काठमाडौं : नेपालको जनकपुरमा छैटौं अन्तराष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ। आगामी मार्च १६ मा हुने सम्मेलनमा दक्षिण एशियाको क्यान्सर उपचारलाई थप गुणस्तरीय बनाउने विषयमा छलफल हुने बताइएको छ ।
सम्मेलनमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञका साथै यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ ।
क्यान्सर रोगको सुलभ उपचार गरि रहेका विनय तारा फाउण्डेशन क्यान्सर सेन्टरले अन्तर्राष्ट्रिय स्तरको कन्र्फरेन्स गरेर क्यान्सर सम्वन्धी नयाँ अनुसन्धानमा केन्द्रीत रही छलफल तथा अन्र्तक्रिया गर्ने सेन्टरका निर्देशक नवीनकुमार साहले जानकारी दिएका छन् ।
ु