Aricle Tech

जेनेभा : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले मङ्गलबार विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताए। सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीहरूसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए। उनले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे। उनले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गरेका थिए। ‘तीन वर्षको सङ्कट,…

विस्तृतमा...

मुगु : मुगुको सोरु गाउँपालिका–९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले यसअघि सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ । स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन् । उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन्…

विस्तृतमा...

धनगढीः सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन हुने भएको छ। एमआरआई सेवा सुचारु गर्नका निमित्त आइतवार अस्पतालमा मेसिन ल्याइएको हो । छिट्टै मेसिन जडान गरेर सेवा सुचारु गरिने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए। यसअघि अस्पतालमा एमआरआई सेवा नहुँदा यसक्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए । एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।

विस्तृतमा...

काठमाडौँ : वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताए । अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकिरणको उपचारका लागि रेडियोथेपारी सेवा सञ्चालन गरिएको थियो । क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिक रुपमा सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले दुईजना बिरामीलाई क्यान्सरको विकिरणको उपचार गरिरहेको बताए । “अहिले हामीले राम्रोसँग उपकरणलाई व्यवस्थित रुपमा चलाउन नसकेर एक जना बिरामीलाई ४५ मिनेट तयारी अवस्थामा समय लाग्ने गर्दछ,” उनले भने, “पछि हामीले उपकरणलाई…

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्नियाँ भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्नियाँ निकालिएको बाल रोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको…

विस्तृतमा...

काठमाडौं : देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक शर्तकता अपनाउन सबैमा अनुरोध गरे। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ।’पश्चिमी वायुको आंशिक प्रभाव छ। केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने। कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा…

विस्तृतमा...

 काठमाडौं : काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधीबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौं मेडिकल कलेजका बालरोग शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएकोे बताए । उनले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भए पनि यसपटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताए । अप्रेशन गर्दा बिरामीलाई ठीक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए यस सर्जरीको सेवा…

विस्तृतमा...

बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको छैन। चार वर्षअघि संघीय सरकारले खोड्पेमा ट्रमा सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो। भवन निर्माण भएको एक वर्ष बितिसक्दा समेत आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा भवन निर्माण गरिएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा…

विस्तृतमा...

काठमाडाैं : भारतमा कोभिड-१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाव दिएका छन् । भारतको केरलमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘जेएन-१’ फेला परेको हो । भारतमा यो भेरियन्ट पहिलो पटक मंसीर २२ मा कारकुलमामा फेला परेको थियो । भारतमा यो भेरेयन्टका कारण केहीको मृत्युसमेत भइसेकेको छ ।तर नयाँ भेरियन्ट जेएन–१ त्यति धेरै घातक भने नभएको बताइन्छ । कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले बिबिसीलाई भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ । जेएन– १ एक व्यक्तिबाट अर्को…

विस्तृतमा...

काठमाडौँ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो । प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए । उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो । “सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमुना…

विस्तृतमा...