Aricle Tech

धुलिखेल (काभ्रेपलाञ्चोक), १४ मङ्सिर । धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ । विपद्का बेला हुने जोखिमको पूर्वतयारीमा अस्पतालले के–कसरी काम गर्ने र व्यवस्थापकीय तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तर अस्पतालबीच सञ्चार समन्वय गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको आज धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आकस्मिक विभागका डा सम्झना बस्नेतले जानकारी दिइन् । शुक्रबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा चिकितसक र स्वास्थ्यकर्मी गरी भारतका दश जना र नेपालभित्रका ५० शय्याभन्दा माथिका अस्पतालबाट गरी करिब १३० देखि १४० जनाको सहभागिता रहनेछ । प्राकृतिक र मानवनिर्मित प्रकोपबाट हुने विपद्का बेलामा हुने घटनामा परेकाको उचित…

विस्तृतमा...

बराहपोखरी (खोटाङ), १४ मङ्सिर । खोटाङको दुर्गम गाउँ बराहपोखरीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासीले लाभ लिएका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट दक्षिण भेगमा पर्ने यस क्षेत्रमा पुग्न दिक्तेलबाट सवारीसाधनमा करिब आठ घण्टा लाग्दछ । यहाँका मानिस बिरामी भएर उपचार गर्नुपरेमा अझै पनि उदयपुरको गाईघाट, मोरङको विराटनगर वा काठमाडौैँमै धाउने गर्दछन् । बराहपोखरीबाट दिक्तेलभन्दा गाईघाट नजिक पर्छ तर कच्ची बाटो भएको र कोशी नदी तर्न झोलुङ्गे पुलमात्रै भएकाले उदयपुर तरेपछि अर्को गाडी चढ्नुर्छ । पूर्वाधार र सामाजिक विकासका दृष्टिले पछाडि परेको यस दुर्गम गाउँ बराहपोखरीका–१ मा जगतलाल गिरी प्रतिष्ठानले मङ्सिर १४ र १५ गतेका लागि सञ्चालन गरेको दुईदिने बृहत्…

विस्तृतमा...

जाजरकोट, १४ मङ्सिर । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको जानकारी दिए । भूकम्पबाट २६ हजार ५निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ ।

विस्तृतमा...

काठमाडौँ, १४ मंसिर । नेपाल चिकित्सक संघ(एनएमए) ले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा भएको घटनाको निन्दा गरेको छ । संघका महासचिव डा सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई आक्रमण गरेकोप्रति निन्दा व्यक्त गरेका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न संघले माग गरेको छ। ‘उपचारको क्रममा कुनै त्रुटी भएको शंका लागेमा कानूनी प्रक्रियामा जाने, सत्यतथ्य छानबिन गरी कानून बमोजिमको दण्ड सजायको भागिदार जोसुकै हुने कानूनी प्रावधान विपरीत स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारणल नै आतंकित हुने गरी घटाइएको घटनाले स्वास्थ्य सेवाप्रवाहमा गम्भीर…

विस्तृतमा...

काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. लोहनी नेपालमा स्वास्थ्य बीमा शुभारम्भ गर्दाका कार्यकारी निर्देशक थिए । सोही कारण उनलाई स्वास्थ्य वीमा कार्यक्रममा ज्ञाता मानिन्छ । उनकै पहलमा २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको हो ।

विस्तृतमा...

टीकापुर (कैलाली), १४ मङ्सिर । कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

विस्तृतमा...

रामपुर (पाल्पा) १४ मङ्सिर । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।

विस्तृतमा...

काठमाडौँ, १४ मङ्सिर । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका जारी गरेर सेवालाई निरन्तरता दिइएको उनले बताए । ‘हामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न नागरिकको उपचार गरिरहेका थियौँ’, उनले भने, ‘तर बिमा कार्यक्रम अहिले राम्रोसँग सञ्चालन नभएकाले पुनः…

विस्तृतमा...

काठमाडौँ, १४ मंसिर । शाकाहारी महिला गर्भवति हुनु खासै नौलो कुरा होइन । यद्यपि यो समयमा उनीहरुलाई कस्तो आहार खानदिने ? भन्ने विषय भने धेरैको चुनौती तथा जिज्ञासाको विषय हुनसक्छ । माछामासुबाट प्रािटन प्राप्त हुन तथा यो स्वास्थ्यको निम्ति अत्यावश्यक रहने हुँदा विज्ञहरुले यसको प्रयोगका लागि सल्लाह दिने गर्छन् । के हुन्छ माछामासु नखाँदा ? माछामासुको अभावमा शरीरमा सबैभन्दा बढि देखिने अभावमध्ये प्रोटिनको मात्रा हो । शरीरको मांसपेशी, रगत निर्माण तथा हार्माेनको सन्तुलनमा सघाउ पु¥याउने प्रोटिनको अभावले शरीरमा हाडजोर्नी सम्बन्धि समस्या, थकान, कमजोर मांसपेशी तथा प्रतिरोधात्मक क्षमताजस्ता समस्याहरु निम्त्याउँछ । यसका साथै प्रोटिनको कमीले महिलामा धेरै थकान लाग्ने, जाँगर नलाग्ने,…

विस्तृतमा...