Aricle Tech

कैलाली : पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहले बताए । उनका अनुसार सदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ४२ हजार तीन सय ७३ पुगेको छ । स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा दुई लाख ८० हजार नौ सय ५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार चार सय ८३ जनाले स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं : सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार २६ वटा अस्पतालका अन्तिम किस्ता पठाइसकिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको गोपेटार स्वास्थ्य चौकीको पाँच शय्या र दार्चुलाको व्यास गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल पनि चाँडै नै सम्पन्न हुने तयारीमा रहेको उनले बताए । उनका अनुसार हाल चार सय १३ स्थानीय तहका अस्पतालको ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको छ । सरकारले आर्थिक…

विस्तृतमा...

धुलिखेल: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताएका छन्। स्वास्थ्य सेवा सबैमा पुर्‍याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने परिस्थिति सृजना भएको बताए। मन्त्रालयको बजेट कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो। बिपी कोइराला लायन्स नेत्र अध्ययन…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताएका छन् ।  सार्क फेडरेसन अफ अंकोलोजिस्टस् र सार्क फेडरेसन अफ अंकोलोजिस्टस् नेपालको आयोजनामा राजधानीमा शुक्रवारदेखि सुरु भएको १८ औँ सार्क फेडरेसन अफ अंकोलोजिस्टस् क्यान्सर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले क्यान्सर न्यूनीकरणका लागि सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने बताएका हुन् ।  वर्तमान अवस्थामा विज्ञहरूको मेहनत र नयाँ खोज अनुसन्धानले क्यान्सर पनि उपचार पछि निको हुने रोगको रूपमा लिन थालिएको बताउँदै मन्त्री बस्नेतले सार्क राष्ट्रका विज्ञहरूले आपसी अनुभव आदान प्रदान र उपचार विधिका विषयमा गहन छलफल गरेर…

विस्तृतमा...

पाँचथ: याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बसेका छन् । करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो । झण्डै १० वर्षदेखि आँखाको समस्या भोगिरहेका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराएका थिए । आँखामा समस्या देखिएको स्वास्थ्यकर्मीले बताएपछि उनी शिविर पर्खेर बसिरहेका थिए । “भरसक दुवै आँखाको शल्यक्रिया गराऔँ भनेको, डाक्टरले एउटाको मात्रै गरे पुग्छ भन्नुभयो”, मैतसिंहले भने । सोही वडाका श्रीनन्द नुगो लिम्बू ७४ वर्षको भए । उनका दुवै आँखामा बादल लागेजस्तो हुन्थ्यो । नजिकैको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा…

विस्तृतमा...

काभ्रेपलाञ्चोक : उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ । उच्च रक्तचाप भएका व्यक्तिको पहिचान, परीक्षण गर्दै जोखिम न्यूनीकरण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोकमा सुरु गरिएको ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यास्केड इनिसिएटिभ्स’ कार्यक्रमअन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको जनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा काभ्रेपलाञ्चोकमा सुरुआत गरिएको कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा लागू गरिएको छ । उच्च रक्तचाप भएकाको पहिचान, निदान, उपचार र नियन्त्रणका लागि अभियानअन्तर्गत काम गरिहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित्त प्रमुख अनिता खनालले…

विस्तृतमा...

काठमाडौं : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गरेको छ । आयोगले बाँडफाँड गरेको सिटका आधारमा विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानले सन् २०२४ को शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेछन् । आयोगको गत १९ मंसिरमै सिट निर्धारण गरेको हो । कुन कलेज तथा प्रतिष्ठानलाई कति सिट ?

विस्तृतमा...

काठमाडौँ : जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ । सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागले जनाएको छ । विभागका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरूमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरेको पाइएको छ । दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरू बाहिर…

विस्तृतमा...

कैलालीः टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । बिहानैदेखि ओपीडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए। ’आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिएँ, ’उनले भने, ’बिहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ ।’ अस्पतालले बिहानको समयमा ओपीडी सेवा सञ्चालन गर्दा आफूहरूलाई सहज…

विस्तृतमा...

काठमाडौँ : त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले सेन्टरको स्थापना गरिएको हो । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा दिव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डा।दिनेश काफ्लेको पनि उपस्थिति रहेको थियो ।

विस्तृतमा...