काठमाडौँ : सरकारले स्वास्थ्य बीमामार्फत औषधि उपचार गराउँदा १० प्रतिशत सेवाग्राहीले भुक्तानी गर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । प्रतिपरिवार एक वर्षको ३ हजार ५ सय रुपैयाँ बीमाको प्रिमियमर रकम तिरिसकेपछि वर्ष दिनमा एक लाख रुपैयाँको औषधि उपचार लिनैपर्ने सोचको विकास भएकाले कम्पनी घाटामा गएको भन्दै १० प्रतिशत रकम सेवाग्राहीले तिर्नुपर्ने व्यवस्थाको तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ दिएको अधिकार प्रयोग गरी सहभुक्तानी (को–पेमेन्ट) कार्यविधि जारी गरेको जनाएको छ । उक्त कार्यवधि बोर्डबाट पारित भएको तीन महिनाभित्र लागू हुने बोर्डका अध्यक्ष डा. गुणराज…
Aricle Tech
लुम्बिनी : बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन्। बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए। उनले चालु आवमा मोतीपुर र बेलबासमा १५-१५ श्ययाका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा ल्याउने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने जानकारी दिए। उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए। यस्तै, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा…
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन अध्ययनका लागि विज्ञ टोलीको खोजी गरेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाको स्थलगत अवलोकन गरी अवस्था, बीमितको समस्या, दाबी व्यवस्थापन तथा भुक्तानी व्यवस्था समेतलाई स्वतन्त्र विषय विज्ञबाट स्थलगत अध्ययन तथा छलफलबाट प्रतिवेदन पेश गराउनका लागि बोर्डले विज्ञ टोलीको खोजी गरेको हो । चिकित्सा शास्त्रमा स्नात्तोकोतर गरी काउन्सिलमा दर्ता भएका, एमबीबीएस उत्तीर्ण भएका तथा मेडिकल काउन्सिलमा दर्ता भएका, फार्मेसी विषयमा स्नातक उतीर्ण गरी फार्मेसी काउन्सिलमा दर्ता भएका इच्छुक व्यक्तिले बिमा बोर्डको इमेल ठेगाना मार्फत् आवेदन दिन सक्ने बोर्डले जनाएको छ । आवेदन adminchief@hib.gov.np इमेल ठेगानामा दिन सकिने छ ।
नेपालगन्ज : गत केही समय यता बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिका उपचारका लागि आउनेक्रम बढेको छ । दैनिकजस्तो स्क्रबटाइफसका बिरामी बालबालिकाहरु अस्पतालमा उपचारका लागि आउनेगरेको कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा। रोमा वोराले जानकारी दिए । उनले बालबालिकामा स्क्रबटाइफस देखिन थालेपछि उपचारका लागि अस्पताल आउनेहरु बढ्दैगएको बताए । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्ने गर्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट…
चेन्नई : भारतीय अभिनेता तथा डीएमडीका पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा सकारात्मक आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मेडिकल स्टाफहरुले सर्वोत्तम प्रयास गर्दागर्दै पनि डिसेम्बर २५ को बिहान उनको निधन भएको विजयकान्त भर्ना भएर उपचार गराइरहेका एमआईओटी अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै भनेको छ । विजयकान्त नोभेम्बर २० मा अस्पतालमा भर्ना भएका थिए । उनी यही महिना अस्पतालबाट डिस्चार्ज भएका थिए । विजयकान्तले आफ्नो फिल्मी करियरमा १५४…
नवलपरासी : चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ । स्थानीय शान्ति मुसहरले भनिन्, “जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ । ” ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । “घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन”, उनले भनिन्, “यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।” झुप्रो घरभित्र परालमा…
कैलाली: कैलालीको टीकापुरमा रहेको आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ। औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि आवश्यक औषधिको अभाव भएको हो। औषधालयमा आउने बिरामी औषधि नहुँदा रित्तो हात घर फर्किनु परिरहेको छ। टीकापुर नगरपालिका–५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुईपटक आउँदा समेत बाथरोगको औषधि नपाएर फर्किनु परेको गुनासो गरे। त्यस्तै टीकापुर नगरपालिका–१ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधि नियमित खाने गरेकोमा दश दिनयता औषधि नपाएर पटकपटक रित्तो हात फर्किनुपरेको बताए। नियमित खानुपर्ने औषधि खान नपाएपछि बिरामीहरु रोग बल्झिने होकि भनेर चिन्तामा परेका छन्। औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले पछिल्लो समय आयुर्वेदिक औषधालयमा आउने बिरामीको संख्या…
जाजरकोट : जाजरकोटमा चिसोका कारण फेरि एक सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए । यसअघि मंसिर १० गते जाजरकोट नलगाडकी २५ वर्षीय सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।
काठमाडौं : अब काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा। मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ । बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त…
धनगढीः अध्ययन तथा रोजगारीको खोजीमा भारतका विभिन्न सहर पुगेर स्वदेश फर्किनेहरुमा फेरी कोरोना भाइरस देखिन थालेको छ । पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जनासम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको छ । भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रवेश गर्नेहरुमध्ये केहिमा कोभिड संक्रमण देखा पर्न थालेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणले देखाएको छ । हिजो पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आइपुगेका एक जनामा कोरोना भाइरस देखिएको छ। आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको थियो। नाकास्थित स्रोतका अनुसार लम्की र…

