रकृयाको सबै कागजात मगाएपछि सचिव खड्कालाई सरुवा गराइएको बुझिएको छ । सिटिस्क्यान खरिदमा करिब ३ करोडको अनियमितता गर्न लागिएको…
काठमाडौं, १६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एमालेनिकट चिकित्सक वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको जिम्मेवारी खोसेका छन् । निर्देशक पौडेललाई मन्त्री बस्नेतले मन्त्रालयमा तानेका छन् । यसअघि एमाले पार्टीमा सक्रिय रहेको आरोप खेपिरहेका पौडेललाई मन्त्रालयले यहि निहुँ देखाएर पदावधि सकिनुभन्दा १५ महिना अगावै हटाएको भनिएपनि पत्रमा भने कारण उल्लेख गरिएको छैन । मन्त्रालय हाजिर हुने चिठी पाएसँगै आक्रोशित भएका पौडेलले फेसबूकमा कडा स्टाटस लेखेका छन् । यसअघि एमालेनिकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघका अध्यक्ष समेत रहेका पौडेलले मन्त्रीको कदमलाई राणशासनभन्दा कडा अधिनायकवाद भनेका छन् । उनि फेसबूकमा लेख्छन्, ‘अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर…

