काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. चोपलाल भुसाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
यसअघि काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला थिए । उनको कार्यकाल १८ कात्तिकदेखि सकिएको हो ।
नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा. भुसाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।