काठमाडौं, १६ मंसिर । शल्यचिकित्सकहरुको छाता संस्था सर्जन्स सोसाइटी अफ नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन भएका छन् । संस्थाको राजधानीमा जारी १५ औं अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा सम्पन्न अधिवेशनले कंसाकारलाई अध्यक्ष चयन गरेको हो । शुक्रवार आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष डा. सुनील कुमार शर्माले कंसाकारलाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन् । कंसाकारका साथै संस्थाको निवर्तमान अध्यक्षमा डा. सुनील कुमार शर्मा, वरिष्ठ उपाध्यक्षमा डा. रोविन जोशी, उपाध्यक्षमा डा. विकल घिमिरे रहेका छन् । महासचिवमा डा. शैल रुपाखेती, कोषाध्यक्षमा डा. सुमिता प्रधान, सहसचिवमा डा. अनीप जोशी र सहकोषाध्यक्षमा डा. रोशन घिमिरे चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. रुपेश…
Aricle Tech
काठमाडौं, १५, मंसिर । फिजिसियन डाक्टरहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । शुक्रवार बौद्धको ह्यात रेजन्सी होटलमा सुरु भएको सम्मेलनमा देश र विदेशका गरि करिब ५ सय इन्टरनल मेडिसिनका चिकित्सक सहभागी भएका छन् । विकासोन्मुख देशमा स्वास्थ्यको समतामुलक पहुँच भन्ने नाराका साथ सुरु भएको सम्मेलनको यो १५ औं श्रृंखला हो । संस्थाले हरेकवर्ष राष्ट्रिय र दुईवर्षको अन्तरालमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । सम्मेलनमा नेपालका बाहेक भारत, बंगलादेश, श्रीलंका, भुटान, बेलायत देशबाट प्रतिनिधिहरु आएका छन् । दुईदिनको सम्मेलनभरि चिकित्सा क्षेत्रमा हाल भैरहेका विकास र नवप्रवर्तनका बारेमा चर्चा गरिनेछ । सम्मेलनबाट…
लमजुङ, १५ मङ्सिर । पहाडी जिल्ला लमजुङमा एचआइचीरएड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभीरएड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
काठमाडौँ, १५ मंसिर । डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका रिक्त निर्देशक पदहरूमा स्वच्छ भूमिका भएका योग्य व्यक्तिलाई नियुक्त गर्न माग गरेका छन्। आयोगको रिक्त ४ निर्देशक पदका लागि २० जनाको आवेदन परेको छ। तसर्थ सोही रिक्त पदमा निर्देशक नियुक्त गर्ने सम्बन्धमा शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका रिक्त निर्देशक पदहरुमा स्वार्थ बाझिनेलाई नियुक्त नगर्न माग गरेका हुन् । ‘आयोगको रिक्त निर्देशक पदहरूको लागि गैर चिकित्सक, निजी मेडीकल कलेजहरुसँग कुनै न कुनै रुपमा आवद्ध चिकित्सक हरु र अन्य किसिमका स्वार्थको द्वन्द्व भएका थप व्यक्तिहरू पनि प्रत्यासी छन् भन्ने सुन्नमा आएको ले छनौट समितिका संयोजक लगायत सदस्य ज्यूहरुलाई कुनै पनि…
भादगाउँ, १५ मङ्सिर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।
काभ्रेपलाञ्चोक, १५ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा यही मङ्सिर २२ र २३ गते नेत्र विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनमा अमेरिका र नेपालका करिब एक सय ५० नेत्र विशेषज्ञले सहभागिता जनाउने छन् ।
काठमाडौँ, १५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् ।
काठमाडौँ, १५ मङ्सिर । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । के हो एचआईभी एड्स ? कारण र बच्ने उपाय एड्स एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ। यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसका सिकार हुने गर्छन् । तर यो भाइरस संक्रमितत व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरियाका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। शरीरमा एचआईभी’ पसेपछि सर्वप्रथम टि–लिम्फोसाइड कोषमा आक्रमण गर्ने गर्दछ…
काठमाडौँ, १५ मंसिर । लैङ्गिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी भन्ने मूल नाराकासाथ पाँचौं मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ। दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदैछ। समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन लागेको हो। नेपालमा मनाइने दिवसमा विश्वभरीका १५ भन्दाबढी देशबाट भर्चुल रुपमा सहभागिता रहनेछ। कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भूमिका विषयमा नीतिसम्वाद हुनेछ। बालविवाह र महिनावारी विभेद विरुद्धको कवितासँगै कार्यक्रम सुरु हुनेछ। दिवसको अवसरमा मर्यादित महिनावारीबारे पहिलो…
काठमाडौँ, १५ मंसिर । मानवीय स्वास्थ्य र वातातवरणीय पक्षको सम्बन्ध रहेको धेरैलाई थाहा छ । तर, बाहिरी मौसमको प्रभाव हाम्रो मानसिक स्वास्थ्यमा पनि पर्छ भन्ने तथ्य भने जोकोहीलाई थाहा नहुन सक्छ । अझ विशेषगरी यस किसिमको प्रभाव तुलनात्मक रुपमा जाडोयाममा बढी देखिने विज्ञहरु बताउँछन् । ‘सीजनल अफेक्टिव डिसअर्डर’ अर्थात् ‘एसएडी’ पनि भनिने यो समस्या जबजब मौसम बद्लिए तबतब व्यक्तिको मन, मस्तिष्क र हार्माेन्समा परिवर्तन भई यसका लक्षणहरु थाल्छ । परिणामस्वरुपः व्इक्तिमा जाडोयाममा उदासिनता बढ्न थाल्छ । यसैकारण पनि अधिकांश व्यक्तिहरुले जाडोयाममा बढी मुड स्वींग भएको अनुभव गर्छन् । यसबाहेक व्यक्तिमा डिप्रेशनको लक्षण समेत बढ्छ । कारण जाडोयाममा झण्डै ४० प्रतिशत…

