Aricle Tech

चितवन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा डा गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले सरकार ऐन संशोधाबाट पछि नहट्ने बताएका हुन् । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको मन्त्री बस्नेतले दाबी गरे । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीका भरमा काम भइरहेको उल्लेख गर्दै उनले यसलाई थप गरेर अघि बढ्ने पनि बताए । ‘कुनै एक व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन पनि ।…

विस्तृतमा...

काठमाडौं : महानगर क्षेत्रका केही सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको छ । कुकुरमा समस्या देखिएको भन्ने स्थानीयको सूचनाका आधारमा परीक्षण गर्दा रोग पत्ता लागेको महानगरपालिका पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले बताए। कुकुरमा हुने यो रोग एक कुकुरदेखि अर्कोमा सजिलै सर्छ, तर कुकुरबाट मान्छेमा भने सर्दैन । यो प्राणघातक रोग हो । उनका अनुरसार रोग लागेका कुकुरलाई ज्वरो आउने, खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने हुन्छ । त्यस्तै खोक्ने, बान्ता गर्ने, दिसा पातलो गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लडबडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने लक्षण पनि रहेको उनले बताए । रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको…

विस्तृतमा...

कञ्चनपुर: स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शुक्लाफाँटा नगरपालिका९१ स्थित शहरी स्वास्थ्य केन्द्र बन्साहमा आयोजित स्वास्थ्य शिविरमा वडा नं. १, २ र १२ का ५ सय ४८ जनाले रगत परीक्षण गराएका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टका अनुसार १ सय ७५ पुरुष र ३ सय ७३ महिलाको रगत परीक्षण गरिएको छ। जसमध्ये ४२ जनामा सिकलसेलको संक्रमण देखिएको छ। १९ जना महिला र २३ जना पुरुषमा सिकलसेलको संबाहक देखिएको उनले बताए। ‘रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर…

विस्तृतमा...

कैलाली : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ। आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो। अनुगमनका क्रममा समितिले विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताल सँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो। समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग पनि छलफल गरेर विश्वविद्यालयको ऐन लगायतका विषयमा छलफल गरेको थियो। अनुगमनका क्रममा बोल्दै समितिका सभापति जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रिय सभामा छलफलका क्रममा…

विस्तृतमा...

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले आइतबारदेखि गर्भवतीहरुका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरेको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथ शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। हिजो पहिलो दिन रौलेश्वर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेशसिंह मडैले बताए । शिविरमा २३ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए।अल्ट्रासाउण्ड गर्ने क्रममा एकजना गर्भवती आमा जटीलता देखिएकाले अन्यत्र रेफर गरिएको मडैले बताए। आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

विस्तृतमा...

इनरुवा : अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो न्युरो अस्पताल भर्ना…

विस्तृतमा...

धनगढी: कैलालीका ६ वटा फार्मेसी तथा क्लिनिकलाई औषधि व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । यहि मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका ६ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्र कुमार शाहले जानकारी दिए । उनका अनुसार कैलालीको बर्दगोरिया वडा नम्बर ३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका वडा नम्बर १ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ । धनगढी…

विस्तृतमा...

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य शनिबारदेखि सुरु भएको हो । शनिबार एक कार्यक्रमकाबीच पञ्चेश्वर गाउँपालिका ४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन् । अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ । आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने अध्यक्ष चन्दले बताए । आगामी दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको छ । जिल्लाको दुर्गम…

विस्तृतमा...

काठमाडौं: नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमनप्रसाद पाण्डेय निर्वाचित भएका छन् । हिजो सम्पन्न संघको सातौं महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा सुर्यकृष्ण श्रेष्ठ, सचिवमा डा. सुमन पौडेल र सह कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र बस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन् ।

विस्तृतमा...

जुम्ला:  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्कायको पढाइ हुने भएको छ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य र फार्मेसी तर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो। यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए। उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये आठ खुला, दुई सरकारी र एक विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ। प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ (जनस्वास्थ्य) विषयमा, जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन…

विस्तृतमा...