रसुवा : रसुवा जिल्ला अस्पतालको सहयोग र गोर्खा वेल्फेयर ट्रस नेपाल नामक संस्थाको आयोजनामा धुञ्चेमा सञ्चालित विशेष स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले उपचार गराएका छन् । रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार यही १६ गतेदेखि १९ गतेसम्म सञ्चालित शिविरमा दन्त तथा नाक, कान घाँटीको समस्या र अपाङ्गता भएका आठ सय ५९ नागरिकले उपचार गराएका थिए । स्वास्थ्यशिविरका लागि तीन दिनको समय तनोकिए पनि बिरामीको चापका कारण एक दिन थप गरी चार दिनसम्म सञ्चालन गरिएको थियो । उपचारका लागि आएका बिरामीमध्ये दुई सय ६९ कानको बिरामीमध्ये एक सय ४३ जनाको शल्यक्रिया गरिएको थियो। एक सय २१ जनालाई कानसुन्ने श्रवणयन्त्र…
Aricle Tech
काठमाडौं : नेपालको जनकपुरमा छैटौं अन्तराष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ। आगामी मार्च १६ मा हुने सम्मेलनमा दक्षिण एशियाको क्यान्सर उपचारलाई थप गुणस्तरीय बनाउने विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञका साथै यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ । क्यान्सर रोगको सुलभ उपचार गरि रहेका विनय तारा फाउण्डेशन क्यान्सर सेन्टरले अन्तर्राष्ट्रिय स्तरको कन्र्फरेन्स गरेर क्यान्सर सम्वन्धी नयाँ अनुसन्धानमा केन्द्रीत रही छलफल तथा अन्र्तक्रिया गर्ने सेन्टरका निर्देशक नवीनकुमार साहले जानकारी दिएका छन् । ु
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्क नसासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मस्तिष्कको नसासम्बन्धी शल्यक्रिया र उपचारका लागि यस क्षेत्रका अधिकांश बिरामी भारतको लखनउस्थित सुविधा सम्पन्न अस्पतालमा जानेगरेको भए पनि यहीँ नै सफल शल्यक्रिया हुन थालेको हो । जटिल मानिने ‘ब्रेन एन्यूरिज्म’ को शल्यक्रिया सफलतापूर्वक गरिएपछि यस क्षेत्रका बिरामीलाई सेवा दिन सहज भएको शल्यक्रियामा संलग्न न्यूरोसर्जन डा निरज घिमिरेले बताए । दिमागको रक्तनली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिने जनाउँदै भजनी नगरपालिका –२ कैलालीका ४३ वर्षीय अट्वारी चौधरी र दाङ दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको सफल शल्यक्रिया भएको…
बाजुरा : बाजुरामा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन् । जिल्लाको बुढिनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीलाई जन्म दिएकी हुन् । मंगलबार सुत्केरी व्यथा लाग्ने बितिकै पानसरा एक्लै आधारभुत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाई सहयोग गरेको चदाराले बताइन् । ‘पानसरालाई अत्यधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगे’ उनले भनिन् । पानसरासँग कोही पनि आफन्त नरहेको पाइएको छ । उनले यसअघि दुई सन्तानलाई पनि काम गर्ने गएका…
धनगढीः कैलालीको कैलारी गाउँपालिका -५ मा स्तनपान कक्ष सञ्चालन भएको छ । मंगलवार २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रारम्भिक बाल सिकाई र स्तनपान कक्षको उदघाटन् गरेकी थिइन् । उपाध्यक्ष चौधरीले वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही महिलालाई सहज हुने बताइन्। उनले भनिन्, ‘स–साना बच्चा लिएर सेवा लिन आउनु पर्ने महिलाहरुको बाध्यता रहेको हुन्छ। स्तनपान कक्ष स्थापना भएपछि अब आफ्ना नानीबाबुलाई स्तनपान गराउन सहज हुने भएको छ ।’
काठमाडौं : महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ। बुधबार मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन् । मेयर शाहले नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासो आएको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दासमेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौं। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम…
काठमाडौँ : औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो । विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई समेत सचेत गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।
डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले उत्कृष्ट ५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मंगलबार अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा गाउँपालिकाले मनोवल बढाउन सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । गाउँपालिकाले नगद दुई हजारसहित सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नम्बर १ की स्वयंसेविका डम्बरु ठकुराठी, २ की कौशिला मडै ३ की लक्ष्मी खड्का , ४ कि सारदा ठकुराठी र ५ की सिता नाथ रहेका छन् । सम्मानले थप जिम्मेवारी दिएको अनुभव भएको महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्काले बताइन् ।
काठमाडौं : यसअघिको लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका पदाधिकारीलाई समय अगावै खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्याधिवक्ता नहकुल सुवेदीको एकल इजलासले मङ्गलवार उक्त आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने निर्णयसँगै अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० पारित गरेको थियो । यसैगरी सोही नियमावली अनुसार प्रदेशका १३ वटा अस्पतालहरूमा नयाँ अध्यक्ष नियुक्ति गरेको थियो । सरकारले नयाँ नियमावली अनुसार कार्तिक २३ गते लुम्बिनी प्रदेश सरकार मातहतका अस्पताल विकास समितिका अध्यक्षहरूको नियुक्ति गरेको थियो…
काठमाडौं, १९ मंसिर । जनस्वास्थ्य कार्यक्रम संचालन गर्न राज्यको आधारभूत तहमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको बिदाई रकम न्यून भएको र वर्षौदेखि पुनरावलकोन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बोल्दै स्वयंसेविकाका प्रतिनिधिहरुले स्वयंसेविकालाई निवृत्त हुने बेलामा दिइने भत्ता पुरानै २० हजार कायम गरिएकोमा दुःख व्यक्त गरेका हुन् । महिला स्वास्थ्य स्वयंसेविका गीता थिंगले दूरदराजका महिलाहरुले घरको काम र आफ्नो प्राथमिकता छाडेर स्वयंसेवामा खटिएकाले निवृत्त हुने समयमा कम्तिमा १ लाख रुपैयाँ भत्ता दिन माग गरिन् । कार्यक्रममा स्वास्थ्य सेवा विभागको नर्सिंग तथा सामाजिक सेवा महाशाखाकी प्रमुख हिराकुमारी निरौलाले एकवर्षमा…

